महामन्त्री सिंह अस्पताल भर्ना

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

735 जनाले पढ्नु भयो ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह अस्पताल भर्ना हुनुभएको छ । कोरोना संक्रमणका कारण असहज महसुस भएपछि सिंह राजधानीको ह्याम्स अस्पतालस्थित इमर्जेन्सिमा भर्ना हुनुभएको हो ।

उहाँलाई गएराति अत्यधिक ज्वरो आउनुका साथै अक्सिजनको लेभल पनि घटेको थियो । बुधबार दिउँसो १ बजे अस्पताल भर्ना भएका सिंहको छातीको एक्सरे लिनुका साथै रगतको नमुना संकलन गरिएको छ । त्यसको रिपोर्ट आएपछि नै स्वास्थ्य अवस्थाबारे थप जानकारी हुने चिकित्सकलाई उदृत गर्दै उहाँकी पत्नी एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभएको छ ।

सिंहलाई राति अप्ठ्यारो महसुस भए पनि आज भने ज्वरो घटेको र अवस्था केही सामान्य भएको पौडेलले बताउनुभयो । ८६ वर्षीय सिंह मधुमेहबाटसमेत पीडित हुनुहुन्छ ।

केही दिन अघिदेखि बिरामी पर्नुभएका सिंहको सोमबार गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो ।

महामन्त्री सिंहसँगै उहाँका छोरा विश्वमोहनलाई पनि कोरोना पोजिटिभ देखिएको थियो । विश्वको अवस्था भने सामान्य छ ।

सिंह केही दिन अघि पार्टी कामको सिलसिलामा पश्चिम नेपालका विभिन्न जिल्लामा जानुभएको थियो । उहाँहरुलाई त्यहीँबाट संक्रमण सरेको आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *