भारतमा अलपत्र नेपालीको मूल प्रवाहद्धारा उद्धार

खिमराज चालिसे,
चंडिगढ, ८ डिसेम्बर । विगत दुइ/ढाई महिना पहिला कारले ठोक्कर मार्दा खुट्टा भाचिएर विकानेरको सरकारी अस्पतालमा भर्ना भएका एक नेपाली मजदुरलाई मूल प्रवाहद्धारा उद्धार गरि स्वदेश पठाइएको छ ।

मूल प्रवाह विकानेर नगर समिति, हनुमानगढ़ नगर समिति र श्रीगंगानगर नगर समितिको संयुक्त पहलमा लत्ता कपडाहरु समेत भारु. ४७०० अर्थात नेरु ७५२० नगद मूल प्रवाहका कार्यकर्ताहरु र आमजनमानसबाट उठाइएको सहयोग तथा श्रीगंगानगरदेखि कृष्ण नगरसम्मको बस भाडा सहयोग श्रीगंगानगर नगर समिति अध्यक्ष गिरुप्रसाद न्यौपाने र विकानेर नगर समितिका अध्यक्ष लोक बहादुर पांडेले सहयोग गरि स्वदेश पठाइएको जानकारी गंगानगर नगर समितिका सचिव बसन्त भण्डारीले दिनु भएको छ ।

भण्डारीका अनुसार पिडित जाजरकोट जिल्ला साविकको रिसान गा.वि.स. वार्ड नम्वर ६ निवासी श्री ढुनिराज क्षेत्रीका ५५ वर्षिय छोरा मोतीराम क्षेत्री हुन् । उनी गत १५/१६ महिनादेखि वेखर्ची अवस्थामा रहेको भएपनि कोरोनाकालमा लकडाउन पछि भने अझै दयनिय स्थिती रहेको पिडितले वताएका छन् ।

अझ गत दुइ–ढाई महिना पहिला अज्ञात कारले ठोक्कर हानेर घायल भई हस्पिटल भर्ना भएको खवर मूल प्रवाह विकानेर नगर समितिका साथिहरुलाई गत १२ दिन पहिला थाहा लागे पछि नगर अध्यक्ष लोक बहादुर पांडे, रामप्रसाद पोख्रेल, बोम बहादुर विष्ट, हस्पिटल पुगी आवश्यक छानबिन पश्चात स्वदेश पठाउन हनुमानगढ़ नगर समितिका अध्यक्ष मोहन रसाइली र श्रीगंगानगर नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेसँग सहकार्य गरि हिजो ७ डिसेम्बर स्वदेशको लागि श्रीगंगानगरदेखि रवाना हुनुभएको छ । पिडितको साथमा वार्डरसम्म पुग्ने गरि मोहन रसाइली र बसन्त भण्डारी रहेको बसन्त भण्डारीले वताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार