भ्रममा नपारौं, मूल प्रवाह श्रमजिवीहरुको विश्वविद्यालय हो

विन बहादुर रेग्मी

हामीले यो भन्दा पहिले पनि समाज किन चाहिन्छ भन्ने विषयमा धेरै कुरा गरिसकेका छौं । फेरि पनि त्यही बिषयलाई लिएर म यहाँहरू समक्ष आएको छु । यद्यपि म नेता वा बिज्ञ होईन । तसर्थ: मेरो यो स्तम्भमा कयौं त्रुटि हुनसक्छन् । एक पटक शुरुदेखि अन्तिमसम्म पढेर कस्तो लाग्छ, जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला । ताकि आगामी दिनमा अझ राम्रो खुराक पस्किन सकियोस् । लाईक कमेन्ट शेयरमा कन्जुस्याइँ गर्नु हुने छैन भन्ने कुरामा म विश्वस्त छु ।

हामी यहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कुरा गर्नेछौं । कतिपय साथीहरूले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कुरा ल्याएर म कहाँ नआउनुस् भन्ने गरेको पाइन्छ । हामी झनझन त्यही जाने गरेका छौं र तिनैलाई समाजसेवी एकताप्रेमि होनाहार सवल र सक्षम बनाएका छौं । किनकि मान्छेहरुले कति कमाउछन्, कस्तो खान्छन, कति बलिया छन् यो सबै निजि वा पारिवारिक मामिला हो भने निजि र पारिवारिक मामिला भन्दा बाहिर पनि अर्कै दुनियाँ छ ।

मलाई समाज चाहिंदैन भन्नेहरूलाई नै समाज खोज्दै हिडेको पाईन्छ । मर्दा, संकट पर्दा, आफुमा धनबल घमण्डले काम गर्दैन समाज त्यतिबेला चाहिन्छ । एकजना साथीले मेसेन्जरमा कल गरेर सोध्नु भयो जयपुरमा हाम्रो समाजको साथीको छ ? यसको अर्थ समाजमा जुडेको व्यक्तिसँग सहयोगी भावना हुन्छ र जनताले धेरै आशा गरेका हुन्छन् भन्ने हो । कतिपय अवस्थामा कतिपय साथीहरूले मेरो फुर्सद छैन मैले समाजमा काम गर्न सक्दैन भन्ने गर्छन् । कामै नलाग्ने कामै नगर्ने मान्छेको कुरा नगरौं जसले साच्चिकै फुर्सद नमिलेर समाजको काम गर्न नसकेको हो भने हामीले बटुलेको अनुभवको आधारमा भन्ने हो भने तपाईले चाहनु हुन्छ भने समय निकाल्न सकिन्छ । कसरी ? हेर्नुहोस् ।

तपाई डिउटी काम धन्दामा पनि एउटा मोबाइल फोन प्रयोग गर्ने गर्नुहुन्छ, दिनभरिमा कति धेरै कुरा पनि गर्नुहुन्छ त्यसै बिचमा समाजका साथिहरुसँग पनि हाई–हेलो, सञ्चो–बिसञ्चो सोधपुछ गर्न किन सकिदैन । यो पनि समाजकै काम त हो । कहि कतै नोकरी काम धन्दा मिलाएर कसैको मद्दत पुग्छ । यो पनि त समाजकै काम हो नि । आपत विपत परेका, किराया गाडिभाडा नभएर अलपत्र परेका बेला सक्दो आर्थिक सहयोग चन्दा दिन ता सकिन्छ । यो पनि समाजको सानो काम होइन ।

सामाजिक भावना भएकाले मात्र यो काम गर्न सकिन्छ । यसको अर्थ तपाईले समाजको काम गर्न अलग्गै समय निकाल्नु पर्दैन । नोकरी काम धन्दा छोडनु पर्दैन । यति सजिलै तपाईं समाजको मान्छे बन्न सक्नुहुन्छ । विस्तारै विस्तारै अध्ययन प्रशिक्षण कलास लिदै जानु भयो भने फेरि पछाडि फर्केर हेर्दा म कहाँ थिए अहिले कहाँ छु आत्मग्लानि हुनेछ, म सँग फुर्सद छैन भनेर हिजो भनेको कुरामा पश्चाताप हुनेछ । यो कुनै बनावटी कुरा नभएर हामीले समाजको काम गर्दा बटुलेको अनुभवको निचोड हो ।

अर्को कुरा समाजमा जुडिसके पछि तपाईले पाएको ज्ञान र बुझाईले साथिहरुसँगको संगत फेरिन्छ । जाँड रक्सी भांग धतुरो खाने र जुवातास रण्डिबाजी गर्ने आबारा मुर्ख साथिहरु टाढिदै जान्छन् र आफ्नो विचार मिल्ने समाजसेवी साथिहरु थपिदै जान्छन् । यसको अर्थ के हो बुझ्नुस त । समाजसेवी एकताप्रेमि साथिहरुको बिचमा आफुलाई पाउँदा को खुसी कति होला कल्पना गर्न सकिन्छ । त्यतिबेला हामीमा वर्गिय माया लछप्पै भिजेको हुन्छ, हामी आफ्नो नोकरी काम धन्दा घर परिवार को सानो सागुँरो घेरा पार गरिसकेका हुनेछौ । आफु जस्तै दुखि गरिब शोषित पीडित सर्वहारा वर्गको मुक्तिको लागि, आमुल परिवर्तन गर्ने क्रान्तिकारी योद्धा बनिसकेका हुनेछौं । त्यो साँघुरो दुनियाँमा को पो बाच्न चाहन्छ र ? त्यसरी एकता समाजले सबल र सक्षम व्यक्ति बनाउँछ । त्यसैले त मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई गरिखाने वर्गको विश्व विद्यालय हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार