मदरसाका १७६ बालबालिकालाई स्वीटर वितरण

नवराज पौडेल,

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ ले वडामा रहेको मदरसा दारुल उलुम कटुवामा अध्ययन गर्ने १७६ जना बालबालिकाहरुलाई न्यानो स्वीटर वितरण गरेको छ ।

वडामा रहेका ६ वटा सामुदायिक विद्यालय र २ वटा मदरसामा अध्यानरत कक्षा १ देखी ५ सम्मको बालबालिकाहरुलाई लक्षित गरी वार्षिक ८६१ विद्यार्थीलाई न्यानो स्वीटर वितरण गर्ने कार्यक्रम अनुसार मंगलबार मदरसामा अध्ययन गर्ने १७६ जना बालबालिकाहरुलाई न्यानो स्वीटर बितरण गरेको हो ।

वडाका अन्य विद्यालयमा स्वीटर बाँड्ने क्रम रहेको र ८ वटा विद्यालयका कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरिने वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।

निम्न वर्गका विद्यार्थीहरु जाडोमा न्यानो कपडाको अभावले गर्दा विद्यालय नआउने समस्या हुन सक्ने र उनीहरूको दैनिक पठन पाठनमा समेत प्रभाव पर्ने भएकोले न्यानो कपडा वितरण गरिएको सापकोटाले बताउनुभयो ।

महामारीको समयमा बालबालिकाहरुलाई चिसोको कारण झन जोखिम भएकोले यस समयमा अभिभावक सर्तक रहनुपर्ने बताउनुभयो । विद्यायलको विकासमा आफू निरन्तर लागि परेको र मदरसामा अध्ययन गर्ने बालबालिकाहरु पछाडि परेको भन्दै जाडोको समयमा यस कार्यले केहि टेवा पुग्ने बताउनु भयो । वडाले न्यानो कपडा वितरण गर्नको लागि रु २ लाख ५० हजार बजेट बिनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार