भारतमा एकता समाज

  •   
  •  
  •  
  •  
  •  
  •  

662 जनाले पढ्नु भयो ।

जनक बिसि

द्वन्द्वात्मक भौतिकवादी दर्शनको पद्धति र नियमनुसार कुनै राज्य र समाजहरु विकास र विनासको सिलसिलामा पुरानोको ठाउँ नयाँले ग्रहण गर्नु, पुराना सँरचना धोस्त हुनु यो एउटा विकास र विनासका नियम हुन् ।

कालान्तरमा भारतमा समाज विकास र निमार्ण एक महान चुनौति थियो, जतिबेला देशमा जहानियाँ शाहहरुको एकलौटी राज्य पञ्चायत राज तर यी चुनौतिहरु चिरेर भारतमा एकता समाज निर्माण गर्न यति आप्ठेरो थियो कि यसखाले चुनौति इतिहासमा ऐतिहासिक बनेको छ । यो छोटो लेख रजत बर्ष १९७९–२००४ एकता समाजको स्थापनाबारे केही अनुभूतिबाट साभार गरिएको छ ।

(मद्रासमा नोकरी गर्ने एकजना शिव बहादुर केसी बनारसमा इन्टर मिडियटको परिक्षा दिन आएका थिए । उनीसित तात्कालिन कार्यालय इन्चार्ज भक्त बहादुरसित मद्रासमा नेपालीहरु धेरै बस्छन्, संगठन गर्न सजिलो हुन्छ भन्ने छलफल भए । पञ्चायती निरङकुश बिरुद्धमा लड्ने सबै राजनैतिक पार्टीहरुको आश्रम बनारस थियो । हाम्रो नेकपा (चौथो महाधिबेशन) को केन्द्रीय कार्यालय पनि त्यहिं थियो । नेपाल र भारतका विभिन्न राज्यबाट नियमित निजि परिक्षा दिने बिद्यार्थीहरुको हरेक पार्टीहरुको कार्यालयमा सम्पर्क हुने गर्दथ्यो । हाम्रो कार्यालयमा शिव बहादुरले सम्पर्क राखेछन् र मद्रासमा बागलुङ र प्युठान तिरका श्रमजिवीहरुको बढि सम्पर्क हुने र संगठन गर्न सकिने कुरा उनले कार्यालयमा गरेछन् । उनको कुराको आधारमा हाम्रा साथीहरुले मलाई शिव बहादुरको ठेगानामा फेब्रुअरी १९८७ मा मद्रास पठाउनु भयो । मलाई भारतका उत्तर प्रदेश र बिहारतिरको केही मौसमी जानकारी थियो तर दक्षिण भारतको हावा पानी रितिरिवाजबारे थाहा थिएन । त्यस कारण माघ महिनामा उत्तर प्रदेशमा लगाउने गरम कपडा लगाएर म मद्रास पुगे । म अहिलेको चेन्नई रेलवे टेशनमा उत्रँदा गरम कमिज सुईटर लगाएको र झोला ठुलै थाकखोले पाखि राखेको तेहाँका मानिसहरुले देखेपछि मलाई मेरो पहिरन देखेर सबैले एकोहोरिएर हेरि रहे । माघ मैहिना भएपनि त्यहाँ त सबैतिर पङखा चलिरहेका छन्, मानिसहरु सबैले एकसरो पातलो पहिरनमा रहँदा रहेछन तर म भुटानतिरबाट आएको भुटानि जस्तो देखिन्थे, चेन्नई रेलवे टेशनमा उत्रेपछि मलाई मेरो पहिरन नमिल्दो भयो भन्ने महशुश भयो तर मेरो झोलामा फेर्ने अर्को लुगा थिएन ।

रेलटेशनबाट बाहिर निस्केपछि टुटेफुटेको अँग्रेजीमा कुरा गर्दै माडेल टाउनमा शिव बहादुरको डेरामा पुगे । मलाई भोटे जस्तो पहिरन देखेपछि शिव बहादुरको कोठामा बस्ने सबै मानिसहरु मलाई हेरेर हाँसे र तुरुन्त शिव बहादुरले आफ्नो एक जोडा कपडा पहिराई दिए, मैले पहिरन फेरिवरि खानाखाई सकेपछि शिव बहादुरलाई मद्रास आउनुको कारण नेपालीहरुलाई संगठन निर्माण गर्ने काममा सहयोग गर्न सकिन्छ कि भनेर आएको भन्ने कुरा बताए पछि शिव बहादुरलाई यो कुरा मन परेन, उनले नेपालमा जिउ पाल्न नसकेर यहाँ नेपालीहरुलाई ठग्न आउनु भएको हो भन्न समेत बाँकि राखेनन् र अब म पुरै बितरामा परे भन्ने मनमा लाग्यो र आफ्नो गाउँ जिल्लाका कसैको मसँग ठेगाना पनि थिएन ।

अनुशासनको कारबाहिमा परेको कारण एमबि सिंह केरलाको राजधानी त्रिभेन्द्रममा हुनुहुन्छ भन्ने मलाई थाहा थियो तर उहाँको ठेगाना थिएन । गाँउतिरका मानिसहरुको ठेगाना केही नभएपछि शिव बहादुरसँग हात जोडेर मैले केरला त्रिभेन्द्रमकोे एमबिको ठेगाना र तेहाँसम्म पुग्न पैसा सापटी मागें, त्यहाँ मद्रास म बस्न भन्दा पठाएमा फाइदा हुने देखेर शिव बहादुरले तुरुन्त त्रिभेन्द्रम जाने सापटी पैसा र मोहन जिको ठेगाना दिए, म मद्रासबाट त्रिभेन्द्रम कालुमानको डेरामा पुगें, जुन घरमा मोहनजि डेरा गरेर बस्नु भएको थियो राति ११ बजे म कालुमानको डेरामा पुगें । कालुमानले पनि मलाई नेपालमा खान नपाएर आएको भन्ने हुन कि भन्ने डर लागि रहेको थियो तर उनले त्यसो भनेन, खान बस्न दिने कुरा भयो ।

कालुमानको डेरामा जानेबितिक्कै मोहन जिको बारेमा सोधें, कालुमानले भने “मोहन जि आजकाल एउटा बन्दै गरेको सिनेमा हलमा रातको चौकिदारी गर्नु हुन्छ, रात पनि धेरै बित्न लाग्यो, भोलि वहाँ ६ बजे डिउटि सकेर यहिं आउनु हुन्छ तपाईं थाकेका कारण सुत्नुस ।”

मोहन जि सिनेमा हलको चौकिदारी गर्नुहुन्छ भन्ने सुन्दा पहिले पत्यार लागेन तर म उतै भेटन जिद्दी गरेपछि कालुमानसँगै बस्ने एक जना नेवार थरको साथीको जिम्मा लगाएर मोहन जिले चौकिदारी गर्ने ठाउँमा पठाइ दिए ।

बन्दै गरेको सिनेमा घरको चौकिदारी गर्दागर्दै आफू भन्दा केही कम उचाई भएको पर्खालमा निदाईरहेको मैले देखें । त्यो दृष्य देखेपछि केही बेर त म अचम्मित भए, अर्कोतिर सबै नेपालीहरुको यहि हालत त होनी भनेर चित्त बुझाएँ, केही बेर म बोल्न पनि सकेन । “पछि मोहन जिलाई झक्झकाएर ठटौलि पारामा डिउटि त राम्ररी गर्नु भएन नि ?”

निर्माण सामग्री चोरी हुन्छ कि भनेर डिउटि गर्न बस्नु भएको तपाईं त ठाडै आफै निदाउनु भए छ भनें, उहाँले दिउसो अलिकति जुडोको कसरत गरेको थिएँ त्यसकारण लट्ठी समातेको समात्तै निदाएछु भन्नू भयो र नेपालतिरका विशेष गरि राजनैतिकबारे १/२ घण्टा छलफल पछि हामी कालुमानको डेरामा गयौं ।…..नेपाली एकता दुई दशकमा प्रकाशित चित्र बहादुर केसीको धारणा)

उपरोक्त तत्थ्यांकले भारतमा एकता समाज निर्माण गर्ने सवालमा महत्वपूर्ण भुमिका निर्बाह गर्दै जाने अभियानमा सन ७ नोवेम्बर १९७९ मा भारतको बनारसमा स्थापना तात्कालिन केन्द्रीय समितिमा सभापति गोबिन्द सिंह थापा (गोरखपुर) उपसभापति रामचन्द्र शर्मा(पान्डिचरी), पदम राना मन्त्री (फरीदाबाद), डन्डपाणि न्यौंपाने (गोरखपुर), उपमन्त्री तथा सदस्यहरु राजु नेपाली (दिल्ली) रत्न बहादुर (कलकत्ता) र दुर्गा शर्मा (मद्रास) रहेका थिए ।

एकता समाज आफैमा एउटा सामाजिक संगठन भएर यसले भारत व्यापी रुपमा छरिएका सम्पुर्ण नेपालीहरुलाई संगठित पारेर समाजमा घटने हरेक प्रकारका घटनाहरुमा आफुलाई दरो अभिभाबकको रुपमा विकास गर्नुको साथै विभिन्न रुपमा देखापर्ने गलत तत्वहरुको बिरुद्ध समझौताहिन संघर्ष गरिरहेको छ । संगठन निर्माण कै दौरान गँगाधर घिमिरे बिद्या ढकाल (जलजला) र सरोज शर्मा जस्ता होनहार कर्मठ योद्दाहरु गुमाएको छ ।

जनताका जल्दाबल्दा समस्याहरु र बिदेशमा बस्ने नेपालीहरुको मताधिकार र प्रतिनिधित्वको लागि आवाज उठाइरहेको छ । बिदेशमा बस्ने नेपालीहरुको मताधिकार सम्बन्धि हकको बिषयमा सर्बोच्च अदालतबाट २०७४ चैत्र ७ गते जारि परमादेशको सन्दर्भमामा पटक पटक सरकार समक्ष आवाज बुलन्द गरिरहेको छ ।

भारतमा एकता समाज, आफुलाई एकता समाजको रुपमा मात्र विकास गरेको छैन । तात्कालिक समयमा आउँदा १०–१३ फेब्रुअरी २००२ मा पाचांै अखिल भारत सम्मेलनले, समाजको नामको पछाडि (मूल प्रवाह) थप्ने निर्णय गरेबमोजिम रजिस्ट्रेशनका दौरानमा प्राबिधिक समस्या आएको कारण संगठनको अगाडि मूल प्रवाह थपिन पुगेको थियो ।

आज यसरी भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कैयौं जनताका सफलतापुर्ण काम गरेको छ । जस्तो २००८ नोएडामा हेमराज–आरुषि हत्या, २०१० आगरामा १३ बर्षिय बालिका बलात्कार, २०१७ को हिमालचल कोटखाँईको १४ बर्षिय बालिकाको सामुहिक बलात्कारका विरुद्ध न्यायिक कार्यको भूमिकामा एकता समाजले अग्र स्थानमा रह्यो । त्यस्तै केरला कोचिनको २०१६को कञ्चपुर निवासी २६ बर्षिय भरत विकको गाडि दुर्घटनामा परि ज्यान गुमाएकाको घर परिवारलाई न्यायको लागि अदालतको दरवाजा खठखटाउनुका साथै बिजय हाँसिल गरि ४२ लाख ३२ हजार नेपाली रुपैयाँ हस्तान्तरण गर्न समेत एकता समाज सफल भयो ।

यसरी भारत प्रवासमा रहेका नेपालीहरुका समस्याहरुलाई लिएर लगातार प्रशासन तथा राज्यको सरोकार वालाहरु समक्ष पुर्याउने सेतुको भूमिकामा एकता समाज उपलब्धिपुर्ण कार्यहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *