महिला अधिकार बारे

सुरेशकुमार पाण्डे

आज समाजमा महिलाहरु अपहेलित बिचलित भएको, हामी सबैले देखेकैछौँ । हाम्रो घर परिवारमा रहेका महिलाहरुप्रति हाम्रो दृष्टिकोण के छ ? त्यो काफि हदसम्म त्यसमा निर्भर रहन्छ । विभेदको विरुद्धमा नियम बनाएर मात्रै पुग्दैन समाजको दृष्टिकोणमा पनि बद्लाव आउँन जरुरी हुन्छ । आज अढाई सौ बर्ष भन्दा पुरानो महिलाहरुको संगठित आन्दोलनको इतिहास छ, कयौँ नियम कानून्हरु पनि बनेका छन् तर पनि उनीहरुको अबस्था उसतै छ । जो जति महिलाहरुको हक अधिकारका नियम कानूनहरु बनेकाछन्, तिनिहरु पनि सामाजिक त्यो कुरितिबाट मुक्त हुन नसक्दा ब्यबहारमा लागुनै भएका छैनन् ।

सन १९७९ मा संयुक्त राष्ट्रसंघ द्वारा पारित महिला विरुद्धका सबै प्रकारका भेधभावहरुलाई अन्तः गर्ने सम्बन्धी महासंधि उल्लेखनिय छ । त्यसको धारा १६को (ज) मा भनिएको छ “सम्पतिको स्वामित्व, सम्पत्ति प्राप्ति, ब्यबस्थापन, सञ्चालन, उपयोग र सम्पत्ति त्यागका सम्बन्धमा पति पत्नि दुबैको समानधिकार हुनेछ । सम्पत्ति चाहे निःशुल्क आर्जियको होस् वा मूल्य तिरेर खरिद गरिएको होस् । “यो संधिलाई हाम्रो देशले पनि जेष्ठ २०४८ मै अनुमोदन गरेको थियो । के त्यो कतै लागु भयो त ? भैन किनकि सामाजिक नजरियामा उहि पुरानो कुसँस्कार भरिएको छ त्यसकारण त्यो ब्यबहारमा लागु हुन सकेन ।

अहिले हाम्रै देशको संविधानमा निम्न प्रकारका नियमहरु छन् (१) एक महिला भएकै कारणबाट कुनै पनि किसिमको भेदभाव गरिने छैन । (२) प्रत्येक महिलालाई प्रजनन् स्वास्थ्य तथा प्रजनन् सम्बन्धि हक हुनेछ । (३) कुनै पनि महिलाका विरुद्ध शाररिक मानसिक वा अन्य कुनै प्रकारको हिंसाजन्य कार्य गरिने छैन र त्यस्तो कार्य कानून् द्वारा दण्डनिय हुनेछ । (४) पैतृक सम्पत्तिमा छोरा र छोरीलाई समान हक हुनेछ । “त्यस्तै बुँदा न.२१ मा भनिएको छ (सामाजिक न्यायको हकःमा भनिएको छ (आर्थिक सामाजिक वा सैद्धान्तिक दृष्टिले पछि परेका महिला, दलित, आदिवासी जनजाति मधेशी समूदाय उत्पिडित बर्ग गरिब किसान र मजदुरलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको संमरचनामा सहभागि हुने हक हुनेछ । “यसरी संविधानले भनेकोलाई ब्यबहारमा अंश पनि ढालेको देखिदैन । यसबाट हाम्रो समाजिक नियती छर्लङ्गै हुन्छ तर महिलाहरुले गरेको संघर्षको परिणामले नै यो देखावटिरुपमा भए पनि नियम कानून् बनेको हो भन्नेबारे बुझ्नु पर्छ । उनीहरुले गरेको संघर्षकै परिणाम सामाजिक रुपमा कयौँ यस्ता घृणित बन्धनहरु पनि तोड्दै आएका छन् । सति प्रथा, देउकि प्रथा जस्ता उदाहरणहरु प्रष्टछन् ।

हाम्रो देशमा बिस.१९१० सालको मुलुकि ऐनले १२ बर्ष भन्दा कम उमेरका बिधुवाहरुलाई सतिजान नपर्ने नियम बनायो, पछि त्यहि बर्ष जंग बहादुरले त्यो नियमलाई परिवर्तन गरेर १६ बर्ष गराए । त्यो भन्दा पहिले बिधुवालाई आफ्नो लोग्नेको चितामा हाम्फालेर सतिजाने प्रथा थियो । त्यो सतिप्रथालाई पूर्ण रुपमा १९७७ मा चन्द्र शमशेरले बिधिवत रुपमा सतिप्रथामा रोक लगाए । त्यो भन्दा पहिले महिलाहरुको कुनै भविष्य नै थिएन । उनीहरुलाई कुरूप गरेर राखेको र पाँच छ बर्षैमा जतिसुकै उमेरको पुरुषले लगे पनि हुने र उ मरेपछि उसैको चितासँग जिउँदै पोलिनु पर्ने त्यो महिलाको जिन्दगी कसतो हुँदो होला अनुमान लगाउँ ।

यस्तै आर्को घृणित प्रथा “देउकी प्रथा“मा देउमाई जातिको पहिलो जन्मिए कि छोरीलाई देवताको नाममा छाड्ने चलन थियो, त्यो जाति कि पहिलो छोरीलाई अरुले किनेर पनि देवताको नाउँमा राख्न पाउँथे । यसलाई पनि हाम्रो सममाजको एउटा घृणित नमुनाको रुपमा लिन सकिन्छ ।

यस्ता कैयौँ सामाजिक कुप्रथा छोरी जन्मिदा बित्तिकै बेढी (कल्लि) लगाउँने र त्यो कहिलेई न निकाल्ने प्रथा पनि थियो । खास गरेर धेरैजसो धार्मिक ठेकेदारहरुले महिलाहरुलाई कुनैन कुनै बहानामा कुरुप पारेको इतिहास भेट्टिन्छ । जसको विरुद्धमा महिलाहरुले निरन्तर आन्दोलन गरेकैछन् । हाम्रै देशमा पनि मतदानको लागि अथक र निरन्तर संघर्ष गरेको इतिहास् भेट्टिन्छ । पहिलेको एउटा नगरपालिकाको चुनावमा तत्कालिन मोहन शमशेरको नेतृत्ववाला सरकारले महिलाहरुलाई मतदान गर्न दिने पक्षमा नदेखेपछि महिलाहरुले आन्दोलन गरेर पछि बल्ल मतदानको समान अधिकार घोषणा गर्न बाध्य भयो । त्यो निर्वाचनमा एकजना महिला साधना प्रधान पहिलो पल्ट महिला निर्वाचित भइन् । २००७ सालको परिवर्तन पछि प्रतिनिधि सभाको निर्वाचनमा सातवटी उम्मेदवारहरु मध्य एकजना द्वारीका देबी ठकुराईनले विजय प्राप्त गरिन । महिलाहरुले गर्दै आएको अथक संघर्ष कै परिणाम समाजमा उनीहरु मान्छेसम्म मानिन थाले र सामाजिक राजनीतिक क्षेत्रमा केहि अंश भए पनि उनीहरुलाई अगाडि सर्ने मौका मिलेको छ । नियम कानून्हरु बनाउँन र त्यसलाई ब्यबहारिक रुपमा ढाल्न पनि महिलाहरुले निरन्तर संघर्ष गर्नु पर्छ । यो समाजिक नियतिलाई महिलाहरुले आफ्नो अथक संघर्षबाट नै बिजय प्राप्त गर्न सक्ने छन् । कतिपय महिलाहरुले छोरी हुँदा नन्द भाउजुको र साशु हुँदा बुहारीको, बुहारी हुँदा शासुको र आमाको समस्यालाई नबुझ्दा आपसमै उल्झिएकाले पनि उनीहरुको समान अधिकारलाई ठुलो बाधा पुगेकोछ । एकातिर छोरी हुँदा अंशको माग र आमा हुँदा त्यसको बिरोधले पनि समस्यालाई जटिल बनाएको हुन्छ । आर्को महिलाहरुलाई जसले पिडित बनाएकोछ त्यस्ता कुरितिहरुबाट स्वंम महिलाहरु उम्किन चाहेका छैनन् र त्यो कुनैन कुनै रुपमा अगालेका छन् । जस्तै उधारणको लागि एउटि छोरी बुहारीले छाउ गोठ भत्काउन कोशिस गरे पनि आमा शाशुहरुले छाउगोठलाई बनाउँन कम्मर नै कसेका हुन्छन् । यो स्वंम महिलाहरुको दोहोरो भुमिकाले गर्दा महिलाहरु बढि उत्पिडित हुन्छन् । यस्तै बोक्सि प्रथा, बुर्खा प्रथा लगायतका सामाजिक रितिरिवाजमा महिलाहरु बडि रुचि हुन्छन् । उनीहरुले अंझै पनि आफ्नो समस्यालाई संघर्ष गरेर होइन । कुनै चमत्कारबाट हल हुन्छ भन्ने बिस्वास गर्नाले उनीहरुको मुक्तिकामी आन्दोलनलाई तगारो बनेकोछ ।

क्रमशः

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार