भारतबाट नेपाल पैसा पठाउन प्रभु र जल्दी क्यास बीच सम्झौता

नयाँ दिल्ली । भारतबाट नेपाल पैसा पठाउनको लागी प्रभु मनि ट्रान्सर्फर भारत र वाइजमेन इम्पेस सेर्भिस लिमिटेड (जल्दी क्यास) बिच सम्झौता भएको छ।
सम्झौतामा प्रभु बैकबाट भारत प्रमुख सुनिल मिश्र र जल्दी क्यासबाट योगेश मिश्रले हस्ताक्षर गरेका छ्न।
मंगलबारदेखि भारतमा काम गर्ने नेपालीले जल्दी क्यासका १०,००० भन्दा बढी सन्जालबाट सरल, सहज र सुरक्षित तरिकाले नेपाल पैसा पठाउन सक्नेछन् ।
भारु ३०,००० सम्म १५० शुल्क र ३०,००० देखि ५०,००० सम्म २०० शुल्कमा नेपालका कुनै पनि बैक खातामा र बैक ट्रान्सर्फरका संजालबाट निकाल्न मिल्नेछ ।
बिगत ८ बर्षदेखि भारतमा नेपालीको हितमा काम गर्दै आएको प्रभु बैकले २० भन्दा बढी भारतिय कम्पनीसग मिलेर काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार