भारतस्थित नेपाली विद्यार्थीहरुलाई दिइयो राजनीतिक प्रशिक्षण

  •   
  •  
  •  
  •  
  •  
  •  

1536 जनाले पढ्नु भयो ।

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विभागीय मोर्चा अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

भारतका विभिन्न राज्यहरुबाट सहभागि विद्यार्थीहरुलाई अखिल (छैठौं)का पूर्व अध्यक्ष कृष्ण अधिकारी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनाल, अखिल (छैठौं)का अध्यक्ष विमल पोख्रेल र अखिल भारत नेपाली विद्यार्थी संघका अध्यक्ष प्रकाश भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।

कृष्ण अधिकारी तात्कालिक राजनैतिक अवस्था, ठाकुर खनालले संगठनात्मक पद्धति र अनुशासन, विमल पोख्रेलले विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनबारे एवं प्रकाश भण्डारीले नेपालमा रोजगारका सम्भावना लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रमको अध्यक्षता विक्रम केसी र सञ्चालन कृष्टी राईले गर्नुभएको थियो । सो कार्यक्रममा सहभागिहरुलाई अजय आचार्यले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *