महिलाहरु संगठित आन्दोलन लाग्नु पर्ने आवश्यकता झनै बढेको छ : खनाल

  •   
  •  
  •  
  •  
  •  
  •  

178 जनाले पढ्नु भयो ।

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँ दिल्ली नगर समिति अन्तर्गत रहेको महिला नगर विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै समाजका महासचिव ठाकुर खनालले महिला अधिकारका लागि महिलाहरु संगठित आन्दोलनमा लाग्नु पर्ने आवश्यकता झनै बढेको बताउनु भयो ।

“महिलाहरु आफूमाथि भएका अन्याय अत्याचारका विरुद्ध संगठित रुपमा आन्दोलनमा आउनु पर्ने आवश्यकता वर्तमान पूँजीवादीको उपयोगितावादी समरचनाले झनै निम्ताएको छ ।” खनालले अगाडि भन्नुभयो– “महान क्रान्तिकारी महिलाहरुद्वारा गरिएको ऐतिहाँसिक ८ मार्चको आन्दोलन र त्यसबाट प्राप्त भएका उपलब्धिहरुको संरक्षण गर्दै नयाँ उपलब्धिहरुका लागि निरन्तर रुपमा संघर्षमा अगाडि बढ्नु पर्ने हुन्छ ।”

देशमा वामपन्थी पार्टीको सरकार रहँदा समेत पनि नेपाली महिलाहरु हत्या, हिंसा र बलात्कार जस्ता समस्याबाट उत्पिडनमा पर्नु अत्यन्तै निन्दनीय भएको महासचिव खनालको थप भनाई थियो ।

“दिनप्रतिदिन नेपालमा महिलाहरु विभिन्न प्रकारका अपराधजन्य घटनाहरुबाट पिल्सनु पर्दा सरकार मुकदर्शक भएको छ ।” खनालले थप्नु भयो– “करिब ३ वर्ष पुग्न लाग्दा पनि निर्मला पन्थले न्याए पाएकी छैनिन् । नेपाली जनताले सरकारप्रति के अपेक्षा राख्ने ?”

कार्यक्रममा क्षेत्रीय समितिका सहसचिव शिव केसी, केन्द्रीय परिषद् सदस्य मुक्ति भुसाल, नगर समितिका अध्यक्ष विन बहादुर कुँवर, साँस्कृतिक विभागका पहलसिंह परियार, विद्यार्थी नगर समितिबाट कविता परियार, त्यस्तै सावित्रा कुँवर, पार्वता, राधा पाण्डे, शान्ति कुँवर, विष्णु रायमाझी लगायतले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई मिना खनालले स्वागत गर्नुभएको थियो भने अध्यक्षता सिता केसीले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण गिता पौडेलले गर्नुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *