भारतस्थित नेपालीहरुको अभिभावक मूल प्रवाह

  •   
  •  
  •  
  •  
  •  
  •  

454 जनाले पढ्नु भयो ।

टंक कुवर

कश्मिरदेखि कन्याकुमारीसम्म र गुजरातदेखी वर्माको खाडिसम्म मूल प्रवाह नेपाली एकता समाज मात्र भारत प्रवासमा रहने नेपाली श्रमजिवीहरुको धुकधुकी कसरी बन्न पुग्यो । यसका पछाडिको के कारण छन् ? सर्बप्रथम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सयौं सक्रिय कार्यकर्ताहरु दिन–रात गरेर संगठन निर्माणमा हिड्नु, जनताका दुःखहरुमा संगठनलाई उपस्तिथि गराउनु, बाटोमा अलपत्र परेर हिंडेलाई लिएर उनको स्वास्थ्य उपचार गरि घरसम्म पुराउनु, नोकरीमा कुनै श्रमिकलाई तलब नदिए कानुनी माध्यमबाट वा शक्ति प्रदर्शन गरेर तलब दिलाउन सफल हुनु, बेवारिसे नेपालीको मृत्यु हुँदा चन्दा संकलन गरेरै भए पनि दाहासंस्कार गर्नु, त्यस्ता मानिसरहरुका पक्षमा मुद्दा लडेर क्षतिपूर्ति दिलाउन सफल हुनु, नेपाली चेलीबेटीहरुका बेचविखनका विरुद्धमा संघर्ष गर्नु तथा उनीहरुको उद्धार गरि घरसम्म पुराउनु, नेपाली किशोरीहरुका बलात्कार गरि हत्या गर्नेहरुका विरुद्ध सशक्त आन्दोलन गरि हत्यारा तथा बलात्कारिहरुलाई कार्वाही गर्न सफल हुनु, नेपालीहरुका आपसमा भइपरी आउने झैगडा मिलाउन पुग्नु, अलपत्र परेका नेपालीहरुलाई निश्चित स्थानसम्म पुराउन मद्दत गर्नु, असहाय नेपालीहरुको देशमा उनको घर पत्ता लगाउनु प्रयत्न गर्नु, धेरै सालसम्म घर नजानेहरुलाई प्रोत्साहित गरेर घरसम्म पठानु, अलपत्र परि हस्पिटलमा भर्ना भएकाहरुलाई चन्दा संङ्कलन गरि आवश्यक सहयोग गर्नु आदि यसका मुख्य कारणहरु हुन् ।

हुन त यस दौरानमा मूल प्रवाह माथि विभिन्न कोणहरुबाट प्रहार गर्ने कोशिस नभएका होइनन् तर पनि यसका अनुशासित, जुझारु कार्यकर्ता र तिक्ष्ण गर्भिलो नेतृत्वका कारण नै यसलाई यहाँसम्म पुर्याउन सफल भएका हौं । स्वदेशमा हुने हरेक जनपक्षीय आन्दोलनहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मूल प्रवाहको सहभागिता रहँदै आएको छ । चाहे त्यो २०४६ सालको जनआन्दोलन होस्, चाहे २०६२÷६३ को आन्दोलनमा होस् मूल प्रवाहको सहयोग र समर्थन रहँदै आएको छ । त्यस्तै मूल प्रवाहले देश भुकम्पको पिडाले कहराउँदा होस् वा भनौं बाढी पहिरोको पिडाले छटपटाउँदा होस् नेपाल र नेपालीका लागि मूल प्रवाह सदा संघर्षरत गर्दै आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्दै आएको छ । कोरोना भाइरस (कोभिड १९) र लकडाउनको कारण गत दुइ महिनादेखि काम धन्दा ठप्पै हुँदा भारतको विभिन्न स्थानहरुमा सकशमा परेका हजारौं नेपाली श्रमिकहरुलाई राहत स्वरुप आर्थिक तथा खाद्यान्न बितरण गरि सामान्य रुपमा भए पनि मल्हमपट्टी गर्दै आएको छ ।

यो लकडाउनको परिवेशमा हजारौं नेपालीहरु बिचमा पुगि राहत बितरण गर्नु सजिलो छैन, तर संगठनमा आबद्ध भई समाज सेवाको भावना जागरुकता भएको कारणले र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताको इमान्दारी र सक्रियताले नै यो कार्यलाई पुरा गर्न सकिरहेका छन् । विश्व स्वास्थ्य संघको प्रोटोकल नेपाल–भारत दुई देश बीचको सहमति अनुसार जुनसुकै नागरिकहरु जुन देशमा छन् त्यही देशमा उनीहरुको व्यवस्था गर्नु पर्ने र फसेका नागरिकहरुले पनि लकडाउनको पालाना गर्नु पर्ने छ । तर नेपाली श्रमिकहरु कोरोना संक्रमणको त्रासले भन्दा पनि खान र बस्नको लागि आपत परेको हुनाले भोकै मर्ने डरले नै आफ्नै देश भित्र जान चाहेको जताततैबाट संगठनमा दबाब आइरहेको अवस्था हो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले केहि दिन पहिला भारतको अधिकांश राज्यहरुबाट केवल २४ घण्टामा हजारौंको डाता तथ्यांक लिस्ट तयार पारेर राजदूतावास हुँदै नेपाल सरकारको परराष्ट्रमन्त्रीसम्म भारत प्रवासमा अलपत्र परेका नेपालीहरुलाई यथासक्य छिटो स्वदेश भित्र्याउनु पर्ने माग सहितको मागपत्र पठाएको थियो । तर सरकारले सहज बाटो खोल्न तयार भएन । अहिले पनि नेपालीहरुलाई आफ्नै देशमा जानसम्म पनि लुकिछिपी जानु पर्ने वाध्यात्मक अवस्था छ, जसले गर्दा देशमा कोरोना संक्रणको संख्या तृब्र गतिले वृद्धि भइरहेको छ । यो सबै हुनुमा स्वयं नेपा सरकार जिम्मेवार छ । अहिले पनि विभिन्न ठाउँबाट अलपत्र परेका नेपालीहरुलाई बस सेवा गरेर गाउँसम्म पुगिरहेका छन् । उनीहरुलाई स्थानीय निकायहरुले विभिन्न माध्यमबाट आ–आफ्नो वार्डहरुमा पुर्याएर कोरेन्टाइन त गरेको छ तर उनीहरुको आवश्यक स्वास्थ्य परिक्षण हुन सकिरहेको छैन । केवल १४ दिन क्वारेन्टाइनमा राख्दैमा संक्रमण रोक्न सकिन्छ भन्ने विश्वास गर्नु सिंगो देशलाई नै संक्रमण बनाउनु हो । भारत लगायत विश्वका विभिन्न देशहरुबाट स्वदेश प्रवेश गर्नुभएका सम्पूर्णलाई आवश्यकता अनुसार स्वास्थ्य परिक्षण गर्ने, संक्रमितलाई अस्पताल पठाउने, अन्यलाई आवश्यकता अनुसार आइशोलेशन गर्ने वा क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नु पर्ने हुन्छ ।

अन्तमाः मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सम्पूर्ण नेता कार्यकर्ताहरुले भारतस्थित नेपालीहरुको अभिभावक बनिरहनका लागि अझै अनुशासित र सक्रिय हुनुपर्ने आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *