भिवाडीमा प्रकाशन भेला सम्पन्न

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत नगर समिती भिवाडिको आयोजनामा प्रकाशन भेला सम्पन्न भएको छ ।

अर्जुन नेपालीको सञ्चालन र काजीराम श्रेष्ठको अध्यक्षतामा सुरु भएको उक्त भेलामा प्रमुख अतिथिमा केन्द्रिय सदस्य नारायण शर्मा, केन्द्रिय सल्लाहकार सदस्य बाबुराम बस्नेत, क्षेत्रीय सदस्य बसन्त श्रेष्ठ, महिला क्षेत्रीय बिभागबाट तिला केसी र विद्यार्थी बिभागबाट सृष्टि राई रहनु भएको थियो ।

ज्ञात अज्ञात सहिदहरु प्रति १ मौन धारण पछि राम कुमार बस्नेतले उपस्थित जनमानसलाई स्वागत गर्नु भएको थियो ।

प्रकाशन र पत्रिकाको महत्वको बारेमा नगर समितिबाट किशोर राई, महिला नगर बिभागबाट फुल मायां कुमाल, मन माया, तेहरान टोल समितिका अध्यक्ष अशोक थापा, दर्शक दिर्घाबाट यज्ञ रायमाझी, राजु बुढा मगर, विद्यार्थी बिभागबाट सृष्टि राई, महिला क्षेत्रीय बिभागबाट तिला केसी, क्षेत्रीय सदस्य बसन्त श्रेष्ठ, केन्द्रिय सल्लाहकार बाबुराम बस्नेत र अन्त्यमा केन्द्रीय सदस्य नारायण शर्माले प्रकाशनको महत्वको बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार