मदिरा सेवनले निम्त्याएको असमयिक मृत्यु

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

605 जनाले पढ्नु भयो ।

तारा सोमारे, हिसार

मानिसको जन्मपछी मृत्यु भनेको स्वभाविक तथा प्रकृतीको नियम हो । पृथ्वीमा दिनमा लाखौं मानिस जन्मिन्छन् भने त्यत्तिकै संख्याको मृत्यु पनि हुन्छन् । समाजमा देखापर्ने कतिपय मृत्युहरु अत्यन्तै दुखदायी पिडादायक र केही नकेही प्रश्न छाडेर पनि बिदाहुने गर्छन् । बिशेष गरि स्वाभाविक मृत्यु भनेको उमेर पुगेका मानिसको मृत्युलाई नै भनिन्छ जसलाई समाज र परिवारले केही दुःखको साथ स्वीकार गर्ने गरेको पनि देखिन्छ ।

तर बिमारी, दुर्घटना, विभिन्न प्रकारका नशा, आपसी झै–झगडाबाट हुने मृत्युको पछाडी धेरै प्रश्नहरु हुन्छन् । अहिले समाजमा मदिरापानको अत्याधिक सेवनबाट हुने लडाई झगडाबाट युवाहरुको मृत्यु भएको धेरै मात्रामा देखापर्ने गरेको भेटिन्छ । यस प्रकारका घटनाहरुबाट ज्यान गुमाउनेहरुले परिवार, समाजलाई अत्यन्तै दुखित बनाएका हुन्छन् ।

अहिलेका युवा जगतमा गाँजा, चरेस, तम्बाकु, मदिरापान सेवन अत्याधिक मात्रामा लिने गरेको पाईन्छ । यस्ता नशा गर्ने अशिक्षित मात्र नभएर शिक्षित युवाहरुको भिडले निकै चिन्ता पुर्याएको छ । अशिक्षित युवाहरुलाई हामी शिक्षाको कमिले र शिक्षत युवाहरु सामाजिक बिचारधारा भन्दा बाहिर जानु, बेरोजगारी र कतिपय अभिभावकहरुको पृष्ठभुमिले गर्दा पनि यस्तो समस्या देखापरेको पाईन्छ ।

सबै नशाहरु भन्दा मदिरापानको अत्यधिक युवाहरुले सेवन गरि स–साना बिषयमा कलह गर्नु, लडाइँ गर्नु र नशामा एक अर्काको ज्यान लिनेसम्मका घटनाहरु समाजमा बढेको छ । मदिरापानको कारणबाट केही घर परिवार टुटने पनि गरेका छन् । यो समस्या स्वदेशमा मात्र नभएर वैदेशिक रोजगारको लागि पलाएन भएका युवाहरुको बिचमा पनि धेरै देखापरेका छन् । भारतमा कामको खोजिमा आउने युवाहरुको लगभग मिल्दोजुल्दो भाषा, सँस्कृतिले गर्दा यहाँका मानिसहरुसँग घुलमिल गर्न सजिलो हुने र असामाजिक तत्वहरुसँगको दोस्तीले विभिन्न घटनाहरु नशाकै हालतमा भएको पनि पाइन्छ । यसप्रकारका गलत दिशा तर्फ लागेका युवाहरु प्रशस्त देखा पर्दछन् । कतिपय युवाहरु घरदेखि जिम्मेवारी बोकेर हिंडेता पनि ति जिम्मेवारीहरुलाई बिर्सिएर असामाजिक कार्यमा लिप्त भएको पाइन्छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज १९७९ मा निर्माण भए पछि भारतमा काम गर्ने विभिन्न शोषण, दमन, अन्याय, अत्याचारको विरुद्धमा निरन्तर संघर्ष गर्दै नेपाली श्रमिकहरुको अभिभावक बनि कार्य गर्दै आएको छ । असामाजिक तत्वहरुसँग मिलेर आफ्नै सहकर्मी साथीहरूलाई धम्काउने, पैसा वसुल गर्ने कार्यको मूल प्रवाहले प्रशासनसँगको सहकार्यमा पिडितलाई न्याय पुर्याउँदै आएको छ । विगतमा भन्दा वर्तमानमा समाजमा देखापरेको समस्याहरु अत्यन्तै जटिल बन्दै गइरहेका छन् ।

मदिरापनको अत्याधिक मात्रामा सेवन, दैनिक परिवार बिचमा झगडा र स–सानो विषयहरु तथा काममा लापरबाहीका कारण कैयौं युवाहरुले ज्यान पनि गुमाउनु परेको छ । परिवारिक कलहको कारण श्रीमती र बच्चाहरुको दयनीय अवस्था रहेका छन् । कतिपय घर परिवार टुटने समस्या निरन्तर बढिरहेको घटनाले समाजिक कार्यकर्ताहरुलाई एउटा चुनौतिनै देखापरेको छ ।

विभिन्न कार्यक्रमहरुद्वारा जनतालाई जागुरुकता, सचेतना गराउँदै आएता पनि पुर्णतः यसको समाधान निस्कन सकेको छैन । केही उदाहरणहरु बिगतका दिनहरुमा बढदै गएका छन् । भारतका विभिन्न क्षेत्रहरुमा जस्तै मूल प्रवाह नगर समिति हिसारमा पनि यस्ता समस्याहरु दैनिक रुपमा देखापर्न थालेका छन् । बिगत दुई महिनामा चार जाना युवाहरुले कलकलाउँदो उमेरमा मदिरापान कै कारणले ज्यानै गुमाएका घटना हाम्रा अगाडि देखापरेका छन् । यदी त्यी युवाहरुले मदिरा सेवन नगरेको भए परिवारमा सदमा र निकै कठिन समस्या अवश्य पनि आउने थिएन ।

म नगर समिति हिसारमा मूल प्रवाहको साधारण सदस्य लिएर जिम्मा अनुसारको कार्य गर्दै जनताको बिचमा समय बिताएको पनि झंडै २३ वर्ष बित्न लागेको छ । तर पहिलाको समस्या यहि नै भए पनि साथीहरूलाई सम्झाउन अत्यन्तै सजिलो र समाधान पनि निसक्न्थ्यो । अहिले कार्य अत्यन्तै अप्ठ्यारो र युवाहरुको जिद्धले गर्दा कतिपय बिषयहरु कठिन स्थितिमा पुगेका छन् । मदिरापान सेवन गर्ने लगभग जनजाति, दलित जाति युवाहरू देखापर्नु हुन्छ ।

म सम्पुर्ण युवाहरुलाई हार्दिकताको साथ अपिल गर्न चाहन्छु बाबु–बाजेका समयमा “हामीलाई जातले दिएको हो जाड, रक्सी खानुपर्छ” भन्ने रितिरिवाजलाई बिर्सिएर हाम्रो भाषा, संस्कृति, सुन्दर परिवार समृद्ध समाज निर्माण कार्यमा आफ्नो समय र उर्जालाई सामाजिक कार्यमा बिताउँ । जुन रितिरिवाज तथा जातले पाएको भन्दै मदिरापानको सेवनले हामीलाई २१ औं शताब्दीमा पनि जागुरुक समाज भन्दा १०० वर्ष पछाडी गराएको छ । हामी आफ्नो कमिकमजोरीलाई सुधार गर्छौं भने केही घटनाहरु रोक्न सक्छौं । सबै काँधमाकाँध मिलाएर समृद्ध समाजको निर्माण गर्न सहयोग पुर्याउन सम्पूर्ण नेपाली युवाहरुले पहल गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *