भारत आजादीको छोटो चर्चा

  •   
  •  
  •  
  •  
  •  
  •  

642 जनाले पढ्नु भयो ।

  • सुरेशकुमार पाण्डे

भारतमा औरंगजेवको शासन पछि मुगल शासक पछि ब्रिटिश राज्यको प्रभाव बढ्दै गएको थियो । अंग्रेजहरु ब्यापारी बनेर भारतमा आएका थिए, उनीहरुको ब्यापारी बुद्धिको अन्दाज भारतमा अंग्रेज प्रवेशका मुख्य सेनापति र गर्वनर जनरल लार्ड क्लाईवको समय १६६५ ई. मा प्रष्ट भएको थियो । जब कि उसले बंगालमा द्वैद्व साशन प्रणालि चलायो । यस प्रणालिमा वास्तविक शक्ति कम्पनिसँग थियो, तर प्रसाशनको बोझ नवाबको काँधमा थियो । द्वैद्व साशन ब्यबस्थाको आधारमा कम्पनिद्वारा अशुल गरिएको राज्य कोषबाट २६ लाख रुपियाँ प्रतिबर्ष सम्राटलाई तथा ५२ लाख बंगालको नवाबको साशन ब्यबस्था सञ्चालित गर्नलाई जान्थ्यो । बाँकि बचेको बृटिश कम्पनिलाई आफुसँग राख्न छुट थियो । यसरी सुस्तसुस्त ब्रिटिश हूकुमत बलियो हुँदै गएको थियो । यसैद्वौरानमा छुट्टाछुट्टै राज्य र तिनका नबावहरुले कतै अंग्रेजसँग मिलेर कतै उनीहरुको बिरोध गरेर पनि आफ्नो राजपाठ सञ्चालन गरेका थिए ।

सन १८५७ को बिद्रोह केवल एक दिनको भए पनि भारतीय जनताले अंग्रेजको बिरुद्धमा ज्वालाको परिणाम मात्रै थिएन बल्कि यो सौ बर्षको निरन्तर दमन अन्याय र अत्याचारको ज्वाला मुखि थियो भन्न सकिन्छ ।

सन १८५७ को बिद्रोहले बृटिश सरकारको ब्यबस्थालाई हल्लाएर छाडेको थियो । १८५७ मा प्रथम स्वतन्त्रता संग्रामको बिगुल बजेको थियो । जस्लाई महान क्रांतिकारी नामद्वारा चित्ररण गरिएको थियो । त्यो बेला भारतीय गवर्नर जनरल लार्ड कैनिगं थिए । भनिन्छ, त्यो बेला भारतमा अंग्रेजहरुलाई हुकुमत क्षेत्र भनि दिएको मानचित्र मै दिएको थियो ।

सन १८५७ को क्रान्तिकारी मंगल पाण्डे चर्चामा आएका थिए । वास्तवमा इनै वीर भारतीय योद्धाले पहिलो पटक भारतमा क्रान्तिको सहि अर्थमा प्रयोग गरेको ईतिहास भेट्टिन्छ । उनी सन १८२७ जुलाई १९मा एउटा ब्रहामण परिवारमा जन्मेका थिए र बंगालमा ३४ वी एनआई बटालियनमा तैनात थिए । वास्तबमा उनले बन्दूकको कार्तुसमा गाई र सुँउरो बोसो प्रयोग गरिन्छ भन्ने खबर पाएपछि त्यसको बिरुद्धमा उनले आवाज उठाएका थिए । यो लडाईले ठुलो संघर्षको रुपलिएको थियो । मंगल पाण्डेले तरवारले उक्त जनरेललाई काटेका थिए, त्यस्तै अनि अर्का एक जनालाई पनि मारिदिए पछि उनलाई घेरा हालेर पक्राउ गरिएको थियो । पछि अबिलम्बन अप्रेल ८ सन १८५७ मै उनलाई फाँशीमा झुण्डाईएको थियो ।

यो लडाई निरन्तर जारि रहनुका साथै भारतभरि प्रचार भएको थियो । त्यो बेला बंगालको सेनामा मात्रै ३९,८०७ जना भारतीय थिए । जस मध्य यो घटना पछि एक लाख स्वतन्त्र सैनिकले र ति सैनिक मध्यका धेरैले बिद्रोहका लागि कमर कसेका थिए । मंगल पाण्डेको सहदातको १६ दिन पछि मेरठमा २४ अप्रेलका दिन बिद्रोह भएको थियो । बिस्तारै बिस्तारै बिद्रोहले भारतब्यापि रुप लिँदै गएको थियो । १८२४ मा महार्राष्ट्रिय परिवारमा जन्मिएका नाना साहिबले बैरकपुरबाट क्रांतिको ज्वाला बालेका थिए । जस्ले कानपुर र आसपासको क्षेत्रमा जोस भर्ने काम भएको थियो । यसमा करिब ४००० जना नेपालीहरु समर्थनमा उत्रिएका थिए । जसलाई अंग्रेजी हुकुमतले घोर यातना दिएको थियो । उनीहरु कता गए पछि कुनै खोजबिन भयन । जस्तै शुभाष चन्द्रबोशको मृत्यु रहश्य बनिरहेको छ, उस्तै ति नेपाली लडाकुहरुको पनि कतै लेखाजोखा छैन । अंग्रेजहरुको बिरुद्धमा ब्यापक नेपाली जनताहरुको सहयोग समर्थन रहेको ईतिहास भेट्टिन्छ ।

त्यस्तै भारतीय बिरंगना लक्ष्मी बाई १६ नोभेम्वर १८३५ बनारसमा महार्राष्ट्रियन ब्राहमन परिवारमा जन्मिए कि थिइन् । उनलाई झाँसी कि रानी भनिन्छ, ११ बर्षको आयुमा उनको बिबाह झाँसीका राज गंगाधर रावसँग भयपछि उनी त्यो राज्या कि रानी बनेकी थिइन् । अंग्रेज हुकुमतको बिरुद्धमा उनी लड्दा लड्दै १९ जुन १८५८ मा २४ बर्षको उमेरमा उनको निधन भएको थियो ।

भारतीय ईतिहासमा अंग्रेजी हुकुमतको बिरुद्धमा लडेर शहिद भएकाहरुको, यस्तै यस्तै तमाम उद्धारणहरु भेट्टिन्छन् । यसको लागि हजारौँ बलिदान भए तथा करिब एक सय बर्षसम्म बलिदानी पूर्ण संघर्ष भएको थियो र मात्र तिन सय बर्ष पुरानो गुलामीको साङ्गलो टुक्रिएको थियो ।

२८ सितम्वर १९०७ मा पञ्जाबको कल्याणपुर जिल्लाको एउटा सिख परिवारमा जन्मेका भगत सिंह देशभक्त बने उनी कलिलै उमेरमा असामन्य बुद्धिजिवी थिए । उनी क्रान्तिकारीहरुसँग जुडेका थिए । २३ अक्टुबर १९२८ मा उनी लाला लाजपत रायसँग एउटा जुलुसमा भागलिएका थिए । त्यो जुलुसमा पुलिस सुपरिण्डेट सकाईटले डिएसपिलाई आदेश दिएको थियो, प्रदर्शनकारीलाई रोक्न साण्डर्सले निहत्य प्रदर्शनकारीहरुको माथि अन्धाधुँन्द लाठि चार्ज गरेको थियो । यहि लाठि चार्जमा लाला लाजपतराय जसले बिद्रोहको नेतृत्व गरेका थिए उनलाई गम्भिर चोट लागेको थियो । त्यहि चोटले गर्दा १७ नोवम्बर १९२८ मै उनको मृत्यु भएको थियो । उनको मृत्युपछि क्रान्तिकारीहरुले “रगतको बद्ला रगत” भन्ने नारा लगाएका थिए ।

भनिन्छ, भगत सिंह, सुख देब र राजगुरु तथा आजादले स्कार्डलाई मार्ने जिम्मा लिएका थिए । चारै जनाले घात लगाएर स्कार्डसम्म पुगे तर गोली चलाउँने बेला साण्डर्स अगाडि आएकोले उसलाई गोली मारेर हत्या गरिएको थियो । चारैजना त्यहाँबाट बचेर निक्ले, देशैभरी भगत सिंह र उनका साथीहरुको यो कामको लागि प्रशंसा भएको थियो । चारैजना भुमिगत भए र संघर्षरत रहे । अप्रेल १९२९ मा असेम्बलिमा एउटा दमनकारी बिद्येयक प्रस्तूत हुनेबेला थियो । भगत सिंहले बटुकेस्वर दत्तसँग असेम्बली भबनमा दाखिल भए र “इन्कलाब जिन्दावाद ! भन्ने नारा लगाउँदै असेम्बलि हालमा नजिक पुगेर त्यहीं हाल भित्रै बम फालेर गिरफ्तारी दिएका थिए । सुख देब, राज गुरु, अजय घोस, शिव बर्मा आदिलाई पनि उक्त बम काण्डमा अभियुक्त बनाईएको थियो ।

भारतीय स्वतन्त्र संघर्षको अत्यान्तै बलिदानि पुर्ण ईतिहास छ । शुभाष चन्द्र बोशको मृत्यु समेत प्रश्न चिन्हमा छ । चन्द्र सेखर आजदले आपूmले आफैलाई गोली हानेर आत्महत्या गरेका थिए । कुनै पनि तानाशाह शासन प्रणालिको अन्तः गर्न ठुलो बलिदान र आहूति दिनुपर्छ भन्ने कुरा भारतीय स्वतन्त्र संग्रामले प्रेणा दिन्छ । २३ मार्चको दिनलाई भारतमा शहिद दिवशको रुपमा मनाइन्छ । २३ मार्च कै दिन सन १९३१ साँझ सात बजेर ३३ मिनेट जाँदा भारतका क्रान्तिकारी देशभक्तहरु भगत सिंह, राजगुरु र सुखदेबलाई लाहोरको सेन्ट्रल जेलमा फाँसीमा झुण्डाइएको थियो ।

उनीहरुको यो बलिदान खेर गएन । लगत्तै भारतको तत्कालिन अंग्रेज शासनसत्ताको बिरुद्धमा जनआक्रोश चुलिंदै गयो र लगातार भारत ब्यापीरुपमा बिद्रोह सुरु भएको थियो । सन १९४७ मा अंग्रेजी हुकुमतले हार मानेको थियो । यसरी भारत आजाद भएको इतिहास छ ।
२३ मार्च २०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *