मसाल हौ भन्नेहरुलाई

  • जुना भण्डारी चालिसे, चंडिगढ

मसालको झण्डा बोकी देशैभरी हिडौं है ।
संगठनलाई धमीलाउने मान्छे चिनौ है ।।
अहिलेसम्म संगठनले सिकाएको तिमलाई पाठ ।
बिचबाटोमा आएर गर्यौ विश्वासघात ।।

उही थालीमा खाएर उसैमा छेदगर्दै छौं ।
सोझासाझा जनतालाई भ्रम छर्दै छौं ।।
अहिले तिमी कुर्लेका छौं समाएर कसको हात ।
भोली तिम्रो उनैले नै गर्छन् प्रदाफास ।।

न त तिमी अनुशासन नकेन्द्रको अधीनमा ।
सोझा साझा कार्यक्रता पार्यौ भ्रममा ।।
संगठनलाई तिमले किन धमीलाउन खोजेको ।
थाहा भयो बनतिरको मान्छे रोजेको ।।

मसाल भन्दै हिंड्छौ तिमी माने छैनौं विधान ।
बाटो छोडी पाखा लायौं ठुलै भाग खान ।।
बहुमतको निर्णयलाई मानेका ता हैनौ नि ।
केन्द्रको अधिनस्त छदै छैनौं सन ।।

संगठनको सम्पतीलाई राख्न पाएनौं रोकेर ।
किन हिड्छौं गुटबन्दी को पोको बोकेर ।।
मसालको नाम जप्दै हिडेका छौं खुलेआम ।
आफ्नै पार्टी खोल अनि राख आफ्नै नाम ।।

अनुशासन नमान्नेलाई लाउनुपर्छ लगाम ।
यो गीतलाई यही रोके लालसलाम ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार