बेदरूपा शर्माप्रति हार्दिक श्रद्धांजलि

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिका सदस्य किशोर शर्मा मातृ शोकमा पर्नु भएको छ । जैमिनी नपा ९ पैयुँ पिप्ले, बाग्लुङ निवासी किशोर शर्माकी ममतामयी आमा वेदरूपा शर्माको चेन्नईको राजीव गांधी सरकारी जनरल अस्पतालमा केही दिनदेखि उपचार भइरहेको थियो । शर्माको १२ अगस्त २०२० का दिन बिहान ६ः३० बजे दुःखद निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

कोरोना रिपोर्ट नेगेटिव आए पछि मेडिकल प्रक्रिया पुरागरि वहाँको सोहि दिन साँझ ७ः३० बजे आफन्तजन र संगठनका नेता कार्यकर्ताहरुको उपस्थितमा चेन्नई स्थित नुङगामबाक्कम संसानघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।

शव यात्रामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य महेन्द्र वस्याल, क्षेत्रीय प्रतिनिधि दयाराम खनाल, क्षेत्रीय सदस्य उमानन्द आचार्य, क्षेत्रीय सदस्य कांशीराम शर्मा, दिपक शर्मा, जनसम्पर्क समितिका केन्द्रीय संगठन सचिव चन्द्रकान्ता शर्मा, केन्द्रीय सदस्य कांशीराम आचार्य, चेन्नई पूर्वी शाखा अध्यक्ष गंगाराम शर्मा, आफन्त टिकाराम शर्मा, कृष्ण शर्मा, दिपक खनाल, नागमनी, शिव थापा, प्रकाश थापा, सकुन्तला थापा, किरण थापा, बिष्णु थापा, माया देवी थापा, रूपा शर्मा लगायतको उपस्थिति रहेको थियो ।

मृतक बेदरूपा शर्माप्रति हार्दिक श्रद्धांजलि एवं शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार