बैठक नभेटिएको तिसघण्टे यात्रा

  •   
  •  
  •  
  •  
  •  
  •  

580 जनाले पढ्नु भयो ।

यात्रा संस्मरण / गिरीप्रसाद बुढा

सुविधासम्पन्न ठाउामा रहेर काम गर्नु र दूरदराजको कुनामा रहेर काम गर्नुमा कति अन्तर हुादो रहेछ भन्ने कुराको एउटा जीवन्त उदाहरण बन्यो, यसपालीको मेरो यात्रा । काठमाडौामा रहेर क्रियाशील साथीहरूको जीवन जति सहज छ, त्यो भन्दा हजारगुणा कठिन छ, मोफसलमा रहेर क्रियाशील हुन चाहने साथीहरूको जीवन । यसमा पनि महिनामा बिस/तिस हजार पेन्सन भएका अथवा यस्तै कुनैखाले आम्दानीको स्रोत भएका विभिन्न सेवासुविधाले सम्पन्न साथी र हामी जस्ता स्रोतविहीन बााचिरहेकाहरू एउटै समितिमा रहेर समान कार्यमा अगाडि बढ्नलाई कसरी सम्भव हुन सक्छ भन्ने पीडाबोध पनि दोहोरियो मेरो मानसपटलमा ।

२०७६ सालको भाद्र ५ गते प्रगतिशील लेखक सङ्घको सचिवालयको बैठक छ, बैठक महफ्वपूर्ण भएकाले तपाई जसरी भए पनि आउनु होला । प्रलेसका महासचिव समिर सिंह र सचिव प्रकाश थापा मगरले पालैपालो फोन मार्फत् जानकारी गराउनु भएको थियो । बैठक हुनेबारे जानकारी प्राप्त गरिसकेपछि म बैठकमा सहभागी हुने आफ्नो कर्तव्य ठानो । तर बैठकमा सहभागी हुन नदिनको लागि त्यो दाम भन्ने चिज सम्झनेबित्तिकै मेरा नौानारी गलेर आयो । बैठकको सूचना पाएदेखि करिब हप्ता दिनसम्म त काठमाडौा जाऊा कि नजाऊ को दोधारमै रहो ।
यसैबीचमा प्रगतिशील लेखक सङ्घ जिल्ला शाखा रुकुमको बैठक बस्यो । बैठकमा केही शिक्षक बुद्धिजीवी साथीहरूको पनि उपस्थिति थियो । बैठकले म काठमाडौा जाने–आउने विषयमा केही उपाय सुझाउाछ कि भन्ने आसले भाद्र ५ गते केन्द्रीय सचिवालयको बैठक रहेको र म उक्त बैठकमा जान थालेको कुरा जिल्ला बैठकमा जानकारी गराएा । तर बैठकका सहभागी साथीहरूले शुभयात्रासम्म त भन्नु भयो तर दामको छेउटुप्पो भने कसैले निकाल्नु भएन । अब केही बहाना बनाएर बैठकमा नजाऊा कि जस्तो लागिरहेको थियो । तर यो मनले मानिरहेको थिएन । बैठकको मिति झन् झन् नजिकिादै थियो । यत्तिकैमा एकदिन मनलाल सरको के सोच आयो कुन्नि ! एक हजार लिएर “लौनुस् यो दाम राख्नुस्, प्रदिप्त दियालो पत्रिका छाप्दा दु:ख गर्नु भएको छ” भन्नु भयो । उहााले यति भनेपछि मैले नाइा भन्न सकिना । मैले त्यो एकहजार रूपैया खुरुक्क राखे । अर्काे दिन फेरि उहााले मेरा लागि अर्काे अनौठो काम गर्नु भयो । त्यो के भने आफ्नो विद्यालयका १० जना शिक्षकको सम्पत्ति विवरण राखिएको दशवटा पत्र लिएर “यो किताबखानामा दर्ता गराईदिनु होला, दु:ख नमान्नुहोला । ई…. यो राख्नसुु । सरहरूले उठाएर दिनु भएको । तपाईलाई गाडीमा यताउति गर्दा चाहिन सक्छ” भन्दै एकहजार रूपैया दिनु भयो । मैले उक्त एकहजार रूपैया पनि खुरुक्क राखो । बैठकमा जानका लागि मलाई आर्थिक समस्या भएको कुरा राष्ट्रिय जनमोर्चा जिल्ला पार्टीमा पनि राखे । जिल्ला पार्टीबाट पन्ध्रसय प्राप्त भयो । यसरी मसाग तीन हजार छ सय जम्मा हुन आयो । यसपछि डर मानी मानी घरमा परिवारसाग दुई हजार मागो । यसरी पााच हजार पैसा जम्मा गर्न मलाई ठुलै कसरत गर्नु पर्‍यो । मैले सोचे– “एउटा चारलाइनको निर्णय गर्नलाई मेरो परिवारका लागि एक महिना खान पुग्ने पैसा सकिने भयो ।”

वास्तवमा आजको समाज पैसाले बढी चलिरहेको छ तर विचारले कम चलिरहेको छ । पैसावालहरूलाई दुई/चार थान पुस्तक छपाउन, दुई/चार जना मान्छे अघिपछि लगाउन, बैठक, गोष्ठी र सभा–सम्मेलनरूमा भाग लिन, ठुला कुरा गर्न, ठुला मान्छे बन्न, ठुला नेता बन्न, चुनाव जित्न कुनै गाह्रो छैन । तर पैसा बिनाको मान्छेलाई भुइामा एकपाइला राख्न पनि ठुलो कठिनाइा छ । पैसाको कारणले अगाडि बढ्ने मार्ग बन्द हुन पुग्दा, अरूभन्दा पछाडि पर्नु पर्दा, आफूलाई इच्छा लागेको काम गर्न नपाउादा, आफूले थालनी गरेको यात्रा अधुरा हुन पुग्दा, दबिनु पर्दा, थिचिनु पर्दा, मिचिनु पर्दा, आफ्ना प्रतिभाहरू प्रष्फुतित गर्ने अवसरबाट वञ्चित हुनु पर्दा छिट्टै पैसा बिना नै चल्ने नया समाज निर्माण भइदिए हुन्थ्यो भन्ने लाग्छ ।

जे होस्, कठिनाइाका बाबजुद पनि यसपालि मलाई रुकुमबाट काठमाडौा बैठकमा जानलाई ढोका पूर्ण रूपले खुल्यो । पैसा जुटाउन जति पसिना काढ्नु परेता पनि बैठकमा सहभागी हुन पाउने कुराले ममा राम्रै खुशी छायो ।

यसरी भदौ ५ गतेको बैठकका लागि म ४ गतेको नाइटगाडमा टिकट लिएर तयारी अवस्थामा रहो । भदौ ४ गते १२ बजे हिडेपछि ढिलोमा पनि ५ गतेको १२ बजेसम्म त काठमाडौा पुग्न सक्ने भएकाले मैले सोही बमोजिम बैठक भेट्न सक्नेगरी बसको टिकट लिएको थिएा । अब म ठिक पौने १२ बजे घरबाट निस्केर घरदेखि काठमाडौाको यात्रा सुरु गरो । नजिकै बस आउने बाटोमा बसलाई कुरेर बसो । टिकटमा गाडी ठिक १२ बजे छुट्ने लेखिएको भएता पनि लामो अट्यासलाग्दो प्रतिक्षापछि बल्ल बल्ल एक बजे मात्र गाडी आइपुग्यो । गाडीमा चढेर म आफ्नो सिटमा बसो । बाटोमा परीक्षा दिएर घर फर्कन लागेका विद्यार्थीहरूको हुल भेटियो । बसमा ठेलमठेल गर्दै ती विद्यार्थीहरूको हुल गाडीभित्र पस्यो । भित्र मलाई उकुसमुकुस भयो । म पसिनैपसिना भएा । मेरो स्वास्थ्य अलि अस्वस्थ पनि थियो । त्यसैले मलाई बान्ता आउला आउला जस्तो पनि भयो । उता ती विद्यार्थीको हुल भने गाडीमा अनेकथरि शब्द ओकेल्दै, गीत गाउादै बाटैभरि हल्ला गरिरह्यो । गाडी करिब तीन घण्टा गुडेपछि विस्तारै ती विद्यार्थीको भिड र हल्ला सकियो । तर बीचबाटोमा त्यो गाडीले थुप्रै अदुवाको बोरा भेटायो । यसपछि मान्छे र अदुवाको गह्राौ भारी बोकेर म चढेको गाडी सल्यान जिल्लाको भूूमिमा गुडिरहेको थियो । सल्यानको पटारे भन्ने स्थानमा पुग्दै गर्दा गाडीको पट्टा भन्ने चिज भााच्चियो र गाडी बिग्रियो । यतिबेला सााझको ६ बजिसकेको थियो ।

अब बिग्रेको गाडी नबनुन्जेल त्यो गाडीका यात्रुहरूलाई त्यै पटारे भन्ने स्थानमा समय बिताउनुको अर्काे विकल्प थिएन । गाडी स्टाफहरूले फोन गरेर गाडी मर्मतका लागि मिस्त्री बोलाए । करिब एक घण्टापछि सल्यानको श्रीनगरबाट गाडी चढेर मिस्त्री त्यहाा आइपुग्यो । गाडीका भााच्चिएका सबै पट्टा लगेर ऊ पुन: श्रीनगर गयो । म चढेको गाडी त्यस ठाउामा रोक्किएको पनि तीन घण्टा भइसकेको थियो । मैले प्रलेसका महासचिव समिरसिंहलाई फोन मार्फत् आफू आउादै गरेको तर बीचबाटोमा गाडी बिग्रिएको कुरा जानकारी गराएा । यात्रुहरू निर्धारित समयमा आफ्नो गन्तव्यमा पुग्न नसक्ने कुराले चिन्तित थिए । ममा पनि अब भोलिको मिटिङ भेटिादैन कि क्या हो भन्ने आशङ्का पैदा हुादै थियो । त्यो ठाउामा यात्रुहरूले समय बिताएको पनि चार घण्टा भइसकेको थियो । “हामीलाई अर्काे गाडीमा पठाइदिए पनि हुन्थ्यो” भन्दै केही यात्रुहरू गाडीवालासाग गुनासो गर्दै थिए । “पैसाको लोभले क्षमताभन्दा बढी लोड हाल्ने, अनि हामी यात्रुहरूलाई दु:ख दिने” भन्दै कोही रिसाउादै थिए । “त्यै त त्यत्रो ठेलाठेल मान्छे, त्यसमा फेरि यति धेरै अदुवाको बोरा हालेपछि पट्टाले कहाा धान्छ त ? आखिरी यत्रो सामानबाट आएको भाराभरी गाडी मर्मतमै गयो । के अर्थ भयो त यसरी पैसा कमाएको” कोही हाासोठट्टा गर्दै थिए । गाडीवालाहरूले पनि आफ्नै दुखेसो पोख्दै थिए । “गाडी चलाएर बााच्नु जस्तो दु:ख संसारमा अरू केही छैन ।” यो गाडीवालाहरूको भनाइ थियो ।

म भने आफ्नै सुरमा थिएा । आध्यारोमा सडकको छेउको एउटा चेप्टो ढुङ्गामा बसेर तलतिर शारदाको खोला कलकल गर्दै बगिरहेको सुन्दैथिएा । यो गाडी ठिक ६ बजे बिग्रेको थियो । ठिक ६ बजे यहााबाट कलकल गर्दै बगेको पानी यतिबेला कहाा पुग्यो होला ? मैले एक्लै बसेर कल्पना गर्न थालो । यसो अनुमान गरेर सोचो । शायद यतिबेला त यहााको पानी राप्तीको बबईमा मिसिइसक्यो होला । यस्तै सोचिरहेको थिएा । आकासबाट हल्का वर्षाको पानी झर्‍यो । म गाडीमा चढेर आफ्नो सिटमा बसो । गाडीभित्र यात्रुहरू आ–आफ्नै तरिकाले समय बिताइरहेका थिए । कोही झुङिरहेका थिए । कोही मोबाइल खेलिरहेका थिए । गाडीभित्र आध्यारो थियो । यसो मेरो ध्यान गाडीको क्याबिनभित्र खिच्चियो । त्यहाा दुईवटी केटी केही केटाहरूको साथमा थिए । गाडी ड्राइभर पनि त्यही थियो । त्यहाा उनीहरू एक–आपसमा तरुनीतन्नेरी भएर जिस्किरहेका थिए । सार्वजनिक स्थानमा यस्तो गर्नु उनीहरूलाई लाज लाग्नु पर्ने तर लाजसरम केही नभएका चेतनाहीन मान्छेहरूसाग कसको के लाग्छ र ?

बसभित्रका मान्छेहरूका अनेक चर्तिकला हेर्दै म चुपचापसाग आफ्नो सिटमा बसिरहो । यसरी आफ्नो सिटमा बसेको म कुनबेला भुसुक्क निदाएछु, “ठ्याङ ठ्याङ” बजेको घनको आवाजले मेरो निद्रा खुल्यो । श्रीनगरबाट मिस्त्री आएर गाडी मर्मत गर्न थालेको रहेछ । मैले मोबाइलको घडी हेरो, १२्र बजिसकेको थियो । केहीबेरमै मिस्त्रीले गाडी ठिक पार्‍यो । यसरी करिब छ घण्टाको लामो प्रतिक्षापछि गाडी अगाडि बढ्यो । अझै पनि ममा मिटिङ भेट्न सक्ने आस मरेको थिएन । तर दाङको लमहीमा पुग्ने बेला पूर्ण रूपले उल्यालो भइहाल्यो । अब म चढेको नाइटबसले दिवा बसको रूपधारण गर्न पुग्यो । उसले लोकल प्यासेन्जरहरूको पनि सेवा गर्न थाल्यो । गर्दागर्दा म चढेको बसले आफू नाइटबस भएको कुरा समेत बिर्सियो । यसरी म चढेको बसले नाइटबसको आफ्नो वास्तविक भूमिका नै बिर्सेपछि मैले बैठक भेट्न नसक्ने कुराको सहजै अनुमान गरो । म “न यतानउता दोसााधमा खुट्टा” भने झौ भएा । अब म फर्कन पनि सक्दैनथे र काठमाडौा पुगेर पनि मेरो उद्देश्य पूरा नहुने भइसकेको थियो । तैपनि ममा बैठकको अन्तिम सास त भेटाइहाल्छु कि भन्ने आस भने बााकी नै थियो । किनकि बैठक १२ बजे सुरु हुने भनिएकाले उक्त बैठक ४ बजेसम्म त कसो नचल्ला र ? म चढेको गाडी २/३ बजेसम्म काठमाडौा पुग्यो भने त मैले बैठकको अन्तिम उपस्थिति त भेटिहाल्छु नि भन्ने लागिरह्यो । बीच बाटोमा बसले उसको सम्पर्कको होटेलमा लगेर खाना खुवायो । मैले प्रलेसका अध्यक्ष जीवेन्द्र देव गिरीलाई फोन गरेर आउादै गरेको कुरा जानकारी गराउन खोजो । तर मैले उहााको नाममा राखेको फोन नम्वर फरक परेको रहेछ । फोन अर्कै ठाउामा गएपछि मैले पुन: महासचिवलाई नै फोन गरे र म आउादै गरेको भनी जानकारी गराएा । यसपछि बस आफ्नै तरिकाले अगाडि बढिरह्यो । गाडी मुग्लिन बजारमा पुग्दा मैले घडी हेरो, १ बजिसकेको थियो । कुनै कुनै बसमा यात्रा गर्दा मुग्लिनबाट तीन घण्टाको काठमाडौा पुगेको स्मरण ममा थियो । यसरी तीन घण्टामा काठमाडौा पुग्यो भने त बैठक भेटिन्छ कि भन्ने झिने आस म मा पलायो । गाडी नागढुङ्गाको फेदमा पुग्दा २ बजेको थियो । नागढुङ्गाबाट काठमाडौा त नजिकै भएकाले अब बैठक भेट्ने भइयो भनेर ढुक्क भएा । तर यात्रा न हो, नापतौल झौ ठ्याक्कै कहाा हुन्छ र ? बस जाममा परिहाल्यो । यसो बाहिर निस्केर नागढुङ्गाको उकालोतर्फ नजर घुमाएा । ओहो ! गाडीको लाम त माथि टुप्पैसम्म थियो । यति धेरै जाम, अब कति समयसम्म रहने हो ? कुनै पत्तो थिएन । सााझको साढे ५ बजे बल्लबल्ल म चढेको गाडी थानकोट उक्लियो । काठमाडौाको कलङ्की भन्ने ठाउामा बस पुगेपछि म ओर्लिए । घडि हेर्दा ६ बजिसकेको थियो । मैले साथी प्रकाश थापालाई फोन गरेर बैठकको बारेमा सोधो । प्रकाशजीबाट बैठक सिद्धिएको जानकारी पाए ।

यसपाली म काठमाडौा नआएको भए नि हुने थियो, बेकार पााच हजार रूपैया पनि खरानी हुने भो । बसमा जिउले पनि अनावश्यक सास्ती भोग्यो । मनमा पछुतो पैदा भए जस्तो भयो । रुकुमबाट काठमाडौासम्मको यो बस यात्रा कति घन्टा भएछ भनी हिसाब गरेको त पुरै ३० घण्टा लागेछ । मेरो यो ३० घण्टाको बसयात्रा यसपाली निरर्थक जस्तै भयो । म लुरुलुरु काठमाडौा पढ्दै गरेकी छोरी समष्टिको कोठातिर गएर बास बसो ।

प्रलेसको सचिवालयको बैठकमा उपस्थित हुन नसके पनि पछिल्लो दिन म अन्य कामले दिनभरि नै काठमाडौाको गञ्जागोल शहरभित्र व्यस्त भएा । साहित्यिक यात्राका सहयात्री सिर्जना शर्मासाग भेटघाट गरो । किताबखानामा गएर मनलाल सरले दिनु भएको पत्रहरू दर्ता गरिदिएा । तिलगङ्गा आखा अस्पतालमा पुगेर छोरी समष्टि र मेरो आखाजाच गर्ने कार्य भयो । प्रलेस केन्द्रीय कार्यलयमा पुगेर प्रगतिशील लेखक सङ्घका उपमहासचिव आरसी न्यौपानेजीसग भेटघाट भयो । छोटो समयमा भए पनि उहाासाग मिठो भलाकुसारी भयो । उहाले मासिक सत्तरी/असी हजारको जागिर छाडेर माओवादी आन्दोलनमा लागेको तर हाल आफू जस्ता कार्यकर्ताको सपनामाथि नेताले कुठाराघात गरी अकूत स्वार्थपूर्तितर्फ लागेको भनाइ व्यक्त गरेको कुराले मेरो मन छोएको थियो । आजैको दिन मैल नेकपा (मसाल) का पार्टी प्रवक्ता रामप्रकाश पुरीसाग पनि भेटघाट गरो । उहााले रुकुम पश्चिम र रुकुम पूर्वका लागि आवश्यक नेकपा (मसाल) का प्रकासन सामग्री उपलब्ध गराउनु भयो । तिनै सामग्रीहरू बोकेर पुन: झञ्झटिलो बसयात्राका साथ म आफ्नो गृहजिल्ला रुकुम (पश्चिम) फर्किएा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *