मलेसियामा नेपाली युवकको सुतेकोसुत्यै मृत्यु
86 जनाले पढ्नु भयो ।
गोविन्द विष्ट ।।
क्वालालम्पुर (मलेसिया) । सुरक्षागार्डको रूपमा गत १८ महिनादेखि मलेसियाको सेलाङ्गर राज्यमा पर्ने साहआलम सेक्सन नम्बर २६ मा सेक्युरेट स्वएन्ज नामक सेक्युरिटी कम्पनीमा काम गर्दै आएका जीवन तामाङको सुतेकै अवस्थामा मृत्यु भएको छ।
नेपाल घर नुवाकोट जिल्ला ककनि गाउँपालिका त्रिशुली निवासी नेपाली कामदार जीवन तामाङको मङ्गलबार राति मृत्यु भएको सँगै काम गर्ने अर्का एक प्रत्यक्षदर्शी नेपालीले बताए।
बिहानको ड्युटी सकिएर स्वास्थ्य अवस्था अलिक ठिक नभएको बताउँदै तामाङले आफू साँझ क्लिनिक जान्छु भनेर क्लिनिक गएर फर्किएका थिए । रुममा सँगै बस्ने साथीहरूले क्लिनिकमा उपचारबारे सोधपुछ गर्दा तामाङले आफूलाई त्यस्तो केही नभएको बताएका थिए ।