नेपाल घर सुर्खेत जिल्ला कहरे खोला निवासी अर्जुन थापा बताउने सुनिता थापा गुजरातको वापिमा अलपत्र अवस्थामा फेलापरेकी छिन् । उनलाई चिन्नु हुने उहाँको आफन्तले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पश्चिम नगर समिति महिला विभाग कि अध्यक्ष बिनिता काउछासँग सम्पर्कमा आएर सुनिता थापाालाई जिम्मा लिनुहुन अनुरोध गरिन्छ ।
कसरी अलपत्र परिन सुनिता थापा ? कसले अलपत्र पार्यो सुनिता थापालाई ? सुनिताको अनुसार बिगत लामो समयदेखि भारतको हिमाचलमा एकलै कोठा भाडामा लिएर मजदुरी गर्दै आएकि थिइन् । सुनिता थापाको परिचय आछाम जिल्ला कमलबजार नगरपालिका छकुईका घर बताउने कर्ण सिंह टमट्टासँग बोलचाल भएको र पछि कुरा गर्दै जाँदा कर्ण सिंह पनि एक्लो भएको र संगै बस्ने आग्रहमा संगै बस्ने गरेको र पछि बिवाह गरेको बताइन् ।
“मलाई ललाई फकाई बिवाह गर्छु संगै राख्छु भनेर हिमाचल प्रदेशबाट एक वर्ष पहिले मुम्बईको कल्याणमा लिएर एक बर्षसम्म साथ मै राख्यो र २३ जुन २०२१ का दिन फेरि हिमाचल जाने भनि कल्याणबाट संगै बसमा आएको तर वापी बस स्टेंड पुगे पछि तिमि यतै बस म बिमल र तम्बाकू लिएर आउछु भनेर गएको र दिनभरि रातभरि आफुले कर्ण सिंह टमट्टा आउने आसमा बस स्टैंड मै कुरेर बसेको र बिहानसम्म पनि नआए पछि आफु अलपत्र परेको थाहा पाएँ ।”
सुनिताले अगाडि भनिन् : “त्यसपछि आफु रूनथालेको र रूएको देखेर एक इन्डियनले किन रोएको भनेर र सोधपुछ गर्यो ।” “बास्तविक्ता थाहा पाए पछि पुलिस चौकी जाने सल्हा दियो र म सोधपुछ गर्दै पुलिस चौकीसम्म गएँ र पुलिसलाई आफु अलपत्र परेको बताएँ र पुलिसले आईडी पु्रफ माग्यो र मसंग कुनै आईडी प्रुफ नभएकोले सहयोग गर्न मानेन र पुलिस चौकी मै काम गर्ने एक जना नेपाली दाजुसँग यो पनि नेपाली हो भनि भेट गरायो र पछि नेपाली दाजुले आफ्नो रूममा लिएर एक दिन परिवारसँग राखेर सहयोग गर्नु भयो ।”
पछि नेपाली दाजुले नेपाली समाज पनि छ, भन्य कताबाट थापाऊनु हो र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष कृष्ण कुंवरलाई सम्पर्क गर्नु भयो त्यसपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत महिला विभाग कि अध्यक्ष रमकला काउछा महिला बिभाग वापि पश्चिम कि अध्यक्ष बिनिता काउछा मूल प्रवाह वापि पश्चिम नगर समिति अध्यक्ष निखिल रावत पस्चिम भारत क्षेत्रीय समिति सहसचिव प्रविण काउछा, वापि पश्चिम नगर समिति सचिव हरी काउछाको उपस्थितिमा सुनिता थापालाई उद्धार गरि महिला विभाग कि अध्यक्ष बिनिता काउछाको घरमा राखिएको छ । आफन्त सम्पर्क नआउँदासम्म सुनिताको रेखदेख गर्ने गरि जिम्मा लगाईयो र नगर समितिले सहयोग गर्ने भएको छ । सुनिता थापालाई चिन्नु हुनेले तल दिएको नाम्बरमा सम्पर्क गर्नु होला ।
नगर महिला बिभाग कि अध्यक्ष बिनिता काऊछा 8200025659
पश्चिम भारत महिला बिभाग कि अध्यक्ष रमकला काउछा 9925549911
पश्चिम भारत क्षेत्रीय समिति उपाध्यक्ष कृष्ण कुँवर 84014 83520
धन्यवाद