भ्रम छर्दै हिंड्दैमा समस्या समाधान हुँदैन : पुन

  •   
  •  
  •  
  •  
  •  
  •  

1139 जनाले पढ्नु भयो ।

लोकेन्द्र पौडेल

चेन्नई पश्चिम, २४ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिवालय सदस्य धनवीर पुनले “भ्रम छर्दै हिंड्दैमा समस्या समाधान हुँदैन” भन्नुभएको छ । समाजको दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिको १६औं सम्मेलन पछिको प्रथम नगर भेलामा उद्घाटन मन्तव्य दिंदै पुनले सो धारणा राख्नुभएको हो ।

“जब कुनै पनि व्यक्ति वा शक्तिमा सैद्धान्तिक विचलन आउँछ, त्यसपछि उसले भ्रमलाई समाधानको विकल्प मान्न थाल्दछ । त्यतिवेलादेखि नै उसको पतनको बाटो शुरुभएको हुन्छ ।” पुन मगरले अगाडि भन्नु भयो– “भ्रम त्यतिवेलासम्म सत्य हुन्छ, जबसम्म सत्यको पर्दा खुल्दैन । भ्रमको आयु सितको थोपाको जस्तै घान नलाग्दासम्म मात्रै हो ।”

“मूल प्रवाहको स्थापना कालदेखि नै यसमाथि विभिन्न समयमा प्रहार र ध्वस्त पार्ने कोशिस नभएका होइनन्, तर पनि संगठनका अनुशासित, प्रतिवद्ध कार्यकर्ताहरुले सम्पूर्ण प्रकारका चुनौतीलाई परास्त गर्दै आउनु भयो ।” पुनले अगाडि भन्नु भयो– “विभिन्न समयमा विभिन्न खाले अवसरवादी तत्वहरुले आफ्नो साम्राज्य टिकाउन प्रगतिशिल देशभक्त जनतान्त्रिक शक्तिहरु एकजुट हुन नपाउन भनेर नै शब्दजालमा अल्मलाउने, भ्रम पैदागर्ने, तर्साउने आदि गरेर अवसरवादी तत्वहरुले आत्मघात गर्न पनि पछि परेनन् । त्यसका विरुद्ध अनवरत संघर्ष गर्दै मूल प्रवाह अगाडि बढि रह्यो र बढिरहने छ ।”

टुटफुटको बीचबाट संघर्ष गर्दै अघि बढिरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेपाली समाजमा अत्यन्त लोकप्रिय भइसकेको छ । यसबाट अत्तालिएर समानान्तर नामको संगठन खोली भ्रम श्रृजना गर्ने दुश्साहस विगतमा गर्दै आएका थिए र वर्तमानमा पनि त्यसको निरन्तरताको कोशिस भइरहेको पुनले बताउनु भयो । “हामी नै मेन स्टीम हौं, नेपाली समाजको संवाहक मूल प्रवाह हामी नै हौं ।” मूल प्रवाहका कुनै पनि स्तरका कार्यकर्ताहरु भ्रमजाल पर्दैनन्– “कसैले आफ्नो प्रतिशोध र बदलाभावको स्वार्थपूर्तिका लागि भ्रम छरेर सफल हुन्छु भन्ने नसोंच्दा हुन्छ ।”

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अखिल भारत स्तरमा नै नेपालीहरुलाई एकतावद्ध गर्न र समाजमा व्याप्त कुरिती, कुसंस्कारका विरुद्ध निरन्तर संघर्ष गर्दै अगाडि बढिरहेको कुरा आज नेपाली समाजमा घाम जस्तै प्रष्ट भएको पुनले बताउनु भयो । साथै वहाँले सम्पूर्ण खाले अवसरवादका विरुद्ध एकजुट भएर परास्त गर्दै मूल प्रवाह अखिल भारत स्तरमा अगाडि बढिरहेको बताउनु भयो । कुनै पनि प्रकारका भ्रममा नपरि मूल प्रवाहको झण्डा मुनी गोलवन्द हुन भारत प्रवासका सम्पूर्ण श्रमजिवी नेपालीहरुलाई पुनले अनुरोध गर्नुका साथै भ्रममा रहेका साथीहरुलाई बाहिर निश्कन पुनले आग्रह गर्नु भयो ।

केशमान नेपालीको अध्यक्षता र पदम प्रसाद पौडेलको सञ्चालनबाट कार्यक्रम अगाडि बढेको थियो । भेलामा उपस्थित सहभागीहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम नगर समितिका कोषाध्यक्ष बुद्विराम पौडेलले मन्तव्यबाट र रक्तिमका कलाकारहरुले स्वागत गितबाट स्वागत गर्नुभएको थियो ।

भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कोषाध्यक्ष कुलबहादुर थापा, केन्द्रीय सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य मदन शर्मा, चोवनाथ शर्मा, भगवति कुँवर, केन्द्रीय सल्लाहकार बालाकृष्ण गायक, मोहराज चाालिसे, क्षेत्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा, केन्द्रीय सल्लाहकार एवं क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, क्षेत्रीय उपाध्यक्ष दशरथ वि.क., क्षेत्रीय सह–सचिव धर्मराज शर्मा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य गोकुल गायक, काशिराम शर्मा, कोटीप्रसाद पोख्रेल, गोपाल वि.क., ओमाकान्त शर्मा, चेन्नई दक्षिणका उमानन्द चालिसे लगायतले आतित्थ्यता तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।

नयाँ समितिको संख्या र प्यानल केन्द्रीय सदस्य मदन शर्माले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्यानल पारित भइसके पछि सम्पन्न प्रथम बैठकबाट चयन नयाँ कार्यकारिणीको घोषणा क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाले गर्नुभएको थियो ।

भेलाले बुद्विराम पौडेलको अध्यक्षतामा १५ पुर्ण, ५ बैकल्पिक र ७ सल्लाहकार गरि २७ सदस्यीय चेन्नई पश्चिम नगर समिति चयन गरेको छ । जसमा : उपाध्यक्ष– शशिराम थापा, सचिव– किशोर शर्मा, सहसचिव– नेत्रलाल शर्मा र कोषाध्यक्ष– एकदेव शर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा :– केशमान नेपाली, मोहराज चालिसे, पदम पौडेल, डिलबहादुर जि.एम., सोमबहादुर राना, खुमन प्रसाद भण्डारी, चन्द्रीका पौडेल, नरबहादुर थापा, दुर्गाबहादुर रायमाझी र एक स्थान रिक्त रहेको छ । वैकल्पिक सदस्यहरुमा :– मोहराज सुवेदी, धनिश्वर पौडेल, तर्क बहादुर थापा, चिन्तामणी शर्मा, पदम नेपाली रहनुभएको छ । समितिको प्रथम बैकठले टेकबहादुर थापा, सुरेश थापा, धनपति शर्मा, चन्द्र बहादुर लुङ्गेली, भिम बहादुर क्षेत्री, राजेन्द्र सुबेदी, इन्द्र बहादुर नेपालीलाई सल्लाहकार चयन गरेको छ ।

नवनिर्वाचित समितिलाई केन्द्रीय कोषाध्यक्ष कुलबहादुर थापा, केन्द्रीय सदस्य धनवीर पुन, केन्द्रीय सल्लाहकार वालाकृष्ण गायक र क्षेत्रीय प्रतिनिधि चन्द्रकान्त शर्माले बधाई दिनुभएको थियो । उपस्थित प्रतिनिधि, पर्वेक्षक र अतिथिहरुलाई आयोजक समितिको तर्फबाट नेत्रलाल शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *