मणीरत्न शर्माप्रति हार्दिक श्रद्वाञ्जली

धर्मराज शर्मा,

कोट्टयाम केरला, १६ नोबेम्बर । बाग्लुङ जैमिनि नगरपालिका ८ छिस्ति नेपाने निवासी त्रिलोचन पाध्याका कान्छा छोरा मणीरत्न शर्मा बर्ष ५९ को उमेरमा केरलामा दुःखद निधन भएको छ ।

उनी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तरगत पर्ने चेट्टिकुलङ्गारा एरिया समितिका साधारण सदस्य थिए । शर्माले लामो समयदेखि केरलामा आलापुणा जिल्ला अन्तरगत माबेलिकरास्थित एक बंगलामा परिवार सहित काम गर्दै आफ्नो दैनिकि गुजारा चलाउँदै आएका थिए ।

१६ नोबेम्बर २०२० मा हामी नेपालीहरुको महान पर्व भाईटिका तिहारकै दिन बिहान करिब साडेचार बजेतिर उनलाई अचानक अस्वस्थ महशुस भएकोले घर परिवारले नजिकैको अस्पतालमा भर्ना गरेको तर हृदयघातको कारण बिहान ६ः३० बजेतिर शर्माको निधन भएको अस्पतालले घोषणा गरेको थियो ।

मणीरत्नको अन्तिम दाहासंस्कारको लागि घर मालिकले आफ्नै जग्गाबाट थोरै स्थान प्रदान गरेका थिए । बाँकि प्रकृयाहरु क्षे.स.स. भद्र बहादुर थापा, न.स. सचिब मनोज जिसि, एरिया समितिका साथिहरुको पहल र सकृयतामा दाहासंस्कार सम्पन्न गरिएको छ ।

उनको केरलामा घर परिवारमा श्रीमती मायाँ देबि शर्मा छोराहरुमा तिलक शर्मा सचिन शर्मा, सैलेस शर्मा र बुहारि पुजा शर्मा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार