मसालविरुद्ध भ्रम छर्न ओलीको झुटा लाञ्छनाको सिरानी !

  • जनक राज पौडेल

गएको असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्टिय जनमोर्चाले आफ्नो एकजना सांसदलाई मन्त्री बनाउन आफ्नो वर्गीय विचार छाडेको भन्ने अत्यन्तै झुट र निम्नस्तरको अभिव्यक्ति दिए । त्यस्तो भ्रमपूर्ण अभिव्यक्ति दिनु केही दिन अघि भने प्रधानमन्त्रीले नै राजमो सांसदलाई मन्त्री र उपसभामुख बनाउन आग्रह गरिएको तर राजमोले अस्वीकार गरेको बताएका थिए । गत जेठ २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा स्पष्टसँग सो कुरा बताएका छन् । राजमो सांसद दुर्गा पौडेलको सम्बोधनपछि बोलेका ओलीले ‘उपसभामुख बनिदिनुस् न भन्दा पनि मान्नुभएन’ भनेका थिए ।

बर्तमान ओली सरकारले राजमो सांसदलाई उपसभामूख बन्न आग्रह गरेको तर सो प्रस्ताव अस्वीकार गरिएको पार्टीले विभिन्न वक्तव्य र लेखद्वारा स्पष्ट पार्दै आएको छ । तसर्थ प्रधानमन्त्रीले राजमोप्रति लगाएको लाञ्छना कपोकल्पित र झुट हो भन्ने बुझ्न गाह्रो पर्दैन ।

त्यसो त प्रधानमन्त्री ओलीले आफ्नै सहकर्मी र अन्य विपक्षी दलका नेताहरुलाईसमेत अत्यन्तै निच र तल्लो स्तरका शब्दहरु प्रयोग गर्दै आरोप लगाएका छन् । देशको कार्यकारी प्रमुखबाट त्यस प्रकारका अभिव्यक्ति आउनु कति शोभनीय हो ? सिङ्गो समाज र नयाँ पिंडीले देशको कार्यकारी प्रमुखबाट कस्तो शिक्षा ग्रहण गर्ला ? यो देशका लागि दुर्भाग्य हो ।

अहिले राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध अन्य राजनीतिक पार्टीहरुसँग सहकार्य गर्दै संघर्षरत छ । राजमोको स्पष्ट नीति र अडानको परिणामका कारण नै प्रधानमन्त्रीले उक्त आरोप लगाएका हुन् ।

राजमोप्रति केपी शर्मा ओलीले किन त्यस्तो लाञ्छना लगाए ? त्यसको अन्तर्निहित पक्ष बुझ्न जरुरी हुन्छ ।

अहिले राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध अन्य राजनीतिक पार्टीहरुसँग सहकार्य गर्दै संघर्षरत छ । राजमोको स्पष्ट नीति र अडानको परिणामका कारण नै प्रधानमन्त्रीले उक्त आरोप लगाएका हुन् । अर्को पक्ष पनि उत्तिकै सत्य उजागर भएको छ कि राजमोले देशका अन्य राजनीतिक पार्टीहरुले अपनाउने नीति र बस्तुगत परिस्थितिको ठोस विश्लेषण गर्दै राजनीतिक मुद्दाका आधारमा समर्थन वा विरोध गर्ने गर्दछ ।

ओलीले आफ्ना दूतहरुद्वार राजमो सांसदलाई उपसभामूख वा मन्त्री बन्न आग्रह गरेका थिए र उक्त आग्रह राजमोले अस्वीकार गरेको थियो भन्ने कुरा घटनाक्रमले स्पष्ट पारिसकेको छ । ओलीका प्रतिगामी कदम विरुद्ध राजमोले दृढतापूर्व संघर्ष गरिरहेको छ भने उनका असंवैधानिक र प्रतिगामी कदमविरुद्ध आएका अन्य राजनीतिक पार्टीहरुसँग पनि सहकार्य गर्दै आएको छ । त्यसकारण नै प्रधानमन्त्रीले प्रतिशोधात्मक रोष प्रकट गरेका हुन् । उनको अभिव्यक्ति तथ्य र सत्यमा आधारित छैनन् ।

प्रधानमन्त्रीका ती अभिव्यक्तिले राजमो र विशेष गरी नेतृत्व विरुद्ध अभियान चलाएका केही पार्टीबाट निस्कासित अराजक तत्वहरुलाई मसला मिलेको देखिन्छ । उनीहरुले राजमो प्रति ओलीले गरेको झुट कटाक्षलाई सामाजिक सञ्जालमा सेयर गर्ने र त्यसबारे लेखहरु लेखेर आफ्ना अराजक र प्रतिशोधात्मक चिन्तन छरपस्ट गरिरहेका छन् । हाम्रो पार्टीका सामान्य कार्यकर्ताहरुलाई आफूहरु सत्य र राजमो वा पार्टी नेतृत्व गलत सावित गर्ने असफल प्रयास गरिरहेका छन् ।

प्रधानमन्त्रीका ती अभिव्यक्तिले राजमो र विशेष गरी नेतृत्व विरुद्ध अभियान चलाएका केही पार्टीबाट निस्कासित अराजक तत्वहरुलाई मसला मिलेको देखिन्छ । 

त्यसो गर्दैगर्दा उनीहरु ओलीको प्रतिगामी रअसंवैधानिक कदमलाई सहयोग पुर्याउने कित्तामा पुगेका छन् । यद्यपि ओलीको कदमलाई असंवैधानिक र अधिनायकवादी भन्दै सुस्त सुस्त विरोध गरेको पनि देखिन्छ । तर उनीहरुले प्रतिगमनविरोधी शक्तिहरुसँग सहकार्य गर्दा राजमोलाई कांंग्रेसपरस्त वा मन्त्री बन्ने उदेश्यबाट प्रेरित भन्ने कपोकल्पित आरोप लगाउँदै आएका छन् ।

त्यस प्रकारको चिन्तनले परिणाममा ओलीको प्रतिगामी कदमलाई नै मद्दत पुग्दछ । सबैलाई स्पष्ट भएको कुरा हो कि, प्रधानमन्त्री केपि शर्मा ओलीको गठजोड विदेशी शक्तिकेन्द्र, प्रतिगामी शक्ति र देश विखण्डनकारी तत्वहरुसँग छ । मसालविरुद्ध भ्रम छर्न खोज्नेहरुको कुण्ठाग्रस्त चिन्तनले के त्यसलाई नजर अन्दाज गरेको हो ?

राष्ट्रिय जनमोर्चाको गौरवमय ईतिहासलाई धुमिल पार्न लागेका केही अराजक तत्वहरुको आरोप सत्यतामा आधारित छैन भन्ने राजमोका नीति कार्यक्रमले नै प्रष्ट पार्दै आएको छ । उनीहरुको त्यस प्रकारको आरोप केवल प्रतिशोधात्मक र कुण्ठाग्रस्त मनोवृतिको उपज हो ।

मसालविरुद्ध भ्रम छर्न ओलीको झुटा लाञ्छनाको सिरानी हाल्नेहरुले पनि बुझे हुन्छ उनीहरुका टिप्पणी पनि हाम्रो पार्टीका समर्थकहरुका लागि केवल मजाककै विषय बन्ने छन् ।

राजमोले सरकारमा जाने नीति खुला राखे पनि सबै सरकारमा जाने भन्ने हुँदैन भन्दै स्पष्ट पार्दै आएको छ । प्रदेश सरकारहरुमा पनि ओलीका प्रतिगमनको सहयोग गर्ने मतियार सरकारविरुद्ध मतदान गर्ने तर सरकारमा सामेल नहुने प्रष्ट नीति लिएको गण्डकी प्रदेशमा व्यवहारले नै प्रमाणित गरिसकेको छ । त्यसबाट पनि प्रष्ट हुन्छ कि आरोप लगाउनेहरु कति निम्नस्तरका कपोकल्पित
टिप्पणी गर्ने गरेका छन् । त्यस प्रकारका भ्रमले कार्यकर्ता भ्रमित हुने छैनन् । झुटको खेती गर्नेहरु नै नाङ्गिदै जाने छन् ।

अहिले ओलीका हल्का टिप्पणीहरु आम जनताबीच मजाकका विषय बनिरहेका छन् । मसालविरुद्ध भ्रम छर्न ओलीको झुटा लाञ्छनाको सिरानी हाल्नेहरुले पनि बुझे हुन्छ उनीहरुका टिप्पणी पनि हाम्रो पार्टीका समर्थकहरुका लागि केवल मजाककै विषय बन्ने छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार