महिला र तीज पर्व

  •   
  •  
  •  
  •  
  •  
  •  

489 जनाले पढ्नु भयो ।

विष्णु शर्मा

नेपालमा मनाइने हरेक चाडपर्वले सामाजिक सद्भाव बढाउँछन् । ती सबै चाड मध्यको एउटा हो हरितालीका तीज । यो चाडले बिशुद्ध महिलाहरुको चाड हो भनेर परिचय नै दिएको छ । मैले धर्मशास्त्र अनुसार शास्त्रमा के लेखिएको छ भनेर राम्ररी सुनेकी या बुझेकी छैन, तर महिलाहरुको यो चाडसँग मनबाट निकाल्न नसकिने साइनो छ भन्ने कुरा भने राम्ररी बुझेकी छु । बिबाह गरेर माइती घरबाट बिदा भएका छोरी, दिदी बहिनी, फूपू जो कोही आफुले पुज्नुपर्ने नजिकको नाताभएका चेलिबेटीहरुलाई यो चाडमा सकेसम्म लिन गइन्छ । सकिएन भने पहिला कसैसँग समाचार पठाइन्थ्यो भने अहिले फोनको सुबिधा भएको हुँदा फोन गरिन्छ । ती चेलिहरु जब माइतीको आगनमा आउँछन् तब त्यो घर नै हर्कले झुम्न थाल्छ अनि उनीहरुले कर्मघरमा सबै सम्बन्धले देखाएका ब्यबहारहरुबारे बेदनाको भाबमा तीजी लयमा माइतीलाई गित मार्फत सुनाउछन् विबाह नभएका दिदी बहिनीले पनि आफुहरुलाई बाबा आमाले दाजुभाई सरह व्यवहार नगरिएको बारेमा उपरोक्त लयमा नै गित गाउने नाच्ने गर्छन् ।

कुनै संघ संस्थामा आबद्ध भएका दिदिबहिनीले उक्त संस्थाले अपनाउने नीति नियम अन्तर्गत रहेर वा उक्त संघलाई टेवा पुग्ने गरि गितहरु गाएको पाइन्छ । हामी सानो छँदा गाउघरमा, रमिता हेर्न जादा काँग्रेस समर्थक, एमाले समर्थक, राष्ट्रिय जनमोर्चा समर्थकका गितहरुले अलग अलग सन्देश बोकेर आएका हुन्थे । त्यतिबेला त्यति राम्री बुझिदैनथ्यो । आज भन्दा पच्चीस छब्बीस पहिलाको ऐलेको अबस्थामा धेरै परिबर्तन आएको छ । त्यतीबेला काँग्रेस र एमाले समर्थक महिलाहरुको जोड छोरीलाई शिक्षा दिनुपर्ने कुरामा सिमित हुन्थ्यो तर जनमोर्चा समर्थक महिलाहरूले शिक्षा लगाएत छोरीलाई छोरासरह अंश दिनुपर्ने र महिलाहरूले पुर्ण मुक्ति पाउने भनेको वा समाजमा मानव सरह बाच्न पाउने अबस्था आउने भनेको बर्ग संघर्षको विजय पश्चात् नयाँ नौलो जनबाद, समाजबाद र साम्यवादमा मात्र हो त्यसको लागि हामी चेतनशिल भएर बर्गदुष्मनका किल्लाहरु भत्काउन तत्पर हुनुपर्छ भन्ने जस्ता प्रेरणामुलक गितहरु गाउने र नाच्ने गर्थे । तर अहिले छोरीलाई अंश दिनुपर्छ भन्ने बिषयमा सबैदलहरुको एकमत भएर संबिधानमा नै लिंगको आधारमा कुनै किसिमको भेदभाव गरिने छैन भनि उल्लेख गरिएको छ ।

अर्कातिर महिला स्वतन्त्रताको नाम दिएर यो चाडलाई प्रयोग गरेर कैयौं बिकृतीहरु पनि फैलिएका छन् । पहिले एकजोडी कपडा तीजमा आफ्नो हैसियत अनुसार ल्याउने चलन थियोे तर अहिले गतबर्ष र यो बर्ष कोरोना माहामारीले गर्दा केही सान्त बाताबरण देखिएको छ । अन्यथा दुई महिना पहिल्यैबाट दर खान सुरु गर्ने, अझ त्यसमा पनि ठुलो धनरासी खर्च गरि पार्टी प्यालेसहरुमा अनि हरेक दिनका अलगअलग गरगहना कपडा बनाउने काम गर्न जाने पुरुषहरुलाई कमसेकम खानाको ब्यबस्थापन गर्नुपर्छ भन्ने जिम्मेवारीसम्म नसम्झने त्यो देखेर मध्यम बर्गका महिलाहरुले पनि देखासिकी गर्दा श्रीमानले श्रीमतीलाई तीजमा खुशी पार्न किड्नी बेच्नु परेकासम्म उदाहरण आएका छन् । माइतीको आगनमा, सार्बजनिक स्थालहरुमा गाइने तीजी गितहरु परिबारको माजमा बसेर सुन्न पनि लाज हुँने खालका रचना गरेर गाउन थालिएको छ, भने तिनै गीतहरु बजारमा अझ उत्कृष्ट बन्न थालेका छन् । कपडा पनि पूरा अंग ढाक्नेखालका छैनन् । किन यस्ता कपडा लगाएको हाम्रो संस्कार भन्दा बाहिरको हो भन्ने प्रस्न गर्ने हो भने कपडाले के गर्छ र महिलाहरुको स्वतन्त्रता महिलाले नै हनन् गर्छन् भनेर आरोप लगाइन्छ अझ माथि उठेर बिदेशका उदाहरण दिएर हाम्रो देशका पाखे भनेर न्वारान नै गरिन्छ ।
हामी नेपाल देशका नागरिक हौ महिलाहरुको नेपाली पोषाक गुन्यु र चोली हो । सकेसम्म हामीहरुले यो भेषभुषालाई बिदेशमा पनि चिनाउनु पर्छ । नकि बिदेशी भेषभुषालाई, हामीले हाम्रो जिम्मेवारी पूरा गरांै अरु देशको जिम्मेवारी पूरा गर्न त्यो देशका नागरिक छँदैछन्नी । चाडपर्वबाट हामी बिचमा सद्भाव कस्तो रहेछ भनेर परिचय दिनेहो बर्षदिनसम्म कुनै कुराले मनमुटाबमा परेका आफन्तहरुका कोमल मनहरुलाई यी चाडबाडले एकठाउँमा ल्याएर आफुहरु बिचमा भएको कसिंगरलाई कुचाले बडारे सरि बडारेर लैजाने हो । आफन्तहरुको बिचमा एकमना एकताको माला बनाएर आफ्नो सानो झुपडीमा भए पनि जस्तो संभब हुन्छ त्यस्तै खाएर अमुल्य खुशी बाड्ने हो । गितहरुमा ब्यक्तिगत आक्षेप आरोप नलगाएर हामी सबैलाई गरिबिमा दिन र रात रुँदै बाच्न बाध्य पार्ने भनेको ब्यबस्था नै हो जतिबेलासम्म देशको प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री र एउटा मजदुरको एकैकिसिमको बेतन हुने खालको ब्यबस्था हामीले कडा परिश्रम गरेर ल्याउन सफल हुँदैनौ, तबसम्म यहाँ सामान्य परिबर्तन होला तर शोषित पिडित जनताको पुर्ण मुक्ति सम्भब छैन ।

सासु बुहारीको सम्बन्ध भनेको नग र मासुको जस्तो हँनुपर्ने हो तर समाजले आमा छोरी कहि नमिल्दा भएभने सासू बुहारीको उदाहरण दिएर परिचय दिन्छ ,फेरि पनि आजको दिनसम्म आइपुग्दा बिकसित ठाउहरुमा सकारात्मक गाउँहरुमा केही परिबर्तन भएको छ समाजमा सकारात्मक रुपमा बिकास भयो भने राम्रा कुराहरुको नै बिकास हुनेरहेछ भन्ने यी स–साना उदाहरणका झिल्काहरुले स्पष्ट पारेको छ । यी झिल्काहरुलाई देशका बिकट कुना र कन्दराहरुमा पुर्याउँदै ती ठाउँहरुमा आफन्त र आफ्नालाई नै केन्द्र बनाएर जुन किसिमका गितहरु गाइन्छ, त्यसको ठाउँमा देशको ब्यबस्था बदल्नमा र समाजमा हाबी भएर हामी महिलाहरुलाई सहि मार्गबाट बहिर्गमन बनाउन खोज्ने आफन्तको बिचमा लडाभाती गराउने पुरानो कुसंस्कारलाई फाल्दै आफन्तको मूल्य र मर्मलाई बुझ्दै सबै सम्बन्धमा मान सम्मान माया र ममताले भरिपुर्ण पार्दै तीजमा समय र बाताबरणले साथ दिएमा माइतमा जाउ र साथ नदिएमा पनि कर्म दिने बाबा र आमाको काखमा खुशीयाली साथ तिज मनाउ, कर्म दिने बाबाआमा जुन पिडाको साथमा आफुले आफ्नो मुटुको टुक्रा छोरी अन्माइन्छ त्यस्तै गरि बुहारीलाई पनि अन्माएर पठाएका हुन भन्ने मर्म बुझेर बुहारीलाई माइत पठाउने बाताबरण मिलाउने नसके पनि आफुहरुले बाबाआमाको जिम्मेवारी निभाएर बुहारीलाई आमाबाबाको न्यास्रो लाग्नबाट राहत दिलाउ र समाजमा नमुना बनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *