भोपालमा महिला प्रशिक्षण कार्यक्रम सम्पन्न

कृष्ण पचभैया,

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिद्वारा महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमको सञ्चालन श्रीमती लक्ष्मी रोका र अध्यक्षता श्रीमती निर्मला क्षेत्रीले लिनु भएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य ताल बहादुर खड़का र मध्य भारत क्षेत्रीय सचिव नारायण सापकोटाले आतित्थ्यता तथा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कै क्रममा ताल बहादुर खड्काद्वारा धर्म अनि दर्शन र नारायण सापकोटाद्वारा महिला शसक्तीकरणको बिषय बस्तुबाट उपस्थित महिला सदस्यहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो, साथै उपस्थित महिला सदस्यहरुलाई श्रीमती राधा शर्माले स्वागत मतब्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार