मलाई यहि बाटो गौरव छ

4935 जनाले पढ्नु भयो ।

जनकराज पौडेल

बाटो अप्ठारो छ
घुम्तिमोड धेरै छन्
उकाली अोराली पार गर्नु छ
त्यो मलाई थाहाँ छ
मलाई यहि बाटो प्यारो लाग्यो
किन कि त्यस पछिको संसार शुन्दर छ
कुनै विभेद छैन सबै समान छ
निमूखाँहरुको भविश्य त्यहाँ छ
मलाई त्यहि युग प्रति विश्वास छ
कठिन छ
तर पार लगाउने महान विचार छ।

अप्ठारो छ अवरोध छ
अपहेलित हुनु छ
मुर्ख भईदिनु पर्ने छ
थुप्रै अंजङ्ग पहाड नाग्नु छ
सामान्य छैन त्यो, जटिल छ
बनिबनाऊ गोरेटो छैन
डोरेठो आफै कोर्नु छ
न समथर भु- भाग छ
बरु काँहाली लाग्दो भिर छ
तर ति सब पार लाग्ने
महान विचार साथ छ
त्यसैमा दृढ विश्वास छ
निकट भविश्य शुन्दर छ
त्यसै ले यहि बाटो गौरव छ।

जालझेल संडेयन्त्र तिम्रा कर्तुतहरु
टिक्दैन यहाँ अदम्य शाहस छ
झुटको पहाड गल्याम्मै डल्छ
सत्यको साथ, महान विचार छ
अलमल पार्न नखोज कोहि
भ्रमको खेति नगर कोहि
टिक्दैन त्यो
सबै च्यात्दै निरन्तर वढ्छ
वढिरहन्छ..
किन कि त्यो पछिको संसार शुन्दर छ
त्यहाँ पुग्ने मेरो लक्ष्य छ
साथमा महान विचार
मलाई यहि बाटो गौरव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *