भावपूर्ण श्रद्धाञ्जली

  •   
  •  
  •  
  •  
  •  
  •  

969 जनाले पढ्नु भयो ।

प्युठान जिल्ला, झिमरुक गापा ४ चुँधारा निवासी नारायण पोख्रेलका आदरणीय बुबा दुर्गा प्रसाद पोख्रेलको दुखद निधनको खबरले हामी स्तब्ध छौं । मृतक दुर्गा पोखरेलको ७१ वर्षको उमेरमा २५ सितम्बर २०२० का दिन प्युठान स्थित अ आफ्नै निवासमा असमयिक निधन भएको मृतकका छोरा नारायण पोखरेलले जानकारी दिनुभएको छ । नारायण पोखरेल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर–पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं नगर समिति जालन्धरका नगर सदस्य हुनुहुन्थ्यो ।

स्वयं मृतक दुर्गा प्रसाद पोखरेल पनि लामो समयसम्म मूल प्रवाहको सदस्य हुनुहुन्थ्यो । मृतक दुर्गा प्रसादप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा शोक–संतप्त परिवारजनप्रति हार्दिक समबेदना प्रकट गर्दछौ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
नगर समिति जालन्धर

Leave a Reply

Your email address will not be published. Required fields are marked *