महिला मुक्ति आन्दोलन

जनकराज पौडेल (रेशम)

तिज (हरितालिका) पर्व विषेश गरि हिन्दू महिलाहरुको महान पर्वको रुपमा मनाउँदै आएको चाँड हो । यद्यपि नेपालमा सबै जाती धर्म बर्ग र क्षेत्रका आम महिलाहरुले मनाउँदै आएका छन् । यो पर्वको जग धार्मिक परम्परामा आधारित भए पनि वा भगवान शिव प्राप्त गर्न पार्वतीको तपस्या त्यस बारे विभिन्न किम्बदन्तीहरु पढ्न वा सुन्न पाईन्छ ।

तथापी पितृसत्तात्मक समाजमा महिला माथी हुने घरेलु हिंसा अन्याय अत्याचार शोषण दमन विरुद्ध महिलाहरुले बर्षको एक दिन आफ्ना मनमा कुण्ठित वेदनाहरु गित संगितद्धारा अभिब्यक्त गर्ने हुदाँ पनि महिलाहरु चरम उत्पिडनमा परेका छन् भन्ने थप बुझ्न सकिन्छ।

समयको रप्तार समाज परिबर्तन र चेतनाको विकाश क्रममा महिलाहरु पनि धेरै सचेत हँुदै आएका छन् । सचेत महिलाहको संगठित शक्तिले आम महिलाहरु माथी हुँदै आएका शोषण दमन उत्पिडन हत्या हिंसा बलत्कार यौन शोषणप्रति आवाज बुलन्द गर्दै समाजमा सचेतना कार्यक्रमहरु फैलाउँदै आएको अबस्था छ ।

भने अर्को तर्फ पुँजीबादी उपभोक्ताबादी साम्राज्यबादले महिलाहरुलाई बस्तु सरह विज्ञापन गर्ने शुन्दरी प्रतियोगिता राख्ने होडबाजी गरिरहेका छन् । त्यसबाट मुनाफा कमाउँदै आएका छन् ।
त्योसँग जुद्न उत्तिकै चुनौति पनि छ ।

त्यस प्रकारका गलत पक्षहरुमा स्वम् कथित पढ् लेखा वुद्धिजिवि महिलाहरु पनि सम्मिलित भईरहेका छन् । यद्यपि त्यो आधार तयार पार्न पुरुष प्रधान समाज र साम्राज्यबादी उपभोक्ताबादी संरचना नै जिम्मेदार छ ।

गाँउ घर तिर विपन्न परिवारका महिलाहरु आजको एक्काइसौ सताब्दी युगमा पनि बोक्सीको नाममा खुला सड्कमा मूलमुत्र खुवाउँदै जिउँदै आगो लगाई डढाईन्छन् । संविधानमा महिलाहरुप्रतिका विभेद अन्त्यको सुनिश्चित गरे पनि वा फौजीदारी संहिता ऐनहरु बनाए पनि तात्विकरुपमा महिलाप्रति हुँदै आएका हिंसाहरु रोकिएका छैनन् ।

कानुनमा वाल विवाहा बन्देज गरे पनि अहिले पनि विकट गाउँ बस्तीहरुमा त्यो पुर्ण रोकिएको अबस्था छैन । तराई क्षेत्रमा विवाहमा दाईजो नपाएकै कारण महिलाहरु प्रताडित हुदै ज्यान गुमाउँदै आएका छन् ।

चुलो चौकाबाट क्रमिकरुपमा बाहिर निस्कदै गाउँमा हुने सामाजिक कार्यक्रम र भेला वैठकहरुमा केहि कुरा प्रकट गर्ने हिम्मत गर्दा कथित पुरुष भलाद्मी भनाउदाँहरुले पोथी बास्यो भन्ने गर्दछन् ।

सदियौदेखि महिलाहरुका मुखमा चुक्कूल ठोक्दै आएको हाम्रो सामान्ती संरचनाले महिलाहरुले आफु माथीका वा समाजमा देखिएका विकृति विसंगतिप्रति केहि आवाज उठाउँदै गर्दा हाम्रो समाज सुन्न तयार छैन । बरु ति आवाजहरुलाई कुण्ठित पार्ने धाउन्नमा लाग्दछ ।

महिलाप्रतिका शोषण दमन घरेलु हिंसा सुन्न अहिले पनि तयार छैन ।

महिला मुक्ति आन्दोलनका अगुवाहरुलाई यी उल्लेखित विषयहरु चिर्न अरु चुनौती छ ।

शुदूर पश्चिम जिल्लाहरुमा छाउपडी प्रथा सरकारबाट उन्मूलन गर्ने अभियान चलाए पनि ब्यवाहारमा लागु भएको छैन । प्राकृतिक नियम अनुसार रजस्वला हुदाँ आफ्नै घरबाट अपमान सहनु पर्ने हुन्छ । त्यहि कारणले छुट्टै ठाउँहरुमा राख्ने भएको हुदाँ धेरै महिलाहरुका साँपले डसेर र विभिन्न कारणले ज्यान गईरहेका छन् । रजस्वला समाजमा अभिसापको रुपमा हेरिन्छ ।

सामान्ती शासकहरुले आफ्नो सत्ता संरक्षणको लागी विभिन्न धार्मिक संरचना बनाउँदै र स्थापित गर्दै आएका छन् । त्यहि अन्धविश्वास कु(रिति तथ्यहिन संस्कार समाजमा फैलिएको हुन्छ । त्यो प्रभाव हाम्रा मन मस्तिष्कमा गाँजिएको छ । त्यो तथ्यहिन संस्कारसँग लड्न कथित प्रगतिशिल ब्यक्तित्वहरु पनि आफैसँग ठुलो संघर्ष गर्नु पर्ने भएको छ ।

केहि कथित वुद्धिजिवि महिलाहरु महिला सशक्तिकरणको नाममा शहरहमा विभिन्न एनजिओ आईएनजिओ संचालन गरि युरो र डलर पचाई रहेका छन् । तर सम्पन्न शहरहरुमा र विकट गाँउ बस्तिहरुका महिलाहरु अपमान अपहेलित सहदै कष्टकर जीवन ब्यतित गरिरहेका छन् । ति महिला अधिकार कर्मिहरुको त्यहाँ ध्यान गएको देखिदैन । महिलाहरुलाई हरेक पक्षमा कमजोर ठान्दै आएको हाम्रो समाज अहिले पनि सन्तान उत्पादनको स्रोत वाहेक अन्य सक्षमता महिलाहरुमा देख्दैन ।

नेपालको संविधान २०७२ ले ३३ प्रतिशत राज्य संयन्त्र र पार्टीमा सहभागिताको सुनिश्चित गरे पनि त्यो पुर्णरुपमा अहिले पनि देशका प्रमूख राजनीति पार्टीहरुले कार्यान्यवन गरेका छैनन् । त्यसले के पुष्टि गर्दछ भने ब्यवस्थामा परिबर्तन आए पनि हाम्रो चिन्तन जुन सामान्ती संरचनाबाट प्रेरित छ । त्यहाँ परिबर्तन भएको छैन । त्यो यथावत नै छ । त्यसको लागी साँस्कृतिक रुपान्तरणको आवाश्यक छ । राजनीति परिबर्तनले मात्र चिन्तन र संस्कारमा प्रायशः रुपान्तरण असम्भव छ ।

महिलाहरुको हकहित र अधिकार प्राप्त गर्न बर्गिय समाजमा बर्ग संघर्ष नै एक मात्र विकल्प हो । त्यसैले राष्ट्रिय जनमोर्चा नेपाल निकट अखिल नेपाल महिला संघ ले विगतदेखि महिलाहरुका अधिकार सुनिश्चित गर्न चरण बद्ध आन्दोलन गर्दै आएको छ । पैत्रिक सम्पत्तिमा समान अधिकार राज्य संयन्त्रको उच्च निकायमा सहभागिताको सुनिश्चिता । वैवाहिक सम्बन्ध अवैध जवरजस्ती सम्बन्धको गर्ब पतन आदि विषयमा अखिल नेपाल महिला संघ संघर्षरत छ ।

त्यसै गरि हरेक बर्षमा आउने तिजी कार्यक्रममा विकृति विसंगति र तडकभड्क विरुद्ध समाज रुपान्तरणलाई टेवा पुग्ने सचेतना मूलक प्रगतिशिल कार्यक्रमहरु सम्पन्न पार्दै आएको लामो इतिहास छ । प्रगतिशिल सबद्ध महिलाहरु संसारको जुन सुकै कुनामा रहे पनि नेपाली संस्कृतिलाई संरक्षण र संबद्धन गर्दै प्रगतिशिल गित संगितबाट योगदान पुराउँदै आएका छन् । नेपालको समाज परिबर्तन र महिलाहरुको हित पक्षमा निरन्तर आवाज बुलन्द गर्दै आईरहेका छ । हरेक बर्ष आउने तिजी कार्यक्रम महिला मुक्ति आन्दोलनमा मात्र सिमित नरहि बर्गिय मुक्ति आन्दोलनसँग जोड्दै ब्यबस्था परिबर्तन आन्दोलनमा सहभागि भै रहेका छ । त्यसै गरि यस बर्षको तिज कार्यक्रम कोरोना भाईरसको कारण सामुहिक रुपमा मनाउन असम्भव भएको हुदाँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अर्न्तगत केन्द्रिय महिला विभागले “प्रवासी महिलाहरुको नेपालको राजनीतिक आन्दोलनमा भुमिका“ बारे वृहत अनलाईन अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । त्यस कार्यक्रममा राष्ट्रिय जनमोर्चा उपाअध्यक्ष, प्रबक्ता, तथा संघीय संसदका सासंद दुर्गा पौडेल, संघकी अध्यक्ष मिना पुन, गण्डकी प्रदेश सभासद प्यारी थापा, नेकपा मसालका प्रबक्ता राम प्रकास पुरी, वामपंथी युवा नेता आनन्द शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसी, कार्यवाहक महासचिव ठाकुर खनाल, सचिव प्रेम पौडेल,वरिष्ठ सल्लाकार धरवीर पुन, काठमडौंबाट रितु केसीको उपस्थिति थियो । उक्त कार्यक्रममा महिला विभाग केन्द्रिय समितिका फुनविना पौडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । एक सय भन्दा बढि जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

अन्ततः महिला मुक्ति आन्दोलन बर्गिय मुक्ति आन्दोलनसँग जोड दिदै सबै उत्पिडन जाति बर्ग क्षेत्र र लिङ्गको मुक्ति बर्गिय लडाई नै एक मात्र विकल्पको निश्कर्ष हो भन्ने सबै सहभागिहरुको बुझाई रहेको छ । विगतका तुलनामा अहिलेको ब्यबस्था तुलनात्मकरुपमा प्रगतिशिल रहेको तर सबै उत्पिडन बर्गहरुको मुक्तिको लागि जनबाद समाजबाद हुँदै साम्यबादसम्म पुग्नु पर्ने र त्यसको आधार तयार पार्न र प्रतिगमन रोक्न गणतन्त्र धर्मनिपेक्षताको संरक्षण अहिलेको दायित्व रहेको छ ।

अतः विभिन्न अवसरबादीहरुको भ्रम चिर्दै बर्गिय मुक्ति आन्दोलनमा निरन्तर लाग्नु हामी सबैको दायित्व हो र सर्वहारा बर्गको मुक्तिसंगै सबै उत्पिडन जाति बर्ग क्षेत्र र लिङ्गको मुक्ति सुनिश्चित हुने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार