महामन्त्री सिंहको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

  •   
  •  
  •  
  •  
  •  
  •  

218 जनाले पढ्नु भयो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको छ । हिजो अस्तिको तुलनामा आज (आइतबार) सिंहले आफूलाई राम्रो हुँदै गएको महसुस गर्नुभएको छ ।

कोरोना संक्रमणका कारण ह्याम्स अस्पताल भर्ना हुनुभएका सिंहको ज्वरो, अक्सिजन लेभल, टाउको दुखाइ लगायतको अवस्था सामान्य हुँदै गएको छ । यद्यपी उहाँलाई खोकी रोकिएको छैन भने खाना रुची पनि निकै कम भइरहेको छ ।

खोकी रोकिन अझै केही समय लाग्ने उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै सिंहकी पत्नी एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार सिंहको थप स्वास्थ्य परीक्षणका लागि आज रगत झिकिएको छ । त्यसको रिपोर्ट आज वा भोलिसम्म आउनेछ ।

सुगर र थाइराइडबाट पीडित महामन्त्री सिंह अघिल्लो हप्ता बिरामी परेपछि गएको सोमबार गरिएको पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको थियो । उहाँलाई कोरोना संक्रमणका कारण ज्वरो र खोकीले असहज महसुस भएपछि बुधबार ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *