महामन्त्री सिंहको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौं । कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनुभएका नेकपा (मसाल) का. महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन् ।

बिहीबार अपरान्ह सिंहको अक्सिजन लेभल ९४ मापन भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् सिंहकी पत्नी दुर्गा पौडेलले जानकारी दिनुभएको छ । अहिले ज्वरो केही घटेको र खाना सामान्य रुची भएको चिकित्सकलाई उदृत गर्दै पौडेलले बताउनुभयो ।

हिजो उहाँको विभिन्न परीक्षणका लागि रगत लिइएको थियो । सो परीक्षणको रिपोर्ट आएको छैन । रिपोर्ट प्राप्त भएपछि स्वास्थ्य अवस्थाबारे थप भन्न सकिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । कोरोना संक्रमणबाट पीडित सिंहलाई मधुमेहको पुरानो समस्यासमेत छ ।

केही दिनदेखि बिरामी पर्नुभएका सिंहको सोमबार गरिएको पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको थियो । घरमै आइसोलेसनमा रहनुभएका उहाँलाई असहज महसुस भएपछि बुधबार ह्याम्स अस्पताल भर्ना हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार