भोली शुक्रबार अन्तर्क्रिया कार्यक्रम हुँदै

काठमाडौं । “ढुङ्गा गिट्टी र बालुवाको निकासी तथा पर्यावरणको राष्ट्रिय खतरा” विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न हुने भू तथा पर्यावरण संरक्षण अभियान, नेपालका अध्यक्ष रश्मिराज नेपालीले जानकारी दिनु भएको छ । नेपालीका अनुसार भोली २०७८ जेष्ठ २८ गते भर्चुअल विधिबाट कार्यक्रम सम्पन्न हुनेछ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथित्थ्यता रहने छ । त्यस्तै राजनीतिक पार्टीहरुका तर्फबाट नेपाली काँग्रेसका राजन के.सी., जनता समाजवादी पार्टीका बाबुराम यादव, भारतीय भाइचारा महासचिव सी.पी.आई.एम.एल. केएन रामचन्द्रन, पर्यावरण लोकमञ्चका विक्रम प्रताप, नेकपा (क्रान्तिकारी माओवादी) का परि थापा, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले– माधव–झलनाथ पक्ष)का प्रतिनिधिहरुकोद्वारा कार्यक्रममा मन्तव्य राख्नु हुनेछ ।

कार्यक्रममा प्रा. डा. तीर्थबहादुर श्रेष्ठ वरिष्ठ वनस्पति शास्त्री, डा. काशीराज दाहाल वातावरण कानुनविद, डा. केदार रिजाल वातावरण विज्ञ, डा. नागेन्द्र यादव चुरे तराई मधेश संरक्षण विकास समिति र डा. विजयकुमार सिंह पर्यावरण विज्ञ लगायतका व्यक्तित्वहरुले मन्तव्य राख्नु हुनेछ ।

कार्यक्रममा भू तथा पर्यावरण संरक्षण अभियान, नेपालका अध्यक्ष रश्मिराज नेपालीले अवधारणा–पत्र प्रस्तुत गर्नु हुनेछ । कार्यक्रम दिउसो ठिक १२ बाट शुरु हुनेछ ।

कार्यक्रममा सहभागि हुनका लागि तलको लिंकमा किलिक गर्नु होस् :

https://us02web.zoom.us/j/89196030205?pwd=VlBUNXBtYTJvckJwOTdwT3RHQ1NtQT09 या तलको मिट्टिङ ID प्रयोग गर्नुहोस् । Meeting ID: 891 9603 0205 Passcode: Nepal123

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार