बिबि थापाप्रति भावपूर्ण श्रद्धान्जली

  •   
  •  
  •  
  •  
  •  
  •  

316 जनाले पढ्नु भयो ।

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दक्षिण भारत क्षेत्रीय समिति र बेंगलोर नगर समितिको विभिन्न जिम्मेवारीमा रहि लामो समयसम्म संगठनको जिम्मेवारी निर्वाह गर्नुभएका बिबि थापाको २१ मई २०२१ का दिन करिब १ः३० बजे दुखद निधन भएको छ । थापाको निधनप्रति दुःख प्रकट गर्दै केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले शोक वक्तव्य जारी गर्नुभएको छ ।

अध्यक्ष केसीले लेख्नुभएको छ–

“हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दक्षिण भारत क्षेत्रीय समिति र बेंगलोर नगर समितिको विभिन्न जिम्मेवारीमा रहि लामो समयसम्म संगठनको जिम्मेवारी निर्वाह गर्नुभएका विवि थापाको दुःखद निधन भएको छ । वहाँ हाल बेंगलोरमा स–परिवार सहित रहँदै आउनुभएको थियो । स्वदेश प्यूठान साविक वेलवास गाविस ७ निवासी हुनुहुन्थ्यो । वहाँ सन १९९१ देखि संगठनमा काम गर्दै आउनुभएको थियो । वहाँ लामो समयदेखि क्यानसर रोगबाट ग्रसित हुनुहुन्थ्यो । वहाँको निधनप्रति भावपूर्ण हार्दिक श्रद्धान्जली साथै शोकाकुल परिवारजन एवं शोकाकुल संगठनका सदस्यहरुप्रति समवेदना प्रकट गर्दछौं ।”

त्यस्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापाले सिंगो क्षेत्रीय समितिको तर्फदेखि बिबि थापाको दुःखद निधनप्रति भावपूर्ण हार्दिक श्रद्धान्जली साथै शोकाकुल परिवारजन एवं शोकाकुल संगठनका सदस्यहरुप्रति समवेदना प्रकट गर्नुभएको छ ।

थापाको सबै प्रशासनिक प्रकृया पुरा गरि सांझ ६ः०० बजे अन्तिम दाहंस्कार गरिएको छ । आरटी नगरस्थित राहमत नगर समशानघाटमा गरिएको हामीलाई धर्म पहरीले जानारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *