भारमा तेश्रो पटक थप लकडाउनसँग केही छुट

  • महेन्द्र बस्याल

भारत सरकारले कोरोना भाइरसको बढ्दो स्थितिलाई मध्ये नजर गर्दै लकडाउनलाई केही खुकुलो गरी १७ मइसम्म बढाएको छ, तर कोरोनाको रेसीयो तय गर्न देशलाई ३ तहमा बिभाजन गरेको छ । (i) रेड जोन, (ii) वरेन्ज जोन र (iii)ग्रिन जोन रहेका छन् ।

रेड जोनमा रहेका स्टेटहरूः महाराष्ट्र, दिल्ली, गुजरात, तमिलनाडु, आन्द्रा प्रदेश, तेलंगाना, उत्तर प्रदेश, बिहार, मध्ये प्रदेश, केरला, उड़ीसा, पंजाव, राजस्थान, पश्चिम वंगाल, उत्तराखण्ड, कर्नाटक, जम्मुकाश्मीर, हरियाणा, झारखण्ड, चण्डीगढ़, छत्तीसगढ़ र आन्दमान रहेका छन् । रेड जोनमा रेड जोन बाहेक अरू दुइ जोनमा सामान्य कामकाज शुरू हुने बताइएको छ ।

१. रेड जोन (क) रेडजोनमा प्रतिबन्ध गरिएका बिषयहरूः

स्कूल, कलेज, बस, रेल, हवाइ जहाज, होटेल, रेस्टुरेण्ट, सिनेमा, बाल काट्ने सलुन, स्पा, महल, जिम, सभा सम्मेलन, पुजाआजा, मंदिर र भीड़ भाड जम्मा गर्न १७ मईसम्म अनुमति दिएको छैन ।

(ख) रेड जोनमा अनुमति दिएका बिषयहरूः

  • साइकल, बाइक चलाउन पाइने तर सिङ्गल राइडर ।
  • कार अटो र क्याव चलाउन पाउने तर ड्राइभर र दुइ जना प्यासेंजर मात्र ।
  • निजी तथा सरकारी अफिस खुल्ने छन् तर ३३ प्रतिशत स्टाफहरू मात्र अलाउड गरिएको छ ।
  • कृर्षी, निर्माण र ब्यवसाय खुल्ने छन् तर लिमिटेड कामगार सहित ।
  • हस्पिटल ओपिडी सेवा सहित खुल्नेछन् ।
  • मिडीया, प्रिन्ट र बैंक खुल्ने छन् ।
  • आर्मी, प्रहरी, सेकुरीगार्ड, लगायत सुरक्षासँग सम्बन्धी सबै निकाय सकृय रहने छन् ।

२. भारत सरकारले इन्टर स्टेट स्पेसल रेल तथा बस सेवा लागू गरेर कतिपय स्थानमा अलपत्र परेका मानिसहरूलाई उनीहरूको घरसम्म पुराउने तयारी गरिरहेको बताइएको छ ।

३. नेपाली मजदूरहरू साथीहरू सावधानी अपनाउनु होला र स्वदेश जाने बिषयमा धैर्य अपनाउनु पर्ने आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार