मलेशिया नेपाली एकता समाजको भर्चुअल भेटघाट कार्यक्रम सम्पन्न

मलेसिया, २७ जुन । मलेसिया नेपाली एकता समाज केन्द्रीय समितिको भर्चुअल भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न समस्याका बाबजुद सम्पन्न उक्त कार्यक्रममा समाजका अध्यक्ष गोबिन्द विष्टले सम्बोधन गर्नुभएको थियो । उक्त भेलामा सल्लाहकार केशव खनाल, कमल खड्का, महासचिव प्रेम शर्मा, उपाध्यक्ष जगत रसाइली र सचिव लाल बहादुर थापा, कोषाध्यक्ष प्रेम कुमारी विक, सदस्य जनक मगर विर्ख बहादुर रोकाया, भक्त सुनार लगायतका साथीहरुको उपस्थिति रहेको थियो ।

आ–आफ्नो क्षेत्रबाट हाल मलेशियामा कडा र लामो लकडाउनले मलेसिया भरिछरिएर रहेका नेपाली कामदारलाई के कस्तो असर परेको छ भन्ने विषयमा छलफल गरिएको थियो । सबै क्षेत्रबाट संतोषजनक रिपोर्टिङहरु प्राप्त भएका छन् । त्यसैगरि लकडाउनको अवधिभर नेपाली कामदार कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा समेत सम्पूर्ण श्रमजिवी नेपालीहरुलाई सन्देश प्रवाह गर्ने । संगठनको नीति तथा कार्यक्रममा प्रतिवद्ध रहने समेत अध्यक्ष गोबिन्द बिष्टले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार