मई दिवस – जिन्दावाद !

  •   
  •  
  •  
  •  
  •  
  •  

341 जनाले पढ्नु भयो ।

  • सुरेशकुमार पाण्डे

छिट्टै मई दिवस आउँदैछ । तर दुःख साथ भन्नु पर्दा यो वर्ष विश्वका सम्पूर्ण श्रमजिवी वर्गको महान दिवसलाई भौतिक रुपमा तथा प्रत्यक्ष रुपमा सहभागि भएर मनाउन सकिने अवस्था भने छैन । यो वर्ष हामी विश्वभरिका श्रमविजी वर्गले आफ्ना एतिहाँसिक दिन प्राप्त गर्न र गराउन सफल उनै वीर सहिदहरुलाई केवल आफ्ना मनका भावहरुबाट मात्रै संझनु पर्ने वाध्यता छ । विश्व स्तरमा फैलिएको कोरोना भाईरस संक्रमणले सम्पूर्ण वर्गलाई आ–आफ्नो घरमा कुण्ठित पारेको छ । जसरी इतिहासमा श्रमजिवी वर्गले १८/२० काम गर्नु पर्ने वाध्यतालाई पराजित गरेका थियौं, यो कोरोना संक्रमणलाई पनि मानवजातिले अवश्य पनि पराजित गर्नेछौं ।

अन्तर्राष्ट्रिय मजदुर दिवशको ईतिहास धेरै लामो छ, तर पनि संक्षिप्त जानकारी गर्ने गराउँने उदेश्यले यो लेख लेखिएको छ । १८ देखि २० घण्टासम्म मजदुरलाई कजाएर मालिकहरुले मुनाफा कमाउने त परम्परा नै बनेको छ । अट्ठार सौ शताब्दीमा जहाँ जहाँ पुँजिको बिकास भयो, त्यहाँ उद्योग कलकारखानाहरु सुरुभए लगतै त्यहाँ चरम शोषण सुरुएको थियो । जहाँ दमन हुन्छ त्यहाँ बिरोध हुन्छ, त्यस्तै बिस्तारै मजदुरहरुले बिरोध पनि जनाउँन थाले । एउटा धनिले कारखाना लगाएर सय जना मजदुरहरुलाई शोषण गर्न पनि उनीहरु माथि यहसान देखाउँछ, किनकी त्योसँग श्रम स्रोत छ । सय जना मजदुरहरुले त्यो कारखानामा आफुले पाउँने ज्याला भन्दा तिनगुना बढि मिहेनत गरेर त्यो धनिलाई धन कमाई दिएका छन्, तर पनि उनीहरु निरह छन् । किनकि उनीहरुसँग मात्र रित्ता हात छन् र औजारकोको बदलामा उनीहरुलाई दुई गुणा बढि परिश्रम गर्नु पर्ने बाध्यता छ । यसको बिस्तारै मजदुरहरुले बिरोध जनाउँन थाले परिणाम पुँजीपतिहरु मजदुरहरुलाई उनले गरेको शोषणको बिरोध गर्न नदिन ब्यापक दमनमा उत्रीन थाल्यो ।

१८०६ मा अमेरीकी सरकारले फिलाडेल्फियाका हड्ताली मोचिहरुका नेतामाथि साजिसको मुकद्मा चलायो । यिनै मुकदमाहरुमा यो प्रष्ट भयो कि मजदुरहरुलाई १९/२० घण्टासम्म काम गराईन्थ्यो । पुँजी पतिहरुले मजदुरहरुलाई आफुले गरेको दमनलाई चुपचाप सहुन भन्ने चाहान्छन् । त्यसैले उनीहरुले मजदुरलाई तमाम डर देखाएर धर्मको नाममा पुर्वजनम स्वर्ग नर्क आदि त्यस्तै प्रकारको साँस्कृतिक माहौल तयार पारेर शोषण गरि राखेका हुन्छन् । यि धर्मका ग्रन्थहरु के भगवानले तैयार पारे ? धर्म जात सबै मानिसहरुले नै तयार पारे, सबै शक्तिशाली बर्गले आफ्नो हितका निमित्त यो जाल बुनेका हुन् ।

“मैकेनिक्स युनियन आँफ फिलाडेल्फीया” दुनियाँको पहिलो ट्रेड युनियन मानिन्छ । जसलाई १८२७ मा कामको घण्टा दश गराउन निर्माण उद्योगमा एउटा हड्ताल गराउने श्रेय पनि जान्छ । सन १८३४ मा न्युयोर्क नानवाईहरुले हड्ताल गरे त्यतिबेला त्यहाँबाट प्रकाशित एउटा समाचार पत्र “वार्किगं मैन” ले पुँजिपतिहरुले १८ देखि २० घण्टासम्म मजदुरहरुलाई कजाएको र उनीहरुको अबस्था एउटा कैदिको भन्दा पनि बत्तर भएको खुलासा गर्छ । मजदुरहरुलाई सुर्य उदायदेखि अस्ताएसम्म काम गराउँने प्रथा त धेरै पछिसम्म कायम रह्यो । लामो समयसम्म मजदुरहरुको संघर्षले र मजदुरहरुको संगठित संघर्षले गर्दा दश घण्टा कार्यादिवश मागलाई मनाउँन सफल भए ।

जहाँ–जहाँ बलियो संगठन थियो, त्यहाँ उनीहरुले दश घण्टाको कार्य दिवश गाराए । पछि उनीहरुले १८८४ आठ घण्टाको माग सुरु गरे । ७ अक्टुवर १८८४ मा “फ्रैड्रेशन आँफ आर्गेनाईजड् एण्ड लेबर युनियन आँफ द युनाईटेड् स्टेस एण्ड केनाडाको चौथो सम्मेलनले १८८६ को पहिलो मईबाट आठ घण्टा कार्य दिवशको बैद्धताका लागि संघर्ष गर्ने निर्णय गर्यो ।

त्यहि बर्ष पाँच लाख मजदुरहरुले हड्तालमा भाग लिए जसको केन्द्र शिकागो थियो । “अमेरिकन फैड्रेशन आँफ लेबर पार्टिले दिसम्बर १८८८मा आफ्नो प्रटबुई सम्मेलनमा पहिले नै यस्तो प्रदर्शनका लागि एक मे १८९०निश्चित गरिसकेको थियो । यसैले एक मेलाई अन्तर्राष्ट्रिय प्रदर्शनको रुपमा स्वीकार गरियो । १ मई सन १८९० कैयौँ युरोपिय देशहरुमा मनाईयो । तीन र चार मई ’हे’मार्किटमा भएको काँडबाट चिनिन्छ । प्रष्टछ पहिलो मे को हड्तालको परिणाम चार मे मा ’हे’मार्किटको घटना “स्क्वेयरमा भएको प्रदर्शन तीन मेमा मकैका कार्मिक रिपर वर्कस“ मा एउटा सभामा प्रतिकृयावादी पुलिस प्रसाशनले गरेको निन्दनीय बरवरता र कार्यता पूर्ण दमनमा परि ६ जना मजदुरहरुको ज्यान गयो भने कयौँ घाईति भएका थिए । यो मजदुरहरु माथि गरिएको बरवरताको बिरोधमा भएको एउटा बिरोध सभाको अन्तिम तिर प्रसाशनद्वारा अचानक बम बिष्फोट गरायो, जस्मा चारजना मजदुर र सात जना पुलिस कर्मिहरुको मृत्यु भएको थियो ।

यसबाट के बुझिन्छ भने प्रतिकृयावादीहरुले आफ्नो स्वार्थका लागि जुन सुकै हद पार गर्न सक्छन् । स्वयं आफ्ना एजेन्टहरुलाई मजदुरको सभामा सहभागि गराएर वा बम विष्फोट गराएर त्यसैलाई बहाना बनाई सर्व साधारण र निहत्य जनतालाई ब्यापक धरपकड गर्ने कामहरु भयो ।

१८८५/८६ मा गुमेको आफ्नो केहि अधिकारहरु प्रतिकृयावादी अत्यान्तै आकार्मक भए।सोशकहरुको बेढि र हत्थकडिलाई तोड्न सयौँ बर्ष बलिदानी पुर्ण संघर्ष गरेको ईतिहास छ । त्यो बलिदानी पूर्ण संघर्षको परिणाम आज सरकारी क्षेत्रमा आठ घण्टाको कार्यादिबश समय निर्धाति छ, तर आज पनि कैयौँ प्राईबेट सेक्टरमा जस्तै होटेल कोठि कम्पनिहरुमा १२ देखि १४ घण्टासम्म कजाई राखेका छन् । मजदुर त्यो फौलाद हो जति उसलाई कुट्टिन्छ, त्यहि अनुपातमा उ पनि धारिलो हुदै जान्छ र त्यहि अस्त्रले पुँजिवादको घाँटी शेर्ने निश्चित छ । आज यो मे दिवशको महत्व झनै बढेर गएको छ । अहिले निजिकरण, उद्धारी करण आदिले ब्यापक रुपलिएको छ । आर्को तिर आधुनिक श्रोत र साधनले गरिबहरुको श्रम खोसेको अबस्था छ ।

यो मई दिवश बिश्वमा कोविड छेहत्तरको महामारीले गर्दा ब्यापक प्रदर्शन त हुन सक्ने अबस्था छैन तर पनि यो ऐतिहासिक दिनको अध्यायनबाट थुप्रै प्रेणा मिल्न सक्छ । संसारभरीका मजदुर एक हौँ ! बर्ग संघर्ष जिन्दावाद । में दिवस अम्मर रहोस ! ईन्कलाब जिन्दावाद ! शिकागोका शहिदहरुलाई रातो सलाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *