भारत प्रवासमा श्रमजीवीहरुको संरक्षक नै मूल प्रवाह हो

  •   
  •  
  •  
  •  
  •  
  •  

1492 जनाले पढ्नु भयो ।

निरु सारु

हाम्रो देश अर्ध औपनिवेसिक र अर्ध सामन्ती व्यवस्थाले जकडिएको हुँदा राष्ट्रियताको साथ त्यहाँ बसोबास गर्ने तीन करोड देश जनताहरुको जीवन सदैव दयनीय अवस्थाबाट गुज्रनु परेको छ ।

देशमा कलकारखानाको विकास नहुनु, आधुनिक कृषिको लागि प्रयाप्त ज्ञान नहुनु लगायतका धेरै कारणले ठूलो संख्यामा नेपाली युवाहरु अन्य देशहरुमा श्रम बेच्न बाध्य छ्न । अर्को कारण देशमा शासनसत्ता बनिरहेका सत्तासिन पार्टीका व्यक्तिहरुको राष्ट्रियता र जनताका जनजिविकाहरुको पक्षमा कार्य गर्नु भन्दा आफ्नो व्यक्तिगत स्वार्थमै चुर्लुम्म डुबे कै कारण सदैव देश र जनतालाई धरापमा पार्दै आएका छन् ।

विश्वका अधिकांश देशहरुमा श्रम बेच्न बाध्य भएका नेपाली युवाहरुको साथसाथै महिलाहरु पनि बाध्य भएका छन् । अन्य मुलुकहरुमा जानको लागि भन्दा छिमेकी देश भारतमा आउन अत्यन्तै सजिलो र कम लगानी लाग्ने भएको हुँदा भारतका अधिकांश राज्यका कुना–कुनामा नेपाली पुरुषहरूको साथ महिलाहरुको संख्या अधिक मात्रामा पाईने गर्छ ।

भारतमा आउने महिलाहरु घरेलु कार्यको साथ फ्याक्ट्रीहरुमा श्रम गर्ने महिलाहरुलाई कार्य गर्ने क्षेत्रहरुको साथ विभिन्न ठाउँमा शारीरिक, मानसिक रुपमा शोषणको साथ मासिक तलब पुरुष सरह दिंइदैन तर देशमा बसेर साझ बिहान छाकटार्न धौधौ भएको अवस्था भन्दा मात्रात्मक रुपमा घर चलाउन सहज भएको महिला दिदिबहिनीहरु बताउनु हुन्छ ।

यहाँ (भारत) मा आउँने महिलाहरु अधिकांश आफ्नो परिवारको साथमा आएपनी रोजगारीको लागि आउने एक्कल महिलाहरुको संख्या पनि उत्तिकै पाईन्छ । घर छोडेर प्रवासमा बस्नुको पीडा एकातिर छ भने अर्को पीडा श्रम शोषणको साथ शारीरिक, मानसिक रुपमा पनि अपमानितको साथ अत्याधिक मात्रामा दुख कष्ट भोग्नु परेको आफ्नो व्याथाहरु सुनाउनु छन् ।

भारतस्थित श्रमजीवी नेपालीहरुको हक–हितको लागी र विभिन्न क्षेत्रमा आउने समस्याहरुको लागि धेरै संघ–संस्थाहरुले कार्य गरेपनी खास गरि अभिभाविकिय रुपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले महत्वपूर्ण भुमिका निभाएको छ ।

७ नोभेम्बर १९७९ को भारतको वानारस शहरमा ७ जानाको समिति बनाई तत्कालीन नेपाली एकता समाज वर्तमान मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतका २९ राज्यमा विशाल रुपमा फराकिलो बन्दै श्रमजीवी नेपालीहरुको आवाज बनेको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अधिनस्थ विभिन्न विभागहरुको गठन भएको छ । जस्तै जनजाति, समता र महिला विभागहरुको गठन गरि आ–आफ्नो क्षेत्रमा जिम्मामा छन् । बिभागिय कार्यकर्ताहरुले समस्याहरुलाई समाधान गर्ने उदेश्यका साथ काम गर्दै आएका छन् ।

मेरो कार्य क्षेत्रको जिम्मा महिला बिभाग भएको हुँदा र महिलाहरुलाई जसरी मूल प्रवाहले समान रुपमा सहयोग पुर्याउँदै आएको छ । त्यही बिषयमा नै आफ्नो अनुभव साझा गर्ने कोशिश गरेकी छु ।

मूल प्रवाह जति–जति फराकिलो बन्दै गएको छ त्यत्तिकै महिला बिभागको बिकास पनि हुँदै गएको छ । सामाजिक, राजनीतिक क्षेत्रमा महिलाहरुको सहभागीता भारतमा मात्रै नभएर देशको राजनीतिक क्षेत्रमा पनि अग्रणी भुमिकामा महिला कार्यकर्ताहरु बढदै गएका छन् ।

आज सामाजिक कार्यमा होस् वा राजनीतिक क्षेत्रमा, सामन्य परिवारको लागि अगाडी बढेर कार्य गर्न सक्ने अवस्था छैन । किनभने आज दुवै क्षेत्रमा आर्थिकरुपमा सप्पन्न शाली व्याक्तिहरुको लागि पेशाको रुपमा कार्य गरेको पाईन्छ । महिलाहरुलाई झन यस्ता क्षेत्रहरुमा कार्य गर्न घरदेखि समाजसम्म अत्यन्तै संघर्ष गर्नु परेको देखिन्छ । मूल प्रवाह संगठन नै यस्तो संगठन हो जसले श्रमजीवी महिलाहरुको लागि मात्र नभएर समग्र भारत प्रवासमा छरिएर रहेका नेपालीहरुका लागि एउटा विद्यालयको रुपमा शिक्षा प्रदान गर्दै आएको छ । उसले समान रुपमा सामाजिक क्षेत्र होस्, वा राजनीतिक क्षेत्रमा हो यो संगठनले अग्रणी भुमिका निभाएको छ ।

सबै संघ संस्थाहरु नेपालका राजनीतिक पार्टिहरुद्धारा सञ्चालित वा समर्थन गर्ने हुँदा हाम्रो संगठनले पनि देशमा राष्ट्र र जनताको पक्षमा निस्वार्थ भावमा सन १९७९ देखि प्रवाशी नेपालीहरुको आवाज सडक, सदन, न्यायलयसम्म पुर्याउने नेपाल कम्युनिस्ट पार्टी मसालको वैधानिक मोर्चा राष्ट्रीय जनमोर्चालाई सहयोग र समर्थन गर्दै आएको छ ।

राष्ट्रियता तथा जनताहरुको विरुद्धमा कार्य गर्ने राज्य सरकारहरुका विरुद्धमा समय–समयमा प्रवासी नेपालीहरुले गर्ने आन्दोलनहरुमा महिलाहरुले पनि ठूलो भुमिका जिम्मेवारी पुर्वक वहन गर्दै आएका छन् । जस्तै सन् १९८६ मा पञ्चायती व्यवस्थाको खिलाफ दिल्लिमा गरेको आन्दोलनमा ९६ जाना गिरफ्तार हुनु भएको थियो जसमा १२ जाना महिला कार्यकर्ता गिरफ्तार हुनुको साथ देशद्रोही मुद्दा सहित अनेकौ मुद्दाहरु लागाएर जेल चलान भएका थिए ।

भारतस्थित श्रमजीवी नेपाली महिलाहरुप्रति हुने विभिन्न अत्याचार, शोषणहरुको बिरुद्धमा महिला बिभागले आफ्नो भुमिका निभाउँदै आएको छ । सामाजिक क्षेत्रको साथ राजनीतिक क्षेत्रमा पनि देशभित्र नेतृत्व गर्ने महिला कार्यकर्ताको उत्पादन गर्दै आएको छ । २०७४ सालको स्थानीय चुना मा गुल्मी गण्डकी गाउँपालिकामा उपाध्यक्ष पदमा श्रीमती तारा क्षेत्रीले विजया हासिल गर्नुभएको थियो । वहाँ भारतको हैदारावादमा महिला बिभाग लगाएत मूल प्रवाहको अधिनस्थ विभिन्न मोर्चाहरुमा जिम्मेवारी पुर्वक कार्य गर्दै आउनु भएको थियो । त्यस्तै प्यूठानबाट श्रीमती तारा जिसी ५ नम्बर प्रदेशको सांसदमा निर्वाचित हुनु भएको छ । वहाँ पनि हरियाणा राज्यको रोहतक नगर समिति हुँदै मूल प्रवाग केन्द्रिय समितिमा सचिवको पदमा रहेर जिम्मेवारी वहन गर्नु भएको थियो ।

गाउँ घरमा सामान्य घाँस दाउरा गरि बिताएको जीवन र राजनीतिक रुपमा परिवारिक पृष्ठभुमि नभएको हुँदा प्रवासमा बसेर मजदुरी गरेको महिलाहरु सामाजिक वा राजनीतिक क्षेत्रमा यहाँसम्म आउनका लागि मूल प्रवाहको भुमिका अत्यन्तै सराहनीय छ ।

हाम्रो अभिभावकिय रुपमा श्रमजीवी महिलाहरुको आवाज बन्दै हाम्रा हक–हितका बिषयहरुमा नीति, सिद्धान्त सहित अगाडि बढिरहेको संगठनमा महिलाहरुको भूमिका अझै शसक्त रुपमा अगाडि आउनु भन्दा अर्को विकल्प छैनन् ।

म महिला बिभाग नगर समितिको संयोजकजकको रुपमा आफ्नो जिम्मेवारी वहन गर्दै आएकी छु । भारतस्थित सम्पुर्ण महिला दिदिबहिनीहरुलाई अगाडि बढेर कार्य गर्नको लागि अनुरोध पनि गर्दछु ।

अन्तमा हाम्रो अभिभावक मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सम्पुर्ण कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । महिला अधिकारको क्षेत्रमा जसरी मूल प्रवाहले अग्रणी भुमिका निभाएको छ, यसलाई अझै शसक्त रुपमा अगाडि बढाउन सम्पूर्णको जिम्मेवारीपूर्वक कार्य प्रस्तुतीको खाँचो छ ।

(लेखक मूल प्रवाह अखिल भारत महिला नगर विभाग हिसारकी संयोजक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *