भारतबाट मजदुरी गरेर फर्किएका दुई नेपाली सीमा क्षेत्रमा बेहोस फेला

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा बेहोश अवस्थामा भेटिएका दुई जनालाई आफन्तको जिम्मा लगाइएको छ ।

भारतको उत्तराखण्ड राज्यको गढवालबाट मजदूरी गरी दसैँ मनाउनका लागि फर्केका कैलाली, भजनी नगरपालिका –१ का १८ वर्षीय कौशल बुढा र २० वर्षीय सन्तोष बुढालाई सीमा नाकाबाट उद्धार गरिएको हो ।

‘सीमा क्षेत्रमै बेहोस अवस्थामा भेटिएका दुवैलाई सामान्य उपचारपछि महाकाली अस्पतालमा भर्ना गरिएपछि होश खुल्यो’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो, ‘होश खुलेपछि परिवारजनसँग सम्पर्क गराई जिम्मा लगाएका छौँ ।’

दुवैले भारतीय सीमावर्ती बजार वनबासा पुगेर जुस पिएपछि बेहोस भएको बताएका छन् । लुटपाट गर्ने उद्देश्यले दुवै जनालाई जुस खुवाइएको हुन सक्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार