बाल मजदुर

  •   
  •  
  •  
  •  
  •  
  •  

401 जनाले पढ्नु भयो ।

  • सुरेशकुमार पाण्डे

दिउँसोको प्रचण्ड घामले सड्कमा पोतेको कालो पग्लिएको थियो । मानिसहरु आ–आफ्ना घर भित्र ओत लागेर बसेका थिए । यता बाल्टिबाट पानी ओसार्दै बाहिर राखेको एउटा टंकि भर्दै थियो । एउटा खुट्टा खोच्याँङ्ग पार्दै बल्ल बल्ल हिँडेकोले, अनुमान लगाउँन गारो पर्दैनथ्यो, उसको खुट्टामा घाउँ छ । बिस्तारै उसले पानीको टंकि भरेपछि टंकिको नजिकै राखेको एउटा पिर्कामा बस्छ र यति बेरसम्म ग्रहाकले खाएका झुट्ठा भाँडा खकाल्छ ।

साहेद उसका खुट्टालाई साबुनको पानीले गलाएर ईन्फैक्शन भएको होला । दिउसोको करिब एक बजेको थियो, जिटो रोड मै भएको यो रोटिको ढाबामा अत्याधिक भिड हुन्थ्यो । यो बेला ग्रहाकहरु निरन्तर आउँने जाने गर्दै थिए, सानो फुच्चे केटा कलिलो उमेरमा आमाको काखमा खेल्ने अबस्थामा बाल मजदुर बनेर भाँडा खगाल्दै थियो । सारा दिन पानीमा बसेर काम गर्दा उसका हात खुट्टामा हिलोले खाएको जस्तै घाउ भएका थिए ।

सेतेले नेपालबाट आएपछिका चारमैना जति लगातार यहिं पिर्कामा बिताएको थियो । रात्रीमा काम सकेर सुत्तनु भन्दा पहिले थापा जी उसलाई तेल र बेसार तातो गराएर लगाउँन दिन्थे । ताकि घाउँमा झिंगा बस्न नपाउस अनि घाउ छिट्टै निको होस् भन्ने उदेश्यले उनले गरेको प्रयास् पनि फलदाई भएन, किनकी घाउ बढ्दै थियो ।

न्युनतम् ज्याला अनि यस्तो तुच्छ, काम गर्न सेतेको बाध्यता नै थियो । हुन त थापाले पनि पहिले ६ महिना यस्तै भाँडा माजेर बिताएको बताउँथे पछि उनले मसाल्चिको काम र कुकको हेल्फर हुँदाको दुःख पनि कहिले कसो सेतेलाई सुनाउँथे ।

उनलाई कुक बन्न धेरै समय लागेको थियो तर अहिले उनलाई सबैले उस्ताद जी भनेर ईज्तसँग बोलाउँथे मालिकले पनि उनको बिश्वास गथ्यो । मालिकलाई त काम प्यारो हो । थापाले सबै काम तरकारी पकाउँने अनि तन्दुरमा रोटी सेक्ने लगायतका काम गर्थे । उनका हात दरिला आगाले पनि झ्यास्सै नपोल्ने छाला पनि डाम्रीएका थिए । यस्तो घामको बेला पनि उनी भट्टिकै नजिक हुँन्थे ।

सेते बिहानै ६ बजे उठेर भट्टि पोत्ने अनि तन्दुर बाल्ने,र आफुले भाँडा खकाल्नलाई पानीको टंकि भर्ने साथै टपमा पानी पिउँनको लागि भरेर राख्ने गथ्र्यो । पहिले पहिले त लगातार तिन चार घण्टासम्म पिर्कामा बसेर उठ्न धउधउ हुन्थ्यो अहिले भने बानी परिसकेको थियो ।

थापा जीले सेतेलाई राम्रो गर्थे कहिले कसो खाने बेला साउको नजर छलेर मासुको झोला पनि सुटुक्क दिन्थे । मालिक अलि कन्जुस स्वभावको थियो । सेतेले रोटी लिएर जाँदा पनि कोखे नजरले हेर्दै यति खाई सक्छ, उस्ताद जी यो केटाले भन्दै निदार चाउरी पाथ्र्यो ।

उति बेला धेरैजसो कोठी र ढाबाहरु चिया पसलमा यस्तै स–साना केटाहरुलाई रुचाउँथे । किन भने काम पनि धेरै गराउँन पाईने तलब पनि थोरै दिनुपर्ने, अनि प्रवाशीहरुको यहाँ बोल्ने पनिको हुन्छ र उनलाई हप्काउँन पनि सजिलै हुन्छ । कयौँ ठाउँमा त मरे पनि कुनै खोजबिन हुँदैनथ्यो । कसैकसैले बर्षौं कजाएर झुठा आरोप लगाई कुटपिट गरेर पनि पठाउँथे कयौँले बधुवा मजदुर बनाएर कसैलाई थाहानै नदिएर कजाई रहन्थे ।

यहाँका धनी साहुहरुलाई “आँमको आम, गुठलिको दाम” भएकै थियो । केहि दिनपछि सेतेका हात खुट्टा डमडम सुनिएर उसलाई बाहिर भित्र गर्न काम गर्न असजिलो भएपछि थापाले मालिकसँग भनेर उसलाई डाक्टरकोमा लैजान्छन् । मालिकले आफै एउटा प्रचि लेखेर दिएको थियो । त्यहि हेरेर डाक्टरले केहि गोली र लगाउँने निलो झोल दबाई दिन्छ, बिहान बेलुकी लगाउँने अनि खाने भन्छ र पानीबाट खुट्टालाई जोगाउँने सल्हा दिन्छ तर सेतेको काम त पानी मै गर्नु पर्ने भएकोले औषधीले पनि त्यति राम्रो काम गर्दैन ।

केही दिन पछि थापालाई घर जानै पर्ने हुन्छ र उनी छुट्टि गराएर आफ्नो हिसाब लिएर जान्छन् । सेते उनी जाँदा बेचेन र भाबुक भएको थियो एउटै गाउँठाउँका नभए पनि एउटै देशका थिए र थापाले गरेको ऐसान सेतेलाई संझना आउथ्यों । अब रोटी लगाउँने लोकल उस्ताद आए पछि उसले सेतेलाई देख्नै सक्दैनथ्यो । रोटी पनि मालिकले झैँ कति खान्छस् भन्दै हप्काउँथ्यो ।

उसको त्यो ब्यबहारले गर्दा सेतेले पनि नोकरी छोड्ने बिचार गर्दै थियो । खुट्टा पनि उस्तै सञ्चो नभएर दुःख पाएको सेतेले एक दुई दिन औषधी गर्ने बहानामा यता उता हिँडेर नोकरीको पत्तो गर्ने प्रयास गर्दै थियो । किन कि यो भन्दा पहिले उ कतै बाहिर जाने समय नै नपाएको बिहान ६ बजेदेखि रातीको ११ बजेसम्म काम अनि त्यसपछि होटेल मै बनेको स्टापको क्वाटरमा सुत्ने गर्यो । थापा छँदासम्म उसलाई यति अपठ्यारो लागेको थिएन । दिउँसो काम सकेपछि उ होटेलबाट निस्किन्छ र अहिले घुम्दै हिंड्दा एउटा चियाको पसलेले बोलायो अनि काम गर्छस केटा ? भन्दै सोध्यो सेतेले खुट्टाको घाउ देखाउँदै केहि दिन आराम गर्न भनेकोछ डाक्टरले भन्यो । हो केहि भएन खुट्टा निको भएपछि काम गर्लास् यहाँ पानीमा काम गर्नु पर्दैन । चिया दफ्तरहरुमा सर्विस गर्ने हो भन्दै सम्झाउँछ त्यो चिया केन्टिनको मालिकले । अनि क्वाटर माथि छतमा छ, खाना पनि मिल्छ भन्दै दफ्तर बन्द हुँने भएकोले रविवारको छुट्टि पनि मिल्छ । उसले यसो भन्दा सेतेलाई राम्रो लाग्यो कैन्टिनको काम, तर मनमनै कसरी त्यहाँबाट काम छाडेर यहाँ लाग्ने नजिकै यो चिन्ताले सताएको थियो ।

त्यो चियाको पसलमा दुईजना सेते जस्तै नेपाली मजदुरहरु पहिले देखिनै छन् तर एउटा छुट्टिमा गएको रैछ । म हेर्छु काममा लागेको छु त्यहाँबाट छोडेर आउँछु केहि दिनपछि भन्दै सेते बिदा हुन्छ । उ खोच्चाउँदै होटेलमा के पुगेको मालिक रिसले आगो भएको थियो । उसलाई थाहा थियो, अब यो खुट्टाको रोगी भयो । योबाट काम हुँदैन भन्ने कहाँ गाथिस् ? नभनेर मालिकले हप्काउँदै सोध्यो । त्यस्तै औषधी लिन गाको हुँ, सेतेले उत्तर दियो । मालिक झन् ग्रजियो यस्तरी काम चल्दैन (सेतेको खुट्टा नियाल्दै अब आफ्नो हिसाब लिएर जा खुट्टा निको भयो भने आएस भनेर गल्लाबाट पैसा निकालेर हिसाब गर्यो र उसको छुट्टि गर्दियो ।

सेते पनि चुपचाप आफ्नो झोलामा आफ्ना कपडा राखेर त्यो होटेलबाट निस्किन्छ । अब त्यो चियाको केन्टिनमा नोकरी गर्न पाउँने भएर उ मनमनै खुशी भएको थियो । उता मालिक खुशि भएको थियो, आफ्नो चत्तुराईमा सफल भइयो भन्दै ।

१७ मई २०२०,

Leave a Reply

Your email address will not be published. Required fields are marked *