बेंगालोर उत्तर र दक्षिणमा ४२ औं स्थापना दिवस मनाइयो

108 जनाले पढ्नु भयो ।

धर्म पहरी,
बैंगलार । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज उत्तर तथा दक्षिणमा मूल प्रवाहको ४२औं स्थापना दिवस भब्य रुपमा मनाइएको छ ।

उत्तर नगर समितिमा अध्यक्ष मदन भण्डारीको अध्यक्षता र कृष्ण नेपालीको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय परिसदका सदस्य कृष्ण परियार र केन्द्रीय महिला बिभगकी सदस्य भारती परियारको अतिथि आसन ग्रहण पछी ज्ञात अज्ञात सहिदहरुप्रति १ मिनेट मौनधारणा पछि सहभागिहरुलाई बेंगलोर उत्तर रक्तिम बिभागका अध्यक्ष दिलिप बिकले स्वगत गर्नु भएको थियोे ।

कार्यक्रममा राम सिंह जीएम, बिबि थापा, देब बहादुर केसी, महिला विभागबाट सरास्वति केसी, शान्ति परियार, करन वोली, तिलक केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।

दक्षिण नगर समिति बेंगलोरको आयोजनामा सम्पन्न ४२ औं स्थापना दिवस समारोह कृष्ण बहादुर विकको अध्यक्षता र नरेश विकको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो । सहभागिहरुलाई शेर दयाल ले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा क्षेत्रीय सहसचिव राम सिंह विक, क्षेत्रीय सदस्य करण दयाल, नगर समितिका शेरसिंह विक, नगर समितिका राम विक, महिला विभागबाट कलावती दयाल, मिना विक, बिद्यार्थी विभागबाट नविन दयाल, रमेश विक र भारत विक लगायतले मन्तब्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *