भेरी अस्पतालमा बिरामीका आफन्तबाट स्वास्थ्यकर्मी कुटिए

  •   
  •  
  •  
  •  
  •  
  •  

75 जनाले पढ्नु भयो ।

काठमाडौं । नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले हातपात गरेपछि अस्पताल तनावग्रस्त भएको छ । अस्पतालका अनुसार उपचार क्रममा ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तहरुको एक समूहले डाक्टर तथा नर्सलाई आक्रमण गरेका थिए ।

कोभिड बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै स्वास्थ्यकर्मीले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । नर्सिङ संघ बाँकेले शुक्रबार अस्पताल परिसरमै प्रदर्शन गरेको हो । उनीहरुले आक्रमणमा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

जेठ ४ गते भर्ना गरिएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेका थिए । अस्पतालका अनुसार रावतका छोरा र भाइहरूले भेन्टिलेटरमा राखेपछि मृत्यु भएको भन्दै डा. चन्द्रप्रकाश सहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका थिए ।

आक्रमण घटनाको छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ । बिहीबार राति अस्पतालका स्वास्थ्यकर्मी कुटिएपछि सहायक प्रजिअ शङ्कर विष्टको संयोजकत्वमा छानबिन समिति बनाइएको हो ।

आक्रमणमा संलग्नमध्ये प्रहरीले ३ जनालाई पक्राउ गरिसकेको छ। आक्रमणमा संलग्न बिरामीका आफन्त दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

सो अस्पतालमै रहेका एक स्वास्थ्यकर्मीका अनुसार आक्रमणकारीहरुले नर्स, डाक्टर लगायतलाई लखेटीलखेटी आक्रमण गरेपछि ४ जना नर्सले अस्पतालको दुई तलामाथिबाट हाम फालेर ज्यान जोगाएका थिए । उनीहरुलाई सामान्य चोट लागेको छ।

आक्रमणकारीले अर्का एक बिरामीका आफन्तलाई समेत कुटपिट गरेको चिकित्सकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *