मण्डीगोविन्दगढमा MCC सम्झौता खारेजीका लागि सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

163 जनाले पढ्नु भयो ।

मंडिगोविन्दगढ, ७ सितम्बर । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत मंडिगोविन्दगढ नगर समितिको आयोजनामा एमसिसी खारेजीको आन्दोलनलाई ऐक्यवद्धता प्रकट गर्दै सभा सम्पन्न भएको छ ।

सभामा क्षेत्रीय सदस्य राम बहादुर ताम्राकार, नगर सदस्य हुकुम केसी, रतन विक, महिला विभागकी सावित्रा परियार र मिना सुनार हुनुहुन्थ्यो । वक्ताहरुले एमसिसि सम्झौता खारेजीका लागि सम्पूर्ण नेपाली एक भएर आन्दोलनमा आउने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम विमला शर्माको अध्यक्षतामा तथा नविन थापाको सञ्चालनमा अगाडि बढेको थियो भने कार्यक्रममा सहभागिहरुलाई नगर सदस्य सुरेश परियारले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *