भारतबाट पृयसीलाई मन छुने चिट्ठी

  •   
  •  
  •  
  •  
  •  
  •  

599 जनाले पढ्नु भयो ।

प्यारी खुशी,

मिठो सम्झना, कुशल रहि सोहि कामना गर्दछु । बर्षभरी प्रदेशमा मेहनत गरि बसेर घर फर्कौला भन्ने बेलामा महामारीको कालो बादल मडारिएको तितो यर्थाथ तिमिलाई थाहै छ । के गर्ने तिम्रो यादले निरन्तर सताइनै रहन्छ, कतिखेर तिम्रो पुर्णिमाको जुन जस्तो मुहार, जसले सारा दुःख र पिडाको क्षण पनि सजिलोसँग पार लाउन मद्दत गथ्र्यो, झल्झली सम्झछु । मेरा हरेक दुःख र सुखमा तिम्रो माया अनि सान्त्वना मेरा लागि प्रेणाका मुहानहरु थिए । अनि गाउँका शान्ती, प्रतीक्षा र उन्नति लगायतका सम्पुर्ण साथीहरूको पनि निकै याद आइरहेको छ । डाँडाको पिपल अनि भञ्ज्याङको चौतारीको चिसो हावाले टाढैबाट भएपनि अतालियको मनलाई सितल बनाएको महशुस गरिरहेको छु ।

प्यारी सानु, यतिबेला भारतमा पुरा लकडाउनको स्थिति छ, हुनत नेपालमा पनि छ तर यहाँको अवस्था निकै भयावह छ । नेपालबाट रोजगारीका लागि आयका हजारौं लाखौं मजदुरहरु यतिखेर लकडाउनको कारणले अलपत्र पर्ने स्थितिमा छन् । किनभने यहाँका उद्योग धन्दा, ब्यबसायहरु र सबै प्रकारका संस्थानहरु, जहाँ ठुलो संख्यामा श्रमिकहरुले परिश्रम गरि जिबिकोपार्जन गर्दथे, सबै बन्द अबस्थामा छन् । बन्द अबस्थामा भएपछी श्रमिकहरुलाई ज्याला दिने कुरा पनि भएन । हुनत यहाँको सरकारले बन्द भएपनि मजदुरलाई ज्याला दिनु भनेर निर्देशन जारी गरेको अवस्था छ । यद्यपि एकाध संस्थानहरुले बाहेक आम रूपमा दिने छैनन् । अर्कोतिर दैनिक ज्यालादारी गर्ने चाइनिज फास्ट फूड, लेबर जस्ता कामहरु त पुरै ठप्प नै भएका छन् । उनीहरुका लागि आशा गर्ने ठाउँ कहिं छैन, त्यसैले उनीहरुका लागि निकै ठुलो समस्या सृजना हुने देखिन्छ । यस्तो अवस्थाको मध्यनजर गर्दै भारत सरकार र राज्य सरकारले राहत दिने घोषणा गरि राहत बितरण गर्ने काम सुरु गरिरहेका छन, तर के गर्ने यति बिशाल जनसंख्या भएको देशमा त्यो सानो राहतको बितरणले पिडित प्रभावकारी होलान् जस्तो देखिंदैन । राहत केन्द्रमा सयौंको संख्यामा लाइन लागेको हुन्छ, त्यो लाइनमा उभिएर आफ्नो पालो कुर्नु पर्यो, पालो कुर्दाकुर्दै राहत सिध्यो भने ४/५ घण्टा लाइनमा लागेको समय ब्यर्थ जान्छ । अनि फेरी अर्को दिन लाइनमा जानु पर्ने हुन्छ । यसरी त्यती धेरै जनाको बिचमा लाइनमा लाग्दाखेरी कोरोनासँग बच्ने उपाय मध्यको सामाजिक दुरि कायम राख्ने कुरा पनि ध्यान पुर्याउनु पर्दो रहेछ । ध्यान पुर्याउन सकिएन भने संक्रमण हुने खतरामा परिन्छ ।

अस्ति अमेरिकाबाट एउटा चापागाईं थरको एकजना युवकले रुदै फेसबुकमा एउटा भिडियो पोस्ट गरेका थिए, कि उनी अमेरिका गएको ६ महिना भएको, एउटा नेपालीको घरमा भाडामा बस्दै आएको, कोरोनाको संक्रमण अत्याधिक मात्रामा बढेपछि घरभेटीले घरबाट निकालिदिएका, खाध्यान्नको संकटले उनले ४÷५ बोरा चामल किनि आफ्नो कारमा राखेको तर त्यो चामल चोरी भएको, बजारमा किनेर खानपनि ताजा नपाइने यस्तो अबस्थामा कोहि नेपालीले उनलाई मद्दत नगरेको र एउटा पाकिस्तानी बिद्यार्थीले मद्दत गर्छु चिन्ता नगर भनेर सान्त्वना दिएको तर नेपाली कसैले पनि आफुलाई नहेरेको र आफु छिट्टै मर्ने गुनासो पोखेका थिए । त्यो कुरा सांचो या झुठो पनि हुन सक्ला तर अहिलेको यो महामारीले त्यो स्थितिको पनि निकट भबिष्यमा यहाँ पनि सृजना नहोला भन्न सकिंदैन ।

प्यारी खुशी,
तिमिले चिन्ता गर्दै फोनमा भनेकी थियौ कि यस्तो अबस्थामा पनि संगै हुन पाइएन, दुःख सुख साटासाट गर्न पाइएन, यसमा पिर कत्ति पनि नगर सानु । अहिले हामी बाच्नु नै ठुलो कुरा हो । बाँच्दै रहे नाँच्दै राखौंला भन्ने उखान छ नि ! हो त्यस्तै अहिले हामी जहाँ जे जस्तो अबस्थामा छौँ, त्यहीँ, त्यसरी नै रहुनु पर्दछ, त्यसो गरिएन भने एक ठाउँबाट अर्को ठाँउमा जाँदा भाइरसको संक्रमण भै जताततै फैलिन सक्छ । त्यही खतरालाई न्यूनीकरण गर्नका लागि नै लकडाउन भएको हो । त्यसैले तिमिले चिन्ता कत्ति पनि नलेउ । घभित्रै बस, केटाकेटीहरुलाई पनि बाहिर निक्लन नदेउ । बरु त्यहाँ राहत बाड्ने भन्ने कुरा त मैले पनि सुनेको थिएँ तर बिडम्बना यस्तो महामारीको समयमा पनि आफ्ना पार्टीको कार्यकर्ता र समर्थकलाई मात्र बाँडेछन् । यस्तो घिन्लाग्दो राजनीति खेलेपछी सर्बसाधारणले कसको भर पर्नु ?

हाम्रो गाउँपालिकाको कुरा हो यो त अत्यन्तै निन्दनीय छ, यस्तो भेदभावपूर्ण व्यबहारले कसरी समाज सुधारको बाटोमा अघि बड्न सक्छ ? यस्तो निन्दनीय र घटिया कामको तिमिले त्यहाँ आवाज उठाउनु पर्छ । गत साता कुटेखेलो गाउँपालिकामा त्यहाँका जनप्रतिनिधिहरुले राहत बितरण गर्ने क्रममा एउटा लाठीको टुप्पोमा साबुन अडकाएर टाढैबाट फ्याकिदिएको दृश्यले पनि गरिब जनताको कम खिल्ली उडाएको छैन । के गर्ने सानु हामी जस्ता गरिब जनताको पक्षमा वकालत गर्ने, राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएर राजनीति गर्ने पार्टी सत्तामा जान सकेको छैन । यहाँ त केबल भ्रष्टाचारी, कालाबजारिया, माफिया, तस्करहरुको बोलबाला चलेको छ, तिनैको वरिपरि चक्कर लगाउनेले सत्ता सम्हालेका छन् । अनि यस्ताबाट कसरी जनताको लागि काम हुन्छ ?

फेरि पनि बास्तविक कुरा के हो भने सत्यको जीत एक दिन अबस्य हुन्छ, भ्रष्टाचारीहरु मफियाहरु र तस्करहरुको घाम डुबेर जानेछ र रातो घाम पुर्बबाट दिनदुखिका आङमा उदाउने कुरा निश्चित छ ।

प्यारी सानु तिमिले गलत प्रबृत्ति बोकेका, जनताका अगाडि गिरेर समाजका लागि पतन भैसकेका ठुला पार्टीको ठुला नेताको विरुद्धमा कसरी आवाज बुलन्द गर्छौ भन्ने कुरा त गत भुकम्पको राहत बितरण गर्ने समयमा त्रिपाल समेत कोखिलोमा च्यापीच्यापी हिड्ने नेताहरुको पर्दाफास गर्दाको सम्झना सधैं आइरहन्छ, तिमि बास्तबमा नै सचेत र सजग छौ । त्यसैले तिमिले गरिब जनताको मनमुटुमा सजिलै बास गर्न सक्छौ भन्ने कुरामा म ढुक्क छु ।

अहिले पनि यो कोरोनाको दबाइ ल्याउने कुरामा होस् या राहत बितरण गर्ने कुरामा किन नहोस कुनै कर्मचारी वा जनप्रतिनिधिहरुले नै किन नहुन, अनियमितता गर्छन् भने तिमिले हमेसा खुलेर बिरोध गर्नुपर्छ र गर्नेछौ र हमेसा जनता कै साथमा रहने छौ भन्ने कुरामा पनि पुर्ण बिस्वस्त छु ।

प्यारी खुशी अब धेरै कुरा के लेखौं र सबै कुरा तिमिले नै जानेकी बुझेकी छौ । त्यहि पनि फेरी भन्न मन लागेको कुरा मलाई आएन भनेर चिन्ता नगर । म अहिले जनतन यहाँबाट आए पनि बोर्डरबाट छिर्न सक्क्ने अवस्था छैन । केहि कसै बोर्डरबाट छिरिहाले पनि म जिल्ला हुँदै गाउँमा आइपुगुन्जेलसम्म धेरै ठाउँमा चेक जाँचको झमेलाबाट गुज्रँदै आउनुपर्ने छ । अनि म घरमा आउन पाउने छैन, कोरेन्टाइनमा अलग्गै तिमिबाट टाढा बस्नुपर्ने छ । त्यो भन्दा त बेहत्तर यहाँ नै छु । बरु तिमिले अरु त्यहाँका वरपरका दाजुभाइहरुलाई पनि घरमा न आएको गुनासो नगर बरु त्यहीँ सुरक्षित बस भनेर भन्न लगाउ र अहिले गाउँमा आउन नभन भनेर फोन गरेरर जताततै भन्न लगाउ । त्यसो गरेदेखि मात्र यो कोरोनाको महामारीलाई रोकथाम गर्न सकिनेछ । त्यसैले तिमि धैर्य गर, अनि सबैलाई धैर्यधारण गर्न भन, सान्त्वना देउ, तिम्रो सान्त्वनाले सिंगो गाउँ नै धैर्यधारण गर्न सक्नेछ ।

लत खुशी, अब आजलाई यो चलिरहेको पेन र उडिरहेको मनलाई यहीँ रोक्ने प्रयास गर्दै तिम्रै खुशिको प्रतिक्षामा रहँदै अर्को पत्रमा भेट हुने बाचा सहित, तिम्रो माया गर्ने आनन्द ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *