महिला अधिकार बारे

  •   
  •  
  •  
  •  
  •  
  •  

2127 जनाले पढ्नु भयो ।

सुरेशकुमार पाण्डे

हामीले अन्तर्राष्ट्रिय स्तरमा पनि अध्यायन गर्दा महिलाहरुको अत्यान्तै लामो बलिदानिपूर्ण आन्दोलनको इतिहास भेट्छौँ । सर्बप्रथम संगठित नारी आन्दोलनको सुरुवात महान फ्रान्सीसी क्रान्तिको द्वौरानमा भएको थियो । क्रान्तिकारी नारी क्लबहरु (बुमन्स रिवोल्युशनरी कलब) को रुपमा स्त्रीको पहिलो संगठन अस्तित्वमा आएको थियो ।

ओलिम्प द गाईसेज (१७८९) मनुष्य र नागरिकको अधिकारको घोषणा (Declaration of the Rights of the man and the citizen) को मोडेलमा स्त्रीहरु र स्त्री नागरिकहरुको अधिकारको घोषणा “तैयार गरेर सन १७९१ राष्ट्रिय असेम्वलीको समक्ष राखेका थिए । यद्यपि फ्राँसीसी क्रान्तिका अधिकाँस नेताहरुले महिलाहरुको समानधिकारको उक्त बिचारलाई खारेज गरेका थिए । १७९१ मै महिला शिक्षाको प्राबधान सम्बन्धि कानून् बन्यो । सन १७९२ मा एउटा विज्ञाप्तीले उनीहरुलाई कयौँ नागरिक अधिकार पनि प्रदान गर्यो । १७९३ को अन्तमा सबै नारी कलबहरु निर्णायक मार्क प्रहारको बदौलत महिलाहरुको कानूनी स्थितिमा भारी परिवर्तन गरियो ।

१७९४मा उनीहरुलाई शंबन्ध बिक्ष्यत गर्न सजिलो बनाईयो,तर थार्नि डिरियन प्रकृयाको द्वौरान महिला मुक्ति संघर्ष द्वौरा प्राप्त भयको उक्त अधिकारलाई फेरी खोसियो । नेपोलियनिक कोर्ड (१८०४) र यस्तै अन्य युरोपियन देशहरुका बुजुर्वा नागरिक सहिँताहरुले एकपटक फेरी महिलाहरुको अधिकार अत्यान्तै सिमित गराए । उनीहरुलाई परिवार, बिवाह, सम्बन्ध बिक्षेद, अभिभावक र संपति संहिन्ता सबै मामिलामा फेरी पुरुषकै मातहातमा गराए । बुजुर्आ क्रान्तिको कालमा नारी आन्दोलनको सबै भन्दा महत्वपुर्ण दस्तावेज मेरी वोल्सटोन क्राफ्टको पुस्तक स्त्री अधिकारको ओचित्य प्रतिवादन “(A vindication of the Rights of Women) थियो जो उन्नाईस वि वा बिसवी शदिको नारीवादी आन्दोलन (Feminist Movements) को बुनियादि रुपरेखालाई प्रस्तूत गर्दछ ।

यस्तै प्रकारले निरन्तर अथक र लामो बलिदानिपूर्ण संघर्षको इतिहास बोकेको स्त्री समाजवादीहरुको प्रथम सम्मेलन स्टूगार्डमा सन १९०७ मा सम्पन्न भएको थियो । जस्ले महिलाहरुको बिना कुनै मतभेदको महिला अधिकारको नारालाई पारित गर्यो र क्लारा जैट्किनलाई सचिब छानेको थियो, जसको अर्को अन्तर्राष्ट्रिय स्टूटगार्ड काग्रेस समेतले स्वीकार गर्यो । दोस्रो सम्मेलन कोपेन हेगेनमा सन १९१० ले महिलाहरुको अन्तर्राष्ट्रिय श्रमिक दिवसको रुपमा आठ मार्चलाई मनाउने ठेगान गरेको थियो । उक्त प्रस्ताबको प्रस्ताबक क्लाराजैट्किन थिइन । प्रस्ताब सर्वसहमतिबाट पारित भए पछि १९११ देखि लगातार संसार भरिका महिलाहरुले आठ मार्चलाई महिला दिबसको रुपमा मनाउँदै आएका छन् । यस्तै गरि सन १९२० मा महिला कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय महिला सचिवालयको स्थापना र प्रेश समेतको स्थापना गरेका थिए र अन्तर्राष्ट्रिय पत्रिकाहरु प्रकाशन शुरुभएको थियो ।

सन १९२० देखि २६ सम्ममा महिला कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय स्तरका चारवटा सम्मेलनहरु भएका थिए । अगस्त १९३४मा सोभियत संघ लगायतका कयौँ राष्ट्रहरुमा त्यहाका प्रगतिशिल नारी संगठनहरुको पहलमा पेरिसमा युद्ध र फासिज्मको बिरुद्ध महिला बिश्व काँग्रेसको आयोजना गरिएको थियो । साथै मई १९३८ मा मार्सि जेलमा युद्ध बिरोधी महिला अन्तर्राष्ट्रिय महिला सम्मेलनको आयोजना गरिएको थियो । सन १९४९मा चिनको नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि त्यहाँ महिलाहरुलाई समान अधिकारका कानून् र त्यसलाई ब्यबहारिक रुप दिइएको थियो । जस्तै सन १९१७ को महान अक्टुवर क्रान्ति पछि रुसमा का.लेनिन र स्टालिनको नेतृत्वमा महिलाहरुले समान अधिकार पाएका थिए त्यहि प्रकारले चीनमा पनि का.माओले महिलाहरको लागि हकहितको रक्षा सुरक्षा र शिक्षाको ग्यारण्टि गरेका थिए ।

यसरी हामीलाई यो बुझ्न असजिलो हुनेछैन कि दुनियाँमा केवल समाजवादीहरुले नै महिलाको हित शुनिच्चित गरेका छन् । कार्ल मार्क्स, एगेल्स, लेनिन, स्टालिन, माओ लगायतका समाजवादीहरुले महिलाको लागि अग्रिम पंक्तिमा उभिएर हकहितको रक्षाका नयाँ–नयाँ योजनाहरु खोजी गरेका छन् । अगस्टा बेवेल, क्लारा जेट्किन, क्रुप्सकाया, अलेकशान्द्राव, कोल्लोनताई, अनेशा आरामा, च्याँङ्ग चिङ, पारिजात आदि महिलाहरुले कुनैन कुनै माध्यायम द्वारा महिला मुक्ति आन्दोलनलाई अगाडि बढाएका छन् । वास्तबमा यो आन्दोलनमा प्राण हाल्ने काम समाजवादीहरुले नै गरेका छन् ।

सन १९५६ मा ख्रुश्चेभ द्वारा रुसमा प्रतिक्रान्ति पछि पुँजिवादी ब्यबस्थाको पुनास्थापना र चिनमा क.माओको निधन ९ सेप्टेम्वर १९७६ पछिको प्रतिक्रान्तीहरुले विश्व महिलाहरुको आन्दोलनमा पनि ब्यापक बदलाव आएको हो । आज स्वयं लेनिन र माओका देशहरुमा पनि महिला अशुरक्षित भएका छन् । साच्चै महिलाहरुलाई शदियौँदेखि धर्म रितिरिवाज जस्ता अनाबश्यक सामाजिक कुरितिहरुले जड सम्पति, मुर्ख, ढोल, शुद्र, हौवा जस्ता अनगिन्ती शब्दहरुले महिलाहरुलाई पशुसँग तुलना गरेका छन् ।

कयौँले महिलाहरुलाई अंझै प्रातडित गर्नु पर्ने त कसैले पुरुषहरुको दिलको धड्कन बढाउँने बाहेका कुनै काम नभएको आदि आरोपहरु लगाएका छन् । कन्फुशियसले दास, अरुस्तूले पदार्थ, ईसाईले हौवा, पाइथा गोरशले अंधकारसँग तुलना गरेका छन् । रोमन कानूनले महिलाको मुर्खतालाई काबु गर्न त्यस माथि शंरक्षणाको आबश्याकतामा जोड दिएका छन् । बालजाकले पुरुषको हृदयको धड्कनलाई गति प्रदान गर्ने बताउँदै महिलाहरुलाई अशिक्षित र क्रुप पारेर राख्ने सल्हा दिएका छन् । कतिपय धार्मिक ठेकेदारहरुले पनि महिलाहरुलाई कुनैन कुनै रुपमा प्रताडित गर्दै आएका छन् । महिलाहरुलाई दिने ज्याला समेत पुरुषको तुलनामा थोरै हुन्छ तर काम बढि लिने गर्छन् । यस्ता कयौँ उद्धारणहरु छन् जसले महिलाहरुलाई दोस्रो दर्जाको मान्छे बनाएको छ ।

आज संसारमा महिला र पुरुषको बिना श्रृष्ठिको कल्पना नै गर्न सकिदैन । एउटा रथका दुई पांग्रा हुन् महिला र पुरुष तर पनि आज महिआहरुलाई सम्पतिबाट बिमुक पारेर पुरुषको आश्रृतमा राखेका छन् । दिनानु दिन महिलाहरुमा सारिरीक मानसिक उत्पिडन हुन्छ ।

देश बिदेशमा महिलाहरु माथि हुने घट्नाले आज पनि महिलाहरु धेरै पछि र अपहेलित छन् । नियम कानूनलाई बनाएर मात्रै हुँदैन नियम कानून सँगसँगै सामाजिक नजरियामा परिवर्तन गर्नु अत्यान्तै जरुरीछ । जनचेतनालाई जगाएर मात्र महिलाहरुको हक सुनिश्चित गर्न सकिन्छ । महिलाहरुमा सुन्दरी प्रतियोगिता गराउँने, उनीहरुलाई माडलिंग गराउँने र आफ्ना समान बेच्न उनीहरुको नङ्गनता प्रदर्शन गराउँने, ब्यस्यालयहरुमा उनीहरुको ब्यापार गराएर आफुले ऐयासी गर्ने पुँजिवादीहरुले महिलाको हकहितको लागि आवाज उठाउँदैन स्वायं पिडितहरु नै यो जञ्जिर तोड्न अघि सर्नु पर्छ । अब संसार भरिमा ८ मार्चलाई बिभिन्न कार्यक्रमको आयोजना गरेर ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस मनाउने तैयारीमा छन् ।

समग्रहमा भन्नुपर्दा यो दिनलाई महिला मुक्ति आन्दोलनको एउटा गढिको रुपमा मनाउँ । मात्र ओपचारिकता पुरा गर्न यसलाई, उपयोग गरेर कुनै स्वार्थ पुरा गर्न वा छुट्टिमा टाईम पास गर्न होइन यसबाट महिलाको हकहित प्राप्तिको लागि संघर्षको पाठ सिक्ने सिकाउँने र इतिहासबाट प्रेणा लिएर महिला आन्दोलनलाई अगाडि बढाउँन आजको आबस्याकता हो ।

समाप्त ।

यो पनि पढौं महिला अधिकार बारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *