भारतमा कोरोना महामारीको तेस्रो लहरको खतरा

  •   
  •  
  •  
  •  
  •  
  •  

161 जनाले पढ्नु भयो ।

नयाँदिल्ली । भारतको सरकारले कोभिड–१९ महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ । सरकारले नै भारतमा महामारीको तेस्रो लहर आउन सक्ने बताएको हो ।

सरकारले नागरिकहरूलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो ।

भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेसनल इन्स्टिच्युट फर ट्रान्सफर्मिङ इन्डियाका सदस्य भी.के. पाउलले सो चेतावनी दिनुभएको हो । उहाँले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो लहरको खतरा रहेको छ र त्यो लहर आगामी १०० देखि करिब १२५ दिनमा आउन सक्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ– हाम्रो जनसङ्ख्या धेरै छ र यसका कारण यहाँको अवस्था निकै खतरा पनि हुन सक्छ र हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेनौँ भने यसले हामीलाई ठुलो क्षति दिन सक्ने छ ।

हालै विश्व स्वास्थ्य सङ्गठनले कोभिड १९ को विश्वको अवस्थाको मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यो चुनौती रहेको बताएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो महामारी विरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने बताएको थियो ।

यसअघि पनि भारतका अधिकारीले आगामी अगस्ट महिनाको अन्त्यतिरबाट भारतमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने खतरा रहेको बताउँदै आएका थिए । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *