मध्य हैदरावादमा प्रकाशन भेला सम्पन्न

मध्य हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति द्वारा संचालित मध्य हैदराबाद नगर समितिको आयोजनामा प्रकाशन भेला सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले प्रकाशन भनेको मुद्रित सामाग्री हो, जो मानब जीबन र बिकासको लागि मार्गनिर्देशन गर्ने साधन भएको बताउनु भयो । चेतनाको बिकास गर्ने माध्यम भएको हुनाले हजारौं कार्यकर्ताले गर्न नसक्ने काम एउटा पत्रीकाले गर्न सक्ने पौडेलले बताउनु भयो । पत्रीकाको गरिमालाई सबैले आत्मासाथ गर्नुपर्ने कुरामा समेत पौडेलले जोड दिनुभएको थियो ।

“अध्ययन गर्नु भनेको स्व अध्ययन अर्थात आफुले आफैलाई अध्ययन गर्नु पनि हो, आफ्नो जिम्मेवारी, हैसियत, स्तर र क्षमतालाई पनि जिम्मेवारी ढंगबाट प्रयोग गर्नु पनि हो ।” पौडेलले भन्नु भयो– “प्रकाशन भनेको अज्ञान्तामा ज्ञानको ज्योती बाल्नु पनि हो । जस्तै अध्यारोमा लाइटको प्रकाशले उज्यालो प्रदान गर्छ, त्यसै गरि मानब मस्तिष्कमा बिचारको प्रवाह गर्नु प्रकाशनको मुख्य काम हो ।”

खास गरि शोषण पक्षधर र शोषित पक्षधरका प्रकाशनहरु मुख्यतया बिद्यमान पुँजीवादी समाजमा देखापर्ने गर्छन् । नेपाली समाचार साप्ताहिक पनि श्रमजिवीहरुको बिचार प्रवाह गरि गरिब, किसान, मज्दुरका समस्याको आबाज बुलन्द गर्ने एक बैचारिक हतियार भएको पौडेलले बताउनु भयो ।

उक्त कार्यक्रममा मूल प्रबाहका केन्द्रिय सल्लाहकार रामकुमार क्षेत्रीले विशिष्ट अतिथिको आसनबाट शुभकामना दिंदै शिक्षित र दिक्षित हुनु निकै महत्वपुर्ण कार्य भयको चार्चा गर्नु भयो ।

कार्यक्रममा शुभकामना दिने बक्ताहरुमा मूल प्रवाह कि केन्द्रिय बैकल्पिक सदस्य तथा महिला केन्द्रिय संयोजक फुल्बिना पौडेल, रक्तिमका केन्द्रीय सदस्य झलक पुन, क्षेत्रीय सदस्य, माया थापा, महिला क्षेत्रीय सदस्य गोमा राना, मूल प्रवाह उत्तर नगर समितिका अध्यक्ष मोहनलाल शर्मा लागयतले शुभकामना मन्त्ब्य राख्नु भएको थियो ।

कार्यक्रम राजु दुलालको सञ्चालन, थम्मन बस्नेतको अध्यक्षयताबाट अगाढि बढेको कार्यक्रममा गंगा कडायतले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार