भारतमा श्रमजीवी महिलाहरुको समस्या र मूल प्रवाहका कार्यकर्ताको भुमिका

निरु सारु

हाम्रो देश अर्ध औपनिवेशिक र अर्ध सामन्ती देश हो । अर्थात सत्तालाई आफ्नो गरिखाने परिवारिक निवेश सम्झने सत्तालाई दुरुपयोग गरि आएका राजनीतिक पार्टिहरुको जनताप्रति उत्तर दायित्व निभाउन नसकेको हुँदा र रोजगारीको कुनै व्यवस्था उपलब्ध नभएकोले देशदेखि युवाहरु मात्र हैंन, युवती ( महिला)हरुको संख्या पनि वैदेशिक रोजगारीमा जाने क्रम अत्यधिक मात्रामा देखिन्छ ।

वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या खाडि मूलक, भारत लगाएत केही युरोपियन देशहरुमा पनि पुग्न सफल हुनुभएको छ । पुरुषहरुलाई वैदेशिक रोजगारीको यात्रा जति सहज छ, त्यति महिला दिदि–बहिनिहरुलाई सहज नभए पनि म्यान पावरद्वारा विभिन्न जालमा पारेर नेपालदेखि भारत हुँदै धेरै देशहरुको यात्राको साथ अनेकौं हथकण्डा अपनाएर खाडि मूलुकमा घरेलु कामको लागि पुर्याइने वा पुग्ने गर्दछन् ।

वैदेशिक रोजगारमा जाने महिलाहरुप्रति शारीरिक तथा मानसिक रुपमा शोषण भएका सामाजिक संजालद्धारा छपछपी समाचारहरु हामी देख्दै आइरहेका छौं । फेरि पनि हाम्रो देशको सत्तामा आसिन राजनीतिक पार्टीहरुको त्यसतर्फ खासै ध्यान जानसकेको देखिंदैन । केही वर्षयता रोकथाम गर्ने प्रयत्न गरेता पनि दलालद्धारा कुनैकुनै माध्यमबाट झाँसा दिलाई महिलाहरुलाई खाडीमा पुर्याउने कार्य निरन्तर नै चलेको छ ।

वैदेशिक रोजगारीमा जाने महिलाहरुको समस्यापनि पुरुषहरुको भन्दा अलिक फरक छ । पहिलो, परिवारिक समस्या, द्धितिय वैवाहिक जीवन असफल पछी बच्चाहरुको परवरिस आफ्नो काधमा आउँनु र तृतीय वर्तमान परिवेशमा पूँजीवादले छरेको चरमप्रकारका विभिन्न रंगित संसारमा सजिलै बाच्नको लागि धेरै पैसा कमाउँनु पर्ने आभिलासा मुख्य कारणहरु देखापरेका छन् ।

भारतमा आउँने एक्कल महिलाहरुको संख्या भन्दा आफ्ना श्रीमानसँग आउने संख्या बढिमात्रामा पाईन्छ । परिवारिक जीवन साथमा बिताउँने प्रत्तिबद्धता भए पनि यहाँ आइसके पछी वहाँहरुले सोंचे जस्तो जीवन शैली बिताउन एक्कल श्रीमानले कमाएको पैसाले नसक्ने हुँदा श्रीमानको साथ श्रीमतीहरुले पनि सानोतिनो कार्य गरि थप सहयोग गरि अलिक सहज जीवन बिताएको हामी देख्दछौं ।

पुरुष साथिहरुलाई जस्तो चाहे खाडि मूलुक हो वा भारतमा कार्य गर्न महिलाहरुलाई सजिलो छैन । समस्याहरु धेरै आउँछन् तर ती आएका समस्याहरुको आत्मसात सामना गर्दै आफ्नो र परिवारिक पिढालाई केही हदतक भए पनि सहजसँग चलाउँन संघर्ष गरिरहनु भएको छ ।

भारतमा कार्य गर्ने महिलाहरुका समस्याहरुलाई प्रमुखताका साथ मनन् गर्दै मूल प्रवाह अधिनस्थ महिला विभाग गठन गरि महिलाहरुलाई जागरुक गर्ने कार्यमा आफ्नो अभिभाविकिय भुमिका निर्वाह गर्दै आएको छ ।

भारतमा कार्य गर्ने नेपाली श्रमजीवी महिलाहरुको धेरै घरेलु हिंसाकै कारण पिडामा परेको देखिन्छ, भने केही आफुले कार्य गर्ने ठाउँमा पनि समस्याहरु देखा पर्दछन् । महिलाहरू सामाजिक कार्यमा आफ्नो भुमिका अग्रणी रुपमा निभाउँनु भएको छ । यहिंबाट कतिपय महिलाहरु हाम्रो देशमा गएर राज्य वा गाउँपालिकामा नेतृत्व गर्नु भएको छ । यो संगठनकै माध्यमबाट भएको विकास र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महिलाहरुप्रतिको सोंच समान विकासको उदाहरणिय कार्य हो यसको लागि म एउटा महिला भएको कारण हृदय देखि नै धन्यवाद गर्न चाहन्छु ।

साथसाथै संगठनमा केहि सुधार गर्नु पर्ने ठाउँहरु पनि देखेकी छु जसलाई सुधार गर्नसकेमा संगठन अझै मजवुत वन्न सक्दछ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सामाजिक संगठन भित्र केन्द्र, क्षेत्र, राज्य, नगर, एरिया र टोलहरुको संगठन निर्माण गरि श्रमजीवी जनताहरुको अभिभावक बनी दुःख सुखमा सहयोगी बन्दै आएको छ । संगठन भित्र कार्य गर्ने प्राय कार्यकर्ता साथीहरू नोकरी पेशा गर्ने हुनुहुन्छ भने केही साथीहरू होलटाईम्बरको रुपमा आफ्नो जीवन संगठनप्रति समर्पित गर्नु भएको छ । जसरी होल टाईम्बरको रुपमा पुरुष साथीहरूले आफ्नो भुमिका निभाउँनु भएको छ । त्यसैगरि सके पुर्ण पार्टटाइम्बर रुपमा प्रत्येक क्षेत्र वा राज्यमा महिला कार्यकर्ताहरुलाई होलटाईम्बर रुपमा अनिवार्य रुपमा तयार गर्नु पर्ने देखिन्छ ।

एक जना महिला शिक्षित त सिङ्गो घर शिक्षित भने जस्तै महिलाहरुलाई जागरुक वा चेतनाको विकास गर्नको लागि महिलाहरुलाई सामाजिक क्षेत्रमा अगाडी ल्याउँनको लागि जसरी यस संगठनले आफ्नो भुमिका अग्रणी स्थानमा राखेको छ त्यसैगरी यो कार्यलाई आत्मसात चिन्तन गर्दै श्रमजीवी महिलाहरुको विकासको लागि पहल गर्न आफ्नो नीति वा कार्यक्रम अगाडि बढाउन पर्ने तत्कालीन आवश्यकता देखापरेको छ ।

अहिलेको कोरोनाकालमा पनि भारत भरिकै मूल प्रवाहमा संगठित भएका क्षेत्र, नगर, एरियाहरुका कार्यक्रम वा अहिले सामाजिक संजाल मार्फत चलिरहेका कार्यक्रममा पनि महिला दिदि बहिनीहरुको उपस्थिति अब्बल दर्जामा देखिन्छ । जसरी महिला दिदि बहिनीहरुको सामाजिक संगठन वा राजनीतिक क्षेत्रमा जागरुकता देखाउँनु भएको छ । यहाँ यो संगठनद्धारा महिला कार्यकर्ताको पेशेवर रुपमा तयार गर्न पहल गरेदेखि वर्तमानमा भन्दा केही सुधार हुन सक्छ ।

भारतमा श्रमजीवी गरिरहेका परिवारद्धारा आफ्ना बच्चाहरुलाई शिक्षा ग्रहण गराउने क्रममा अन्य देशमा गएका श्रमजीवी भन्दा अग्रता रहेको छ । महिलाहरुको विकासको सकारात्मक पक्ष भनेको छोराछोरी बाबाको व्यस्तताको कारण बच्चाहरु आमासँग बढी घुलमेल हुने गर्छन् । यसले गर्दा महिलाहरुको संगठनप्रतिको अभिरुचिले गर्दा बच्चाहरूलाई संगठनमा समावेश गराउनु सजिलो हुन्छ र यहाँदेखि शिक्षित युवा पिढि सामाजिक चेतनाको विकाससँगै देशप्रति उनीहरुको चिन्तन पनि बढदै जानेछ । जसले गर्दा हामीहरु शिक्षित समाजको साथ देशको तत्कालीन व्यवस्थालाई परिवर्तन गर्नको लागि मुख्य भुमिका निभाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार