महासचिव मातृ शोकमा, अध्यक्ष केसीद्वारा श्रद्धान्जली व्यक्त

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन मातृ शोकमा पर्नु भएको छ । पुनकी मतामयी आमा जैसरीदेवी पुनको निधन पछि समाजले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा २०७७ असोज ३ गते जारी गरिएको शोकवक्तव्य मार्फत श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

वक्तव्यमा भनिएको छ– “हाम्रो सङ्गठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनकी ममतामयी आमा जैसरीदेवी पुनको हिंज (२०७७ असोज २ गते) असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ । त्यसका साथै हामी पुनका शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछौँ ।”

वि.सं. २०१३ सालमा जन्मनुभएकी जैसरीदेवीको हिजो असोज २ गते घोराही उपमहानगरपालिका–८ सेवार, दाङमा निधन भएको थियो । उहाँका चार छोरा तीन छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार