भ्रम र वास्तबिकता

सुरेशकुमार पाण्डे

बिदेशमा मजदुरी गर्दा गर्दै जिवनको आधा शताब्दी बिताएका जुगराजलाई बुढेसकालमा पाईला टेकेपछि घरवार जमाउँने ख्याल आउँछ । बलबैस हुँदासम्म थुप्रै आफ्ना भेटिए पनि अब बिस्तारै उनलाई एकलोपन महशुष हुँदैछ । उनी सारा जीन्दगी जाँड रक्सिमा मस्त रहे, उमेरले पचास बर्षमा टेकेपछि उनलाई घरवार जमाउन पाए हुँदो होला भन्ने लाग्यो ।

त्यो पनि मणिहरुको सम्पर्कमा आए पछि उनले बिस्तारै रक्सि खान कम गरेका थिए । पहिए एक नम्वरका जडिया भए पनि अहिले भने उनीमा सुधार हुँदै आएको थियो ।

भारतको एउटा सानो शहरमा मणि, चेतु, नाथ, राम लगायत केहि साथीहरुले समाजिक संगठन बनाएका थिए, त्यहि संगठनको माध्यायम बाट उनीहरुले नेपाली श्रमजिविहरुमा आई परेका तमाम समस्याहरुको निवारण गर्थे।उनैहरुको नजिक आएपछि जुगराज सामाजिक ब्यबहारले प्रभावित भए उनमा काफि परिवर्तन आयो ।

समाजले जातिय भेदभावको बिरुद्ध र सामाजमा रहेका कुसँस्कार कुरितीहरु बिरुद्ध गर्दा जुगराज बढि प्रभावित भयका हुन् । उनी एउटा दलित परिवारका बिश्वकर्मा भएकैले सानो छँदा गाउँघरमा दलितहरु माथि भएको अपमानलाई पटक–पटक सुनाउँथे, तर जाँड, रक्सि भने आफ्नो नैसर्गिक अधिकार मान्थे । कहिले कसो उनी टन्नै परेका हुँदा त मणिहरु कुरै नगरि फर्किन्थे ।

बिस्तारै उनमा समाज तिरको झुकावले गर्दा फरक हुँदैगएको थियो । राम्रा बिचारहरु मस्तिष्कमा आउँन थालेपछि खराब बिचारहरु निस्किँदै गएका थिए । उनी एउटा स्टोरमा चौकिदारी गर्थे, रातीमा त्यहाँ उनीबाहेक अरु कोई हुँदैनथ्यो । अब त्यहाँ रातीमा कहिले हप्ता पन्द्र दिनमा क्लास, मिटिङ आदि गर्न थालेपछि उनी अनुसाशित बस्न थाले । भन्निन्छ “संगत बिनाको फलनै हो” जुगराजमा गुणत्मक बद्लाव आएको मणिहरुले महेशुष गर्दै थिए ।

अब मजदुरहरुलाई आइपरेका समस्यासँग लड्न आर्थिक पनि नभै नहुने, त्यो कसरी जुटाउँने भन्ने बारे छलफल गर्छन् र एउटा सोसाईटी खोलेर महिना महिनामा दुई सयका दरले रुपियाँ जम्मा गर्ने तर त्यो ब्याजको आधा संगठनलाई दिने निर्णयमा पुग्छन् । त्यसका धेरै सदस्यहरु भैसके पछि रुपियाँ राम्रै जम्मा हुन्थ्यो कमेटिको रेखदेख सबै काम गर्ने जिम्मा मणिलाई दिएका थिए ।

बर्ष दिन नपुग्दै थुप्रै पैसा जम्मा भए र ब्याजमा साथीहरुले चलाई राखे समाजलाई पनि झिना मसिना खर्च चल्न थाल्यो । एकदिन जुगराजले बिवाह गर्ने प्रस्ताब राखेर सोसाईटीबाट दशहजार बिवाह गर्न स्वोदेश जाने माग गर्दै निवेदन टकारे । त्यो निवेदन माथी सबै एकमतले सहमत भए मणिले उनलाई दश हजार रुपिया दिए ।

जुगराजमा आएको परिवर्तनमा खुसि नहुन्े कोईपनि थिएन । उनलाई आफ्नो उमेर मिल्दो जुल्दो बिवाह गराउँन सबैको समर्थन थियो । जुगराज रोल्पा तिर कुनै गाउँका थिए, केहि दिनमै उनी स्वदेश गए । महिना दिन नपुग्दै उनले बिवाह गरेर फर्केको सुने पछि मणि लगायत सबै जिम्मेवार साथी भेट हुन पुगे ।

बेहुलीलाई देखेपछि सबैको खुट्टा आस्नको जमिन खुस्किए जस्तै भयो । मणिले एकान्तमा बोलाएर “जुगराज जी हजुरले बिवाह गरेकोमा हामीले बधाई तथा शुभ कामना दिन सक्दैनौ बरु एउटा सल्हा दिन्छौँ, यदि मान्नु हुन्छ भने ।” उस्ले अति सिरियस भयर भन्छ । “के हजुरलाई यो बिवाह ठिक लाग्छ ?” मणिले फेरी जुगराजसँग प्रश्न गर्छ ।

बाह्र बर्षकि बालिका अनि जुगराज पचास नाघेका थिए, एउटी नातिनी जस्ति बच्चीलाई उनले बिवाह गरेर ल्याएका रैछन् ।

“हजुरले यो बालिकालाई कत्ति कतै प्रचार नगरेर अहिले माईतमा पठाई दिनुस, बरु हजुरको हामी सबै मिलेर हजुरको मेलखाने कुनै महिला खोजेर बिवाह गराउँछौँ र बरु हामीसबै मिलेर हजुरलाई ऋण लाग्न दिदैनौँ ।” भनेर सम्झाउँ छन् । जुगराजले पनि आफै गलति गरेको महशुष गर्छन् ।

“हुन्छ, म भोलिनै यसलाई माईत पुराई दिन्छु ।” भन्दै जुगराजले सहमत जनाउँ छन् ।

मणिहरु यहाँबाट निस्केपछि साँझमा उनका साथीभाईहरु भेटगर्न आए, अनि खानेपिने ग्रुप जम्मा भयो ।

“हजुरले बिवाह गर्नु भएकोमा खुसि लाग्यो सानो पाले ठुलो हुन्छ, अब बिहे गरिसके पछि कसैले फर्काउँछ ?” धन्नाले जुगराजलाई भड्काई दिन्छ ।

“बाहुनहरुले तिमिलाई कामी भनेर हेला गरेको बुझ्दैनौँ” भन्दै रक्सिको नशाले धुत भएको धन्नाले हामीछम तपाईसँग भन्दै उसले उर्जा थप्छ ।

“अर्काको स्वास्नि खोस्ने त्यो मणि र त्यसको समाज चाहिँदैन हामीलाई” खिले कि स्वास्नीले बालिका तिर रक्सिको गिलास टकार्दै भन्छे ।

“मैले खान्न !” बालिका अलि पर जान्छे ।

“यो ता प्रसाद हो, कत्ति नाई नभनेर घुटुक्क पार” भन्दै उसलाई तान्छे । सबै ठहका लगाउँदै हाँस्छन ।

रातभरी उनीहरुको त्यहाँ पार्टी चल्छ । बिहान सबै आ–आफ्नो घरमा जान्छन् । जुगराज आफुले काम गर्ने ठाउँमा लिएर जान्छ । साँझमा मणिहरु आएपछि जुगराजले “मैले बिहे गरेँ, अब जस्तो भएपनि यसलाई छाड्दैन” भन्दै कराउँछ । “तिमिहरुले मलाई ह्यापेर मेरो स्वास्नि खोस्न खोजेका छौँ” भन्दै चिच्याउँछ ।

मणिहरु त्यहाँबाट निस्किन्छन् । दुईचार दिन यस्तै तानातानीमा बित्छ । एउटा अत्याचार गर्नु हुँदैन भन्दा यहाँ जातिय मुद्धा बनेको थियो । समाज बिरोधी तत्वहरुले उसलाई उक्साएका थिए । मणिहरुले उसलाई बर्गिय नाताको हैसियतमा सम्झाएका थिए तर उसलाई आफु दलित भएर हैपेको महशुष भएको थियो

एकदिन त्यो बालिकासँग दुब्र्यबहार गर्न खोज्दा उ भागेर हराई र पछि बस अड्डामा पिसिआरले गस्त लगाउँदा भेटेछ । बालिकाले आफ्नो समस्या भनेपछि पुलिसले उसैलाई लिएर जुगराजलाई छोप्यो, बालिकालाई महिला बिगको हवाला गर्यो । भोलि पल्ट मिडियाले “नेपाली समाजको आडमा बालिकाको अपहरण गरेर बिक्रि गरेको” लेख्यो ।

मणिहरु पत्रिकाको समाचारदातासँग भेट गरेर यो समाचारलाई अर्को अंकमा सच्चाउँन लगाए । ठानामा गएर उक्त बालिकालाई छुटाउन प्रयत्न गरे । प्रशासनले महिला बिगमा पठायो । तिमिहरुले समाजको आडमा बालिकालाई अपहरण गरेर बेचेको भन्दै कराई, त्यहाँको महिलाले ।

होईन, यो ब्यक्तिले गल्ति गरेको हो तर समाजले यसलाई आमा बाउहरुको हवाला गरिदिन प्रयात्नशिल छ भन्दै उसका आफन्तीको हवाले गर्नलाई आफुहरु कटिबद्ध रहेको भनेर सम्झाउँछन् । उनीहरुले पनि बिगतका दिनहरुमा समाजले गरेको राम्रो काम देखेकाले मणिहरुलाई चिनेका हुन्छन् ।

मणिहरुको बिश्वास गरेर अगाडि कानुनी कार्वाही नगर्ने भन्दै एउटा कागजमा हस्ताक्षेर गराएर लिखित रुपमा बालिकालाई समाजले आफ्नो सम्रक्षणमा लिएर उसको आफन्तिलाई हस्तान्तरण गर्छन् र त्यो लेटर पैडको फोटाकपी उनीहरुलाई दिन्छन् ।

यो एउटा सामाजिक मुद्धा थियो । अन्याय अत्याचारको बिरुद्धमा तर जुगराजले आफु दलित भएकोले आफ्नो स्वास्नि खोस्न लागेको मान्दै थियो । यस्तो अनैतिक कृयाकलाप बाहुन्बाट हुन्थ्यो भने के समाजले ढाकछोप गथ्र्यो ? पक्कै पनि गर्दैनथ्यो । तर हामी भित्र रहेको जातिय अबशेषले गर्दा आफुमाथि परिआएका घटनाहरुले बर्गिय नातालाई कहिले कसो कमजोर बनाई दिन्छ । त्यहि मौकामा समाज बिरोधी तत्वहरु ढुकेर बसेका हुन्छन् ।

७ जुन २०२०,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार