भुबन बहादुर खड्काको भिवानीमा निधन

  •   
  •  
  •  
  •  
  •  
  •  

98 जनाले पढ्नु भयो ।

भिवानी । बाणगंगा न.पा. ५ बैकन्ठपुर कपिलवस्तु निवासी हाल जनस्वास्थ्य बिभाग भिवानीमा कार्यरत श्री भुबन बहादुर खड्काको २० मई २०२१ का दिन हृदयघातबाट दुखद निधन भएको छ । वहाँ लामो समयदेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीमा रहि जिम्मेदारी वहन गर्दै आउनु भएको थियो । हाल नगर सल्लाहकार सदस्य हुनुहुन्थ्यो ।

२१ मई २०२१ का दिन वहाँको परिबारका सदस्यहरुको उपस्थिति र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुको पहलमा अन्तिम संस्कार गरि शोकसभा गरिएको थियो ।

सो शोकसभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीका अध्यक्ष्य मोहनसिंह विक, उपाध्यक्ष्य मनिराम अधिकारी, प्रवासी नेपाली संघ भारत नगर समिति भिवानीका अध्यक्ष्य मोहन भण्डारी, जनस्वास्थ्य विभागका जेइ सचीन लगायत भारतीय भाइचारा संगठनका राकेस मलीक, राधेश्याम शर्माले शोक मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *