मंसिर ७ गते २२ राजनीतिक संगठनहरुद्वारा देशब्यापी विरोध प्रदर्शन गर्ने

  •   
  •  
  •  
  •  
  •  
  •  

1253 जनाले पढ्नु भयो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) लगायत २२ राजनीतिक दल तथा संगठनहरुले मंसिर ७ गते देशब्यापी विरोध प्रदर्शनको तयारी गरेका छन् । गत कात्तिक २७ गते बसेको संयुक्त बैठकको निर्णय बमोजिम देशका विभिन्न स्थानमा विरोध प्रदर्शनको तयारी गरिएको हो ।

२२ दलले काठमाडौंको माइतीघर मण्डलामा दिउँसो १ बजे विरोध प्रदर्शन गर्नेछन् भने देशका विभिन्न शहरहरुमा पनि प्रदर्शन हुनेछ । सबै प्रदेशहरुका मुख्य मुख्य शहरमा प्रदर्शनको तयारी भइरहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

अमेरिकी संस्था एमसीसीसँग नेपालका विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएका राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदि विषयमा सरकारलाई दबाब दिन विरोध प्रदर्शन गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *