भो त्यो प्रदैन

–जनकराज पौडेल

त्यो म नभने पनि
जनता हसाउन छोड्दिन
जहाँ त्यो लेखिए छ
त्यसको म विश्वास गर्दिन
किन कर गर्नु पर्यो र !
त्यो प्रति मलाई सरोकार छैन
तिमी यहाँ र म त्यहाँ छन्जेल
म तल कहिल्यै झर्दिन
त्यसैले कर नगर मलाई
त्यो भन्नु प्रदैन ।
मैले तमसा देखाएकै छु
भजन मण्डलि राखेकै छु
जति पौठेजोरी खेले पनि
तिनका खेसी झारेकै छु
तिमी यहाँ छौ म त्यहाँ छु
कसैले कखरपाटो लाउन सक्दैन
त्यसैले कर नगर त्यो भन्नु प्रदैन।
अब तिमी र म मात्र होईन
लौनचौरको चित्त बुझाएकै छु
अहिले दह्रो आड पाएकै छु
विहार संम समथल भन्दा
झोक्किएकाको चित्त बुझाएकै छु
केही बुर्कुन्दास खेलेका हरु पनि
आफ्नो कावुमा ल्याएकै छु
भो कर नगर त्यो भन्न प्रदैन।
कर गरि हाले नक्शा छपाई दिए
चित्त बुझाउने बाटो देखाई दिएको छु
रेल भन्दै थिए चल्न नपरे पनि
टाटले छोपेर हेराएकै छु
बसी बसी शिलन्याश गर्दिएका
बनुन नबनुन् भन्न पाएकै छु
आजकल ठुला मान्छेको संगत छ
त्यस माथि तिमी यहाँ छौ म त्यहाँ छु
त्यसैले कर नगर त्यो भन्न प्रदैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार