भेटिएकी चेलीलाई आफन्तलाई मूल प्रवाहद्धारा हस्तान्तरण

वापी । वापिमा अलपत्र अबस्थामा भेटाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संरक्षणमा राखिएकी चेली सुनिता थापा बिकलाई उनको आफन्तलाई हस्तान्तरण गरिएको छ ।

बिभिन्न माध्यमबाट सुनिताको आफन्तजनको खोजी गर्दा २७ जुन २०२१ का दिन सुनिताकी दिदी मिना टमट्टा र नन्द शान्ती टमटाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापिको सम्पर्कमा आएका थिए । उनीहरु सुरतको डुमसमा रहेको जानकारी पछि सोही स्थानमा पुर्याइ दिदी मिना टमट्टा र नन्द शान्ती टमट्टाको जिम्मा लगाइएको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पश्चिमका अध्यक्ष निखिल रावतले जानकारी दिए । साथै रावतले सुनिताको आफ्नत खोजविनका लागि विभिन्न माध्यमबाट सहयोग गर्नु हुने सम्पूर्णलाई नगर समितिको तर्फबाट धन्यवाद समेत प्रकट गर्नुभएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष बेद बहादुर कार्की, पश्चिम भारत क्षेत्रीय महिला बिभाग कि अध्यक्ष रमकला काउछा, वापि पश्चिम नगर समिति अध्यक्ष निखिल रावत, सचिन नगर महिला बिभाग कि अध्यक्ष सबिना कुँवर, सचिन नगर सदस्य गिता राई लगायतको उपस्थितिमा सुनिता थापालाई आफन्तजनलाई हस्तान्तरण गरिएको हो ।

तलको समाचार पनि पढ्नुहोस् :

http://nepaliekta.com/%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A4%BE-%E0%A4%85%E0%A4%B2%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%AA%E0%A4%B0%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A5%81%E0%A4%9A%E0%A4%A8%E0%A4%BE/

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार